प्रेमिका भेटन गएका पुण्यदेव यादवको बारामा हत्या भएको दावी


Di1

बारा, फागुन १५ गते । आफ्नो प्रेमिका भेट्न आएका रौतहटका एक युवकको बारामा हत्या भएको छ । रौतहटको सन्तपुर दोतिस्या गाविस ७ का २६ वर्षीय पुण्यदेवप्रसाद यादवले बारामा रहेकी प्रेमिका भेट्ना जाँदा हत्या भएको उहाँको परिवारले दावी गरेको छ ।

बाराको भोडहा गाविस ८ धोदामा बस्नुभएकी आफ्नी प्रेमीकालाई भेट्न गएका उहाँको परिवारले बताएको छ । बाराको मनहर्वा ५ स्थित टेङ्गरहर नदी नजिकैको बाँसघारीमा यादवको शव फेला परेको छ ।

रौतहट सन्तपुर दोस्तीया गाविस ७ निवासि प्रेमी पुनदेवप्रसाद यादव आफ्नो प्रेमीका भेटनका लागि फागुन ४ गते बाराको भोडाहा ८ धोदा आउनुभएको थियो । फेला परेको शव यादवकै रहेको जिल्ला प्रहरी कार्यालय कलैयाका प्रहरी निरिक्षक खगेन्द्र धमलाले बताउनुभयो ।

Di

प्रेमिका भेटन आएदेखि नै प्रेमी यादवलाई प्रेमिकाका घरपरिवारका मान्छेले बेपता बनाई हत्या गरेको यादवका बुवा हितलाल राय यादवले आरोप लगाउनुभएको छ । घरबाट हिडेदेखिनै आफ्नो छोरा सम्पर्कमा नरहेको र उनको खोजी गर्दै जाँदा हत्या गरेको अवस्थामा छोराको शव फेला परेको हितलालले बताउनुभयो ।

भोडाहा निवासी कृष्ण साहकी छोरी प्रियंका साहसँगको प्रेममा परेका यादव प्रियंकालाई भेट्न आएदेखी नै सम्पर्कमा नरहेको आरोप प्रेमीकाका भाइ मदन यादवले बताउनुभयो । उहाँले भाइको खोजी गरिदिन जिल्ला प्रहरी कार्यालयमा उजुरी समेत गरेको बताउनुभयो । तर प्रहरीले चासो नदिएको उहाँको आरोप छ ।

बिहिबार कलैयामा यादवले पत्रकार सम्मेलन गर्दै प्रहरीले छोराको खोजीमा ढिलासुस्ती गरिरहेको आरोप लगाउनुभएको थियो । छोराको खोजी र आपराधिलाई कारवाही गर्नमा प्रहरी सक्रिय नभएको आरोप पीडितहरुले लगाएका थिए ।

गतबर्ष माघमा पर्सा जिल्लामा विवाह भएपनि माईत बस्दै आएकी साह र पुनदेवको फोन सम्पर्कबाट प्रेम भई वितेको कात्तिकमा घरबाट भागेर विवाह गरेका थिए ।

उनीहरुको विवाहको विपक्षमा रहेका प्रियंकाका बाबु कृष्णले केही समयपछि छोरी फिर्ता ल्याएका थिए । त्यसपछिका दिनमा दुबै जनाको बीचको सम्पर्क कायमै रहेको प्रियंकाले पुनदेवलाई आफ्नो माईत बोलाएका बेला उनका आफन्तले बेपत्ता बनाएको आरोप हितलालले लगाउनुभयो ।

तपाईको प्रतिक्रिया