थारु कल्याणकारिणीसभाले चारवटा विभाग गठन ग¥यो


TKS

काठमाडौं, फागुन २७ गते । थारु समुदायको छाता संगठन थारु कल्याणकारिणीसभाले आन्तरिक कार्य सञ्चालनलाई चुस्त र प्रभावकारी बनाउन चारवटा थप विभाग गठन गरी संयोजक तोकेको छ ।

सभाको सचिवालय बैठकले केन्द्रीय प्रशिक्षण विभाग, सहकारी विभाग, निर्वाचन विभाग र संगठन विभाग गठन गरेको हो । सो विभागको संयोजकमा क्रमशः राजकुमार लेखी, योशादा चौधरी, प्रेमीलाल चौधरी र हरिदेवी चौधरीलाई जिम्मेवारी दिएको छ ।

त्यस्तै, बैठकले सभाको केन्द्रीय उपाध्यक्षमा प्रेमीलाल चौधरीलाई मनोनयन गरेको छ । केन्द्रीय उपाध्यक्ष बाबुराम चौधरी (रुपन्देही) को निधन भएपछि केन्द्रीय उपाध्यक्ष पद खाली थियो । केन्द्रीय सदस्य धर्मलाल चौधरीकाअनुसार सो विभागलाई चाँडै पूर्ण दिने उहाँले बताउनुभयो ।

अन्य विभागले पूर्णता नपाए पनि प्रशिक्षण विभागलाई पूर्णता दिइएको छ । सो विभागको सदस्यमा क्रमशः चन्द्रकिशोर चौधरी, रमाकान्त चौधरी, अनिल चौधरी, देवराज चौधरी, रामराज चौधरी, रुपेश चौधरी, नेत्र थनेत, अजय चौधरी, कानूनलाल चौधरी, तेजनारायण चौधरी रहनुभएको छ ।

सो विभागको सदस्यमा क्रमशः चन्द्रकिशोर चौधरी, रमाकान्त चौधरी, अनिल चौधरी, देवराज चौधरी, रामराज चौधरी, रुपेश चौधरी, नेत्र थनेत, अजय चौधरी, कानूनलाल चौधरी, तेजनारायण चौधरी रहनुभएको छ ।

सोहीअनुसार थाकसका केन्द्रीय अध्यक्ष धनीराम चौधरीले थारुको १३ बुँदेमाग समेटेर बुधबार नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवालाई निवासमै गएर भेटघाट गर्नुभएको छ । बधाईसँगै थारुको माग सम्बोधन गराउनमा सहयोग गर्न उहाँले आग्रह गर्नुभएको थियो ।

अध्यक्ष चौधरीसँगै दुर्योधन चौधरी, प्रेमीलाल चौधरी, रामकृष्ण चौधरी, अधिकलाल चौधरी, धर्मलाल चौधरी लगायतको सहभागिता थियो । भेटपछि सभापति देउवाले थारुको मागलाई सम्बोधन गर्नेमा आफू प्रयास गर्ने आश्वासन दिनुभएको केन्द्रीय सदस्य धर्मलाल चौधरीले बताउनुभयो ।

केन्द्रीय अध्यक्ष चौधरी टीकापुर घटनापछि अर्धभूमिगत हुनुहुन्छ । उहाँ औपचारिक कार्यक्रममा सहभागी नभए पनि शीर्ष नेताहरुसँगको नियमित भेटघाटमा हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया