प्रहरीले भन्छ, अनैतिक कामले थारुको ज्यान गयो


Ram tharu

बुटवल, फागुन २६ गते । अनैतिक काम गरेको आरोपमा कुटाइ खाँदा रामप्रसाद थारुको ज्यान गएको बुटवल प्रहरीले बताएको छ । रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ५ सदबदराका रामप्रसाद थारुको अनैतिक सम्बन्धका कारण हत्या भएको प्रहरी अनुसन्धानमा खुलेको बताइएको छ ।

विवाह तथा विभिन्न कार्यक्रमहरुमा महिलाको भेषमा नाच्दै हिँड्ने थारुको यही फागुन २५ गते राति हत्या भएको र २६ गते बिहान सैनामैना १३ स्थित दावन खोलामा शव भेटिएको प्रहरीले बतायो ।

इलाका प्रहरी कार्यालय बुटवलले थारुको हत्यामा संलग्न भएको भन्दै सैनामैना १ बस्ने २५ वर्षको दिनेश कव‌र र बुटवल उपमहानगरपालिका वडा नं. १८ बस्ने वर्ष २४ को हरिनारायण चौधरीलाई पक्राउ गरेको छ। हत्याका आरोपी कुँवर र थारु नातामा ज्वाई जेठान भएको बताइएको छ ।
पक्राउ परेका कवरले मृतक थारु र आफ्नो आमालाई अनैतिक कार्य भइरहेको अवस्थामा फेला पारेपछि थारुको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरिक्षक बुद्धिबहादुर गुरुङले मृतक थारु र अभियुक्त कवरकी आमाको गत फागुन २१ गते सैनामैनामा भएको एउटा विवाहमा भेटघाट भएपछि नियमित टेलिफोन सम्पर्क हुने गरेको थियो । घटना भएको साँझ पनि सँगै रहेको अनुसन्धानमा खुलेको प्रहरीको भनाई छ ।
२५ गते साँंझ दिनेश कवरको घरमा श्रीमतीको जन्म दिन मनाइरहेको बेला आमाले आफ्नो घरमा ताल्चा नलगाई आएको बहाना बनाई घरमा फर्किएपछि शंका लागि जाँदा मृतक थारु र आमालाई आपत्तिजनक अवस्थामा देखेपछि लठ्ठिले हानेर थारुको हत्या गरेको कवरले प्रहरी सामु स्वीकार गरेको प्रहरी उपरिक्षक गुरुङले बताउनुभयो ।

कवरले लठ्ठीले टाउको तथा शरिरका विभिन्न भागमा हानेर थारुको हत्या गरेपछि बहिनी ज्वार्इं हरीनारायण चौधरीको सहयोगमा साइकलमा राखी घरदेखि दुई किलोमिटर टाढा दावन खोलामा लगी फालेको अनुसन्धानमा देखिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरिक्षक महेन्द्र खड्काले बताउनु भयो ।
खड्काले मृतक थारु एकल पुरुष रहेको र पहिले ईट्टा भट्टामा काम गर्ने गरेकोमा हाल विवाह उत्सवमा नाच्ने र त्यसैबाट आफ्नो जिविकोपार्जन चलाउंदै आएको अनुसन्धानमा देखिएको बताउनुभयो ।

हत्याका आरोपी कवर ट्याक्टर चालक रहेको र घर बनाउने मिस्त्रीको काम गर्दै आएका चौधरी रोजगारीको लागि कतार जाने तयारीमा रहेको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया