तराई मधेसको समस्या मुलुकको समस्या होः प्रधानमन्त्री ओली


20160311_101910

काठमाडौँ, फागुन २८ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेसमा देखिएको समस्या मुलुकको समस्या भएकाले सबैको प्रयासमा समाधान हुने बताउनुभएको छ ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको शुक्रबार बालुवाटारमा मागपत्र बुझ्दै प्रधानमन्त्री ओलीले त्यस्तो बताउनुभयो । मधेसी मोर्चाको माग सम्बोधनका लागि सरकार गम्भीर रहेको उहाँले बताउनुभयो ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार मोर्चाले ७ बँुदे ध्यानाकर्षण पत्र बुझाएको छ । सो विषयमा आपसमा छलफल गरेर समस्या समाधान गर्ने आश्वासन प्रधानमन्त्री ओलीले मोर्चाका सम्बद्ध नेताहरुलाई दिनुभएको छ ।

मोर्चामा आवद्ध दलका नेता महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, मनिस सुमनलगायतका नेताको टोलीले आफ्ना मागबारे प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षण गराएको हो ।

मोर्चाका नेताहरुले आन्दोलनका क्रममा घाइते भएकाहरुले अझै उपचार खर्च नपाएको गुनासो गर्नुभएको थियो ।

मोर्चाका नेताहरुले आन्दोलनका क्रममा घाइते भएकाहरुले अझै उपचार खर्च नपाएको गुनासो गर्नुभएको थियो । सो अवसरमा उहाँहरुले आन्दोलनकारीमाथि लगाइएको मुद्दा फिर्ता नभएको बताएपछि प्रधानमन्त्रीले तत्काल उपचारको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई

आफ्नो सचिवालयमार्फत निर्देशन दिनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले विद्यमान समस्या मधेसको मात्र नभएर सिङ्गो मुलुकको भएकाले मिलेर समाधान खोज्न मोर्चाका नेतालाई आग्रह गर्नुभयो । उहाँले समस्याको समाधान गर्नेतर्फ र जनताले न्याय पाउने गरी अघि बढ्न पनि आग्रह गर्नुभयो ।

मोर्चाले माग गरेको न्यायिक आयोग गठनका सम्बन्धमा प्रधानमन्त्रीले न्यायिक आयोग गठन गर्ने कि राजनीतिक आयोग गठन गरेर समाधान खोज्नेबारे छलफल गरी निष्कर्षमा पुग्ने बताउनुभयो ।

मोर्चाले माग गरेको न्यायिक आयोग गठनका सम्बन्धमा प्रधानमन्त्रीले न्यायिक आयोग गठन गर्ने कि राजनीतिक आयोग गठन गरेर समाधान खोज्नेबारे छलफल गरी निष्कर्षमा पुग्ने बताउनुभयो ।

मोर्चाले संविधानको पुनर्लेखन, सहिद घोषणा, घाइतेहरुको उपचार, निष्पक्ष न्यायिक छानबिन आयोग गठन, मुद्दा फिर्ता तथा रिहाइ, भूकम्प प्रभावितलाई सहयोग र पुर्नःनिर्माण, कालोबजारी अन्त्य र आन्दोलन अवधिभरको कर मिनाहा गर्नुपर्ने माग समेटेको ज्ञापनपत्र प्रधानमन्त्रीलाई बुझाएको छ ।

तपाईको प्रतिक्रिया