एमालेको विचारले मात्र मुलुकको विकास सम्भवः अध्यक्ष ओली


SAM_3248

काठमाडौं, फागुन १९ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एमाले) को नेतृत्व र विचारले मात्र नेपालको सही विकास सम्भव रहेको बताउनुभएको छ । एमाले नेतृत्वको एकल सरकार बने मुलुकको कायापलट गर्ने दावी उहाँले गर्र्नुभयो ।

मनाङ् जिल्लाका राप्रपासहित अन्य दलका कार्यकर्ताहरुलाई बुधबार पार्टी मुख्यालय धुम्बाराहीमा पार्टी प्रवेश गराउनुहुँदै प्रधानमन्त्री ओलीले त्यस्तो बताउनुभयो । “हाम्रो पार्टीको मुख्य लक्ष्य मुलुकमा साम्यवाद स्थापना गर्नु हो, साम्यवाद भनेको राज्यमा सबै जाति, वर्ग र समुदायको बरावरको हिस्सा हो” उहाँले भन्नुभयो ।

“कम्युनिष्टको नाममा जनता ठग्दै हिड्ने धेरै शक्तिहरु आए, आउँदै थाक्दै गए । एमालेमात्र सही कम्युनिष्ट पार्टी हो, जसले देशको रुपान्तरणकालागि सही मार्गनिर्देश गरिरहेको छ” प्रधानमन्त्री ओलीले चर्चा गर्नुभयो । “शोषणरहित, भेदभावरहित र पक्षपातरहित समाजको निर्माण गर्नु हाम्रो दलको प्रमुख ध्येय हो, तपाईहरु सही पार्टी छानेर प्रवेश गर्नुभयो । अब साथसाथ देशको विकास गर्छौं” प्रधानमन्त्रीले आग्रह गर्नुभयो ।

SAM_3261

मनाङ जिल्ला पर्यटकीय हिसावले उर्वरभूमि रहेकाले आगामी वजेटबाटै त्यसको विकासका लागि पहल हुने प्रतिवद्धता जनाउनुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “बाटो, विजुली, शिक्षा, स्वास्थ्य र पर्यटन यी पाँच विषयको विकासका लागि ठोस पहल गर्छु, आउने बजेटमै तपाईहरुले मनाङ विकासको चित्र देख्न पाउनुहुन्छ ।”

“मैले कुरा पहिले गर्छु त्यसपछि काम, यो मेरो काम गर्ने शैली  हो । अरुले कुरा गर्छन् काम गर्दैनन्” प्रधानमन्त्रीले भन्नुभयो, “कुरा नगरेर योजना बन्दैन, योजना नबनेर विकास हुँदैन । मेरै नेतृत्वको सरकारले अबको दुई वर्षमा मुलुकको उर्जा संकटसहित धेरै समस्या समाधान गर्छ ।”

“मैले कुरा पहिले गर्छु त्यसपछि काम, यो मेरो काम गर्ने शैली हो । अरुले कुरा गर्छन् काम गर्दैनन्” प्रधानमन्त्रीले भन्नुभयो, “कुरा नगरेर योजना बन्दैन, योजना नबनेर विकास हुँदैन । मेरै नेतृत्वको सरकारले अबको दुई वर्षमा मुलुकको उर्जा संकटसहित धेरै समस्या समाधान गर्छ ।” आफू दुईवर्षे कार्ययोजनामै केन्द्रीत भएर काम गरिरहेको उहाँले प्रष्ट पार्नुभयो ।

“समथर भुभागका केही नागरिकहरु बनेको बाटो बन्द गर्नमा लागेका छन्, मनाङका नागरिकले बाटो बनाउने अभियानमा लागेका छन्” मनाङका नवप्रवेशीको विचारलाई उहाँले उच्च सम्मान गर्नुभयो । मनाङलाई पर्यटकीय हिसावले स्मार्टसिटीकोरुपमा विकास गर्ने आफ्नो लक्ष्य रहेको पनि प्रधानमन्त्री ओलीले सुनाउनुभयो ।

रिटायर्ड जहाजचालक टिपल गुरुङ्ले लडेको देशलाई सबै मिली उठाउनका लागि आफू एमाले पार्टीमा प्रवेश गरेको बताउनुभयो । “अन्य दलको कार्यशैली र विचारले मुलुक बन्नसक्ने अवस्था मैले देखिनँ, बाँकी जीवन जति जिउँछु एमालेकै सिद्धान्त र नीतिअनुसार देशको विकासमा लाग्छुँ” उहाँले ्भन्नुभयो । “मैले शुरुमा जहाज उडाउँदा जस्तो अनुभूति गरेको थिएँ, आज एमालेमा प्रवेश गर्दा प्रवेशीका परीक्षा दिइरहेको अनुभूति गरिरहेको छुँ । अब एमालेमै रहेर जहाज उडाएजस्तै मुलुकको विकास गर्नमा लाग्छुँ” गुरुङ्ले भन्नुभयो ।

“अन्य दलको कार्यशैली र विचारले मुलुक बन्नसक्ने अवस्था मैले देखिनँ, बाँकी जीवन जति जिउँछु एमालेकै सिद्धान्त र नीतिअनुसार देशको विकासमा लाग्छुँ”

राप्रपा मनाङका पूर्व अध्यक्ष शेरबहादुर गुरुङले पुरानो पार्टी छाडेर एमालेमा प्रवेश गर्दा आफूलाई निकै खुशी अनुभूति भइरहेको बताउनुभयो । उहाँले दुई तीन पटक लालसलाम भनेर मुठ्ठी कस्दै पार्टीको नीतिअनुरुप मुलुक बनाउनमा लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । पर्यटकीय हिसावले मनाङको विकास गर्नसके मुलुकको आर्थिक विकास सम्भव रहेको भन्नुहुँदै उहाँले एमाले पार्टी र वर्तमान सरकारबाट आफूले त्यस्तो अपेक्षा गरेको चर्चा गर्नुभयो ।

धुम्बाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष ओलीले खादा लगाएर नवप्रवेशीलाई स्वागत गर्नुभयो । त्यस्तै, महासचिव ईश्वर पोखरेलले टीका लगाएर र अन्य नेताहरुले उहाँहरुलाई सामुहिक स्वागत गर्नुभयो ।

स्वागत कार्यक्रममा स्थायी कमिटीका सदस्यहरु शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवाली, किरण गुरुङ, छविलाल विश्वकर्मा, पोलिटव्यूरो सदस्यहरु रघुजी पन्त, सोमनाथ प्यासी, विष्णु रिमाल सहित अन्य नेताहरु महेन्द्रबहादुर पाण्डे, कृष्णगोपाल श्रेष्ठ लगायतको सहभागिता थियो ।

मनाङ जिल्लाका राप्रपाका कार्यकर्तासहित अन्य सर्वसाधारण गरी करिब तीनसयजनाले पार्टी प्रवेश गरेको एमालेले जनाएको छ ।

SAM_3257

तपाईको प्रतिक्रिया