मधेसको समस्या नेपालको आन्तरिक विषय होः नितिसकुमार

DSC_0892

काठमाडौ, फागुन २० गते । भारतको विहार राज्यका मुख्यमन्त्री नितिशकुमारले मधेसको विषय नेपालको आन्तरिक मामिला भएकाले नेपालबाटै त्यसको सम्बोधन गरिनुपर्ने बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले विहीबार आयोजना गरेको साक्षात्कारमा उहाँले पहाडी, मधेसी र जनजाति सबै नेपाली हुन्, यहाँका नेताहरु सबैको समस्या सम्बोधन गर्न सक्षम हुनुपर्छ भन्नुभयो । भारत केवल नेपालको प्रगति र सद्भाव चाहने बताउनुभयो ।

नितिशकुमारले मधेसी नेताहरुले आफूलाई भेटेर अन्तरिम संविधान भन्दा पनि कम अधिकार बर्तमान संविधानले दिएको भनि असन्तुष्टी ब्यक्त गर्नेगरेको सुनाउनुभयो । उहाँले सबैको समस्या नेपालमै समाधान गर्न नेपाली नेताहरुलाई सुझाव दिएको बताउनुभयो ।

भारतीयहरु नेपालसँग भावनात्मकरुपमा जोडिएकोले नेपालले पनि विकास गरोस् भन्ने चाहन्छन् भन्नुहुँदै नितिसकुमारले भन्नुभयो, “नेपालमा विकासको धेरै सम्भावना छ ।”

नेपालको जति पनि समस्या छ, त्यो समस्या नेपालीहरुले नै समाधान गर्ने हो, नेपालको आन्तरिक मामिलामा भारतलाई तान्नु हुँदैन मुख्यमन्त्री नितिशले भन्नुभयो । चाहेमा नेपालका दलहरुले समस्या समाधान गर्न सक्छन् भन्ने प्रमाणित भइसकेको उहाँले बताउनुभयो ।

नितिस कुमारले नेपालको संविधान नेपालीहरुको लागि आएकोले यसमा भारतको कुनै आपत्ति नभएको धारणा राख्नुभयो । उहाँले नेपाल भारत सम्बन्ध अटुट भएको उल्लेख गर्दै भारतको एकमात्र चाहना नेपालको विकास भएको बताउनुभयो ।

भारतीयहरु नेपालसँग भावनात्मकरुपमा जोडिएकोले नेपालले पनि विकास गरोस् भन्ने चाहन्छन् भन्नुहुँदै नितिसकुमारले भन्नुभयो, “नेपालमा विकासको धेरै सम्भावना छ ।”

भुटानको भन्दा धेरै नेपालमा जलविद्युतको सम्भावना छ । मैले सुनेको छु, यहाँ एक लाख मेघावाट विद्युत उत्पादनको क्षमता छ भन्नुहुँदै उहाँले यसलाई उपयोग गर्नसके नेपालको आर्थिक विकास गर्न कुनै कठिनाई नरहेको चर्चा गर्नुभयो ।

नेपालमा आवश्यक बाहेकको विद्युत भारतले खरिद गर्ने बताउँदै नेपालको विकासको सम्भावना सबैले बुझ्नुपर्ने र यसैमा आफुहरुको स्वार्थ रहेका उहाँले बताउनुभयो ।

नेपालको विकास भए भारतलाई राम्रो लाग्छ, नेपालमा धार्मिक पर्यटनसहित जलविद्युत, कृषि र उद्योगको सम्भावना रहेको उहाँले बताउनुभयो ।

नितिसकुमारले काग्रेसको १३ औ महाधिवेशनको कारणले पहिलो पटक नेपाल आउने अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली, पूर्व प्रधानमन्त्री र महत्वपूर्ण ब्यक्तित्वहरुसँग कुराकानी गर्ने अवसर पाएको भन्दै यसले आफूलाई हर्षित बनाएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया