चिकित्सकको आचारण सुध्रे विरामीको आधा रोग निकोः मन्त्री चौधरी


Ramjanam1

काठमाडौँ, फागुन १६ गते। स्वास्थ्यमन्त्री रामजनम चौधरीले स्वास्थ्यकर्मीको आचरण सुधारेमा बिरामीको आधा व्यथा स्वतः निको भएर जाने बताउनुभएको छ ।

स्वास्थ्य दिवसको अवसरमा स्वास्थ्य मन्त्रालयले यहाँ गरेको कार्यक्रममा उहाँले अहिले अस्पतालमा स्वास्थ्यकर्मीले बिरामीलाई गर्ने व्यवहार निकै रुखो रहेको बताउनुभयो । मन्त्री चौधरीले विरामीको मुहारमा मुस्कान ल्याउने व्यवहार गर्न स्वास्थ्यकर्मीसँग आग्रह    गर्नुभयो ।

दक्ष स्वास्थ्य जनशक्ति र गुणस्तरीय सेवा अहिलेको मुख्य चुनौती भएको बताउँदै मन्त्री चौधरीले स्वास्थ्यकर्मीमाथि हुने दुव्र्यवहारप्रति सरकार संवेदनशील छ भन्नुभयो ।

अहिले अस्पतालमा स्वास्थ्यकर्मीले बिरामीलाई गर्ने व्यवहार निकै रुखो रहेको बताउनुभयो । मन्त्री चौधरीले विरामीको मुहारमा मुस्कान ल्याउने व्यवहार गर्न स्वास्थ्यकर्मीसँग आग्रह    गर्नुभयो ।

स्वास्थ्य राज्यमन्त्री मोहम्मदमुस्ताक आलमले स्वास्थ्य सेवालाई सबै जनताको पहुँचसम्म पु¥याउन ४० प्रतिशतको निःशुल्क सेवालाई ७० प्रतिशतमा पु¥याएको जानकारी दिनुभयो ।

नेपाल सरकारका मुख्य सचिव डा सोमलाल सुवेदीले अहिलेको स्वास्थ्य सेवा गाउँभन्दा सहर केन्द्रित भएको बताउनुभयो । स्वास्थ्यसेवाको विकेन्द्रीकरण नगरी सबै नेपालीले स्वास्थ्य सेवा लिन नसक्ने विचार उहाँको छ ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा सेनेन्द्रराज शर्मा, स्वास्थ्य विभागका महानिर्देशक पुष्पा चौधरी, स्वास्थ्य मन्त्रालयका जनसङ्ख्या प्रशासन तथा अनुगमन महाशाखाका प्रमुख डा गरिवदास ठाकुरले स्वास्थयकर्मी अरुका लागि बाँच्ने समूह भएकाले दिनरात केही नभनि स्वास्थ्य सेवा दिन तत्पर हुनुपर्ने सुझाव दिनुभयो । त्यस्तो कर्मचारीको सरकारले सही मूल्याङ्कन गरेर पुरस्कृत गर्नुपर्ने उहाँहरुको सुझाव छ ।

विश्व स्वास्थ्य सेवा दिवसको अवसरमा मन्त्रालयले रएक लाख रुपियाँ राशिको पुरस्कार जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीका डा रोशन न्यौपानेलाई प्रदान गरेको छ ।

त्यसैगरी ५० हजार रुपियाँ राशिको स्वास्थ्य सेवा पुरस्कारबाट जिल्ला अस्पताल गोरखामा कार्यरत स्टाफ नर्स सन्तोषी श्रेष्ठ, जिल्ला स्वास्थ्य कार्यालय सुनसरीमा कार्यरत सिनियर अहेब दीलीप चौधरी, तेह्रथुमका जनस्वास्थ्य अधिकृत कैलाशकुमार गुप्ता र जिल्ला स्वास्थ्य कार्यालय अछाममा कार्यरत डा शरदचन्द्र बराललाई सम्मानित गरिएको थियो ।

तपाईको प्रतिक्रिया