झुठामुद्दा लगाइएकाहरुलाई क्षतिपूर्तिसहित रिहाईः गच्छदार


DSC06963

अविनाश चौधरी
धनगढी, फागुन २४ गते । उपप्रधान एवम् भौतिक योजना तथा निर्माण मन्त्री विजयकुमार गच्छदारले टीकापुर घटनामा दोसी आरोप लगाई जेल सजाय पाइरहेका निर्दोषहरुलाई क्षतिपूर्तिसहित रिहाई गरिने बताउनुभएको छ ।

टीकापुर घटनामा पक्राउ परेकाहरुलाई भेट्न धनगढीको कारागारमा पुग्नुभएका मन्त्री गच्छदारले त्यस्तो बताउनुभयो । त्यसको प्रक्रिया शुरु भइसकेको उहाँको भनाई छ । मुलुकले मधेसी र थारुहरुको मुद्दा अधिकतम सम्बोधन गरेर उनीहरुको चित्त बुझाउनु पर्ने गच्छदारले बताउनुभयो ।

‘संविधानले केहि कुरा सम्बोधन गर्न नसकेपछि समस्या भएको हो’, उहाँले अगाडि थप्नुभयो–‘उनीहरुका अधिकतम् मागलाई सम्बोधन गर्न आवश्यक छ । तर, एक मधेस एक प्रदेश भने सम्भव माग होईन ।’

‘संविधानले केहि कुरा सम्बोधन गर्न नसकेपछि समस्या भएको हो’, उहाँले अगाडि थप्नुभयो–‘उनीहरुका अधिकतम् मागलाई सम्बोधन गर्न आवश्यक छ । तर, एक मधेस एक प्रदेश भने सम्भव माग होईन ।’

उहाँले ७ नम्बर प्रदेशको संरचनाप्रति थारुहरुको चित्त नबुझेको भन्दै उनीहरुको भावनालाई समेट्नका लागि यो प्रदेशको संरचनामा पुनःविचार गर्नु पर्ने बताउनुभयो । ‘थारुहरुको माग सम्बोधनका लागि केहि कुरा मिलाउन आवश्यक छ’, उहाँले भन्नुभयो–‘त्यो मिलाउने प्रयास म गरिरहेको छु ।’

गच्छदारले मधेसी र थारुहरुको आन्दोलन राजनीतिक मुद्दा रहेकाले आन्दोलनका क्रममा निर्दोषहरुमाथि लागेका मुद्दा खारेज हुनुपर्नेमा जोड दिनुभयो । टीकापुर घटना दुःखद् भएको तर घटनामा संलग्न भनि कतिपय निर्दोषमाथि मुद्दा लगाइएको छ गच्छदारले भन्नुभयो ।

गच्छदारले दोषीलाई कुनै पनि हालतमा कारबाही र निर्दोषलाई सजायमुक्त गर्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले टीकापुर घटनामा केहिमाथि लागेका झुठा मुद्दा खारेज गर्नका लागि सरकारले प्रक्रिया अगाडि बढाएको जानकारी दिनुभयो ।

‘केहि संवैधानिक र कानूनी अडचनका कारण झुठा मुद्दा खारेज गर्नमा ढिलाई भएको हो’, गच्छदारले अगाडि थप्नुभयो–‘तर, प्रक्रिया अगाडि बढेको छ । त्यसको जिम्मेवारी गृहमन्त्रीलाई दिइएको छ ।’

उहाँले भदौं ८ गते टीकापुरमा राज्यको उपस्थितिमै घर जलाइएका सर्वसाधारण र झुठा मुद्दामा कैद सजाय भोगिरहेका निर्दोषहरुको क्षतिपूर्तिका लागि आफूले सरकारको तर्फबाट पहल गरिरहेको बताउनुभयो । ‘भौतिक सम्पत्ति जलाइएका पीडितहरुलाई क्षतिपूर्ति दिने प्रक्रिया अगाडि बढिसकेको छ’ उहाँले भन्नुभयो–‘झुठा मुद्दामा सजाय भोगिरहेकाहरुलाई क्षतिपूर्ति दिनैपर्छ ।’

टीकापुर घटनाको प्रतिवेदन सार्वजनिक गर्नकालागि आफूले पहल थाल्ने गच्छदारको आश्वासन दिनुभयो । उहाँले सुनियोजित रुपमा टीकापुर घटना भएका कारण प्रतिवेदन सार्वजनिक गर्नमा ढिलाई भएको उल्लेख गर्नुभयो ।

‘प्रहरी अधिकृत मारिएपछि सिपाही कि मैदान छोडेर भाग्छ, कि त बदलाको भावनाले लड्छ’ गच्छदारले भन्नुभयो–‘टीकापुर घटनापछि गाउँ पसेर नरसंहार गर्ने तयारी थियो तर मैले तत्काल बालुवाटारमा बैठक बसाएर त्यो डरलाग्दो घटना हुनबाट जोगाएको हँु ।’

टीकापुरमा प्रहरी अधिकृत मारिएपछि सुरक्षाकर्मीबाट नरसंहार गर्ने भएको तयारीलाई आफूले समयमै रोकेको उहाँको दावी छ । ‘प्रहरी अधिकृत मारिएपछि सिपाही कि मैदान छोडेर भाग्छ, कि त बदलाको भावनाले लड्छ’ गच्छदारले भन्नुभयो–‘टीकापुर घटनापछि गाउँ पसेर नरसंहार गर्ने तयारी थियो तर मैले तत्काल बालुवाटारमा बैठक बसाएर त्यो डरलाग्दो घटना हुनबाट जोगाएको हँु ।’

पत्रकारको एक प्रश्नको जवाफमा उपप्रधानमन्त्री गच्छदारले सरकार स्थायी नरहे पनि नेपाली काङ्ग्रेसको महाधिवेशन सके लगत्तै वर्तमान सरकार परिवर्तन नहुने बताउनुभयो ।

तपाईको प्रतिक्रिया