टीकापुर घट्नाको म योजनाकार होइनः रेशम चौधरी


Resham Chaudhary

काठमाडौं, फागुन २१ गते । सद्भावना पार्टीका केन्द्रीय उपाध्यक्ष तथा थरुहट थारुवान संयुक्त संघर्ष समितिका कैलाली इन्चार्ज रेशम चौधरीले आफू भाद्र ७ गतेको टीकापुर घटनाको योजनाकार नरहेको बताउनुभएको छ ।

घट्ना घटेको आफूलाई निकैपछि मात्र जानकारी भएको बताउँदै कलाकार समेत रहनुभएका चौधरीले टीकापुर घटनामा मलाई दोसी देखाउनु गलत हो भन्नुभयो । राजनीति फोहरी खेल भएको बताउँदै चौधरीले अब आफू राजनीतिमा नलाग्ने बताउनुभयो । टीकापुर घटनामा आफूलाई दोसी मानेपछि ज्यान जोगाउन आफू भाग्न बाध्य भएको उहाँले तर्क गर्नुभयो ।

घटनाबारे आफूले शेरबहादुर देउवा, सिडियो लगायत सबैलाई जानकारी गराएको दावी गर्दै चौधरीले निर्दोस मानिस मारिनु ठूलो गल्ती भएको स्वीकार्नुभयो । जीवनभरि लगानी गरेर बनाइएको रेडियो एफएम, रेष्टुरेन्ट सबैलाई ध्वस्त गरिएकोमा दुःख व्यक्त गर्दै चौधरीले आफू सरल जीवन जिउन चाहेको बताउनुभयो ।

Resham1

म अपराधी हो भने ठहर भए सजाय भोग्न तयार छुँ, तर जवर्जस्ती कुटेर, पिटेर अपराध स्वीकार्न लगाउने काम नहोस् चौधरीले भन्नुभयो । आफूले छ महिनासम्म लुकेर बस्दा निकै सकस भएको र पीडालाई कविता र साहित्यमा लगाएर मन बहलाउने प्रयास गरिएको बताउनुभो ।

टीकापुर घटनाको दोसी म होइन, जवर्जस्ती प्रमुख योजनाकार भनेर आरोप लगाइएको छ भन्दै उहाँले हत्याको राजनीति आफ्नो भावना र मनमा नरहेको बताउनुभयो । आफू सार्वजनिक जीवनमा आउन चाहेको बताउँदै चौधरीले राष्ट्रवादी मान्छेलाई देशद्रोही ठहर गर्नु गलत भइरहेको बताउनुभयो ।

वार्ताको प्रयास हुँदाहुँदै टीकापुर घटना घटेको र रातारात आफ्नो मान्छे विरानो भएकोमा दुःख लागेको बताउनुभयो । निर्दोस मानिसलाई लुकेर बस्नुपर्दा निकै समस्या हुँदो रहेछ, म चाँडै अब सार्वजनिक जीवन बाँच्न चाहन्छु चौधरीको भनाई छ ।

वार्ताको प्रयास हुँदाहुँदै टीकापुर घटना घटेको र रातारात आफ्नो मान्छे विरानो भएकोमा दुःख लागेको बताउनुभयो । निर्दोस मानिसलाई लुकेर बस्नुपर्दा निकै समस्या हुँदो रहेछ, म चाँडै अब सार्वजनिक जीवन बाँच्न चाहन्छु चौधरीको भनाई छ । घटनाभएको दिन आफू घटनास्थलमा नरहेको उहाँले दावी गर्नुभयो ।

टीकापुरमा स्वायत्त थरुहट प्रदेश लेख्ने योजनामात्रै आन्दोलनकारीको थियो । एकाएक स्थिति कसरी विग्रियो मलाई नै थाहा भएन चौधरीले भन्नुभयो । घटनाहुँदा आफू चिसापानीमा रहेको चौधरीले बताउनुभयो । गत भाद्र ७ गते भएको टीकापुर घटनामा एसएसपीसहित ८ प्रहरी र एक नाबालकको ज्यान गएको थियो ।

तपाईको प्रतिक्रिया