कांग्रेस महाधिवेशनको देउवा र पौडेल प्यानलको नाम सार्वजनिक

थारु कोटा नछुटयाइए पछि थारुले पुनः मधेसी कोटामा दिए उम्मेदवारी


Deuba_Ram

काठमाडौं, फागुन २३ गते । आइतबार विहान ८ बजेर ४५ मिनेटमा शुरुभएको कांग्रेसको मतदान सँगै वरिष्ठ नेता शेरबहादुर देउवा र रामचन्द्र पौडेलको प्यानलको नाम सार्वजनिक भएको छ । तीनै उम्मेदवारले आफ्नो जित सुुनिश्चित् भएको बताएका छन् । तर सिटौलाको प्यानल सार्वजनिक भएको छैन ।

मतदान शुरुभएपछि देउवा मतदान गर्नेमा पहिलो उम्मेदवार हुनुभयो । सोपछि सभापतिका अर्का प्रत्यासी सिटौला र पौडेलले मतदान गर्नुभयो । भारतले देउवालाई जिताउन चाहेको खबर बाहिर आइरहँदा एक ज्योतिषीले पनि देउवा नै चुनाव जित्ने भविष्यबाणी गरेका छन् ।

सभापति पदपछि महामन्त्रीमा पनि तीनजनाबीच कडा टक्कर रहेको छ । तीनमध्ये दुईजना ससुरा र ज्वाइँ छन् भने एक विपी पुत्र सशांक कोइराला छन् । तीनै उम्मेदवारले आफ्नो जित सुनिश्चित् गर्नेतिर प्रचारप्रसारमा छन् ।

थारुनेताहरु पद्मनारायण चौधरी र तेजुलाल चौधरी पौडेल प्यानलबाट चुनावी मैदानमा होमिएका छन् भने पार्वता डिसी चौधरी मधेसी कोटाबाट देउवा पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवार बनेकी छिन् । कांग्रेस महाधिवेशनमा थारु कोटा नछुट्याइए पछि थारुले मधेसी कोटामा उम्मेदवारी दिन बाध्य भएका छन् ।

देउवा र रामचन्द्र पौडेलको सार्वजनिक भएको प्यानलको नामलिष्ट यस्तो छ

Nepal-congrss-final-list

Nepali-congrss2

Nepali-conress3

Nepali-congrss-4-1

Nepali-conress5

तपाईको प्रतिक्रिया