इन्सेकको वर्षपुस्तक २०१६ प्रति थारु समुदायको कडा आपत्ति

इन्सेक भन्छ, पीडित र स्थानीयको भनाईलाई आधार बनायौ


Insec
काठमाडौं, फागुन १३ गते । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा प्रकाशित मानवाधिकार वर्ष पुस्तक २०१६ मा टीकापुर घटनाका विषयबारे प्रकाशित समाग्रीबारे थारु युवा स्वयमसेवकले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

स्वयमसेवकले लेखिएको तथ्यहिन पुस्तकलाई पन्ध्र दिनभित्र सच्याउन इन्सेकसँग माग गरेको छ । नसच्याइए सो संस्थाद्वारा सञ्चालन गरिने कार्यक्रम वहिष्कार गर्ने र प्रतिकार गर्ने चेतावनी दिएको छ ।

गत भदौ ७ गते भएको टीकापुर घटनामा मारिएका २ वर्षे बालक टेकबहादुर साउँदको मृत्यु थरुहट थारुवान संघर्षको आन्दोलनका कारण भएको आरोपमा स्वयमसेवकले गम्भीर आपत्ति जनाएको छ । “इन्सेक क्षेत्रीय कार्यालय धनगढीको गैर जिम्मेवारीपूर्ण कार्यप्रति हाम्रो गम्भीर ध्यान आकर्षण भएको छ, घटनाको निष्पक्ष अध्ययन अनुसन्धान हुन जरुरी छ” स्वयमसेवकका केन्द्रीय संयोजक महावीर चौधरीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

Press-statment-1 tharu-press_relise (1)

राष्ट्रिय मानवाधिकार आयोगले घटनाको अध्ययन गरी सुरक्षाकर्मीबाट अश्रुग्यास र बल प्रयोग भएपछि आन्दोलनकारीले घरेलु हतियार प्रयोग गरी एस.एस.पी. लक्ष्मण न्यौपानेसहित आठजना सुरक्षाकर्मीलाई हत्या गरेको विज्ञप्ती प्रकाशित गरेको प्रसंग स्वयमसेवकले चर्चा गरेको छ । संयोजक चौधरीले इन्सेकले घटनालाई एकोहोरोरुपले आन्दोलनकारीले चलाएको गोलीबाट बालक साउँदको मृत्युभएको दावीमा कुनै सत्यता नरहेको बताउनुभएको छ ।

“समग्र थरुहट थारुवान आन्दोलनलाई चुनौति दिदै दुई वर्षे बालक हत्यालाई कुनै सुझबुझ नगरी मनोमानी तवरले हचुवाको भरमा प्रतिवेदन सार्वजनिक गरिएको कार्यप्रति हामी घोरभत्र्सना गर्दछौ” स्वयमसेवक संयोजक चौधरीले जारी गर्नुभएको विज्ञप्तीमा चर्चा गरिएको छ ।

सोहीअनुसार थरुहट थारुवान संयुक्त संघर्ष समिति कैलालीले पनि सो पुस्तकको कडा शब्दमा विरोध गरेको छ । समितिले पन्ध्र दिनभित्र तथ्य सच्याउन माग गर्दै सो अवधिमा नसच्चिए प्रतिकार गर्ने र इन्सेकको सबै कार्यक्रम वहिष्कार गर्ने चेतावनी दिएको छ ।

इन्सेक क्षेत्रीय कार्यालय धनगढीका संयोजक खडकराज जोशीले पीडित र स्थानीयको भनाईका आधारमा पुस्तकमा विषयवस्तुहरु समेटिएको बताउनुभयो । “हामी आफैले घटनामा के भयो भन्दा पनि देख्नेले के देखे उनीहरुको भनाई के रह्यो भन्ने कुरा पीडितकै भनाईमा राखेका छौं त्यसमा आपत्ति जनाउनु नपर्ने हो” उहाँले भन्नुभयो ।

संघर्ष समिति कैलालीका कार्यबाहक संयोजक कृष्णकुमार चौधरीले प्रेषित गर्नुभएको विज्ञप्तीमा “हचुवाको भरमा मनोमानी तवरले पुस्तकमार्फत प्रतिवेदन सार्वजनिक गरिएको कार्यप्रति हामी घोर भत्र्सना गर्दछौं” उल्लेख छ ।

सो विषयमा इन्सेक क्षेत्रीय कार्यालय धनगढीका संयोजक खडकराज जोशीले पीडित र स्थानीयको भनाईका आधारमा पुस्तकमा विषयवस्तुहरु समेटिएको बताउनुभयो । “हामी आफैले घटनामा के भयो भन्दा पनि देख्नेले के देखे उनीहरुको भनाई के रह्यो भन्ने कुरा पीडितकै भनाईमा राखेका छौं त्यसमा आपत्ति जनाउनु नपर्ने हो” उहाँले भन्नुभयो । पुस्तकमा आन्दोलनकारीको गोली लागी दुई वर्षे बालक साउँदका मृत्यु भएको विषय नभएको उहाँले प्रष्ट पार्नुभयो ।

घटनाको अध्ययन गर्दा इन्सेकका चौधरी कर्मचारी दिलबहादुर चौधरी, फिरुलाल चौधरीसहितको संलग्नतामा प्रतिवेदन तयार गरिएको र उहाँहरुको पनि सहमतिमा पुस्तक प्रकाशन भएको जोशीले प्रष्ट पार्नुभयो । थरुहट थारुवान संयुक्त संघर्ष समितिको आपत्तिको विषयलाई लिएर विहिबार नै दुई पक्षबीच छलफल हुने र अवस्थालाई सामान्य बनाउने प्रयास हुने संयोजक जोशीले बताउनुभयो ।

थारु युवा स्वयमसेवकबाट जारी विज्ञप्तीको पूरा अंश

Yuba swoyem

तपाईको प्रतिक्रिया