थारु मधेसीले सिंहदरवारमा हिस्सा खोजेका छौंः नेता लेखी


Vela1

काठमाडौं, फागुन १६ गते । राज्यबाट पछाडि पारिएका वर्गको हक अधिकारबारे नयाँ संविधानमा भएको व्यवस्था र सो समुदायको अधिकारबारे जानकारी गराउन दुई दिने भेला आइतबारबाट विराटनगरमा शुरुभएको छ ।

नेपालका आदिबासीहरुको मानवाधिकारसम्बन्धी वकिल समूह (लाहुर्निप) को अयोजना तथा थारुकल्याणकारिणीसभाको पहलमा फागुन १७ गतेसम्म चल्ने भेलामा संविधानमा गरिएको व्यवस्था र पछाडि परेका वर्गको अधिकारको सवालमा विज्ञहरुले प्रशिक्षणात्मक जानकारी दिने आयोजकले बताएको छ ।

Vela2

आइतबार भेलाको उद्घाटनसत्रमा बोल्दै आदिबासी जनजाति महासंघका पूर्व अध्यक्ष तथा थारु कल्याणकारिणीसभाका पूर्व महामन्त्री राजकुमार लेखीले पछाडि परेका वर्गहरुको संघर्ष कुनै जाति र समुदायको विरोधमा नभएर राज्य र सामन्तवादी चिन्तनको विरुद्धमा रहेको बताउनुभयो ।

“हामीले कसैको भाग खोस्न चाहेका हैनौं, सिंहदरवारमा थारु, मधेसी, मुस्लिम, पछाडि परेका वर्गको हिस्सा खोजेका हौं” नेता लेखीले भन्नुभयो । प्रमुख दलका शीर्ष नेताहरुको मानसिकताले देश विग्रेको भन्दै लेखीले अब राज्यको नेतृत्वमा पछाडि परेका वर्गको हुनुपर्छ भन्नुभयो ।

Vela

“हामीले कसैको भाग खोस्न चाहेका हैनौं, सिंहदरवारमा थारु, मधेसी, मुस्लिम, पछाडि परेका वर्गको हिस्सा खोजेका हौं” नेता लेखीले भन्नुभयो ।

उद्घाटन सत्रमा पूर्वमन्त्री भीम राजवंशी, नेताहरु सन्जु पालुङ्वा, राजेन्द्रप्रसाद गुप्ता, जयराम यादव लगायतले बोल्नुभएको थियो । कञ्चनपुरदेखि झापा सम्मका थारु, आदिबासी जनजाति, मधेसी, मुस्लिम गरी करिब २०० जनाको सहभागिता रहेको नेता लेखीले बताउनुभयो ।

भेलामा समाजशास्त्री डा. कृष्ण भट्टचन, अधिवक्ता शंकर लिम्बु, अधिकारकर्मी दिपेन्द्र झा, ज्योति दनुवार र राजकुमार लेखीले प्रशिक्षण दिने कार्यक्रम रहेको आयोजकले बताएको छ । प्रतिनिधिमूलकरुपमा हरेक जिल्लाबाट स्थानीय नेताहरुको सहभागिता भेलामा रहेको लेखीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया