रीता चौधरीमाथि एसिड प्रहार गर्नेको पक्राउ अझै हुन सकेन


Rita

दाङ, फागुन २९ गते । गत विहिबार पसल सञ्चालक रीता चौधरीमाथि एक समूहले एसिड प्रहार गरेको भएपनि सुरक्षाकर्मीले अहिलेसम्म आक्रमणकारीलाई समात्न सकेको छैन । पीडितले किटानी जाहेरी दिएको आधारमा प्रहरीले पक्राउको प्रयास गरिरहेको बताएको छ ।

दाङको घोराहीमा एसिड आक्रमणमा विहिबार पर्नुभएकी ३५ वर्षीया रीता चौधरीको अवस्था खतरामुक्त रहेको छ । उहाँको उपचार नेपालगञ्जको मेडिकल कलेजको शिक्षण अस्पतालमा भइरहेको छ ।

बिहिबार साँझ ७ बजेतिर दाङको घोराही नगरपालिका–२ स्थित प्रहरी स्कुल नजिकै किराना पसलमा बसेका बेला एक समूहले चौधरीमाथि एसिद प्रहार गरेको थियो । मास्क लगाएका अपरिचित व्यक्तिले एसिड प्रहार गरेर भागेका थिए।

दाङको घोराहीमा एसिड आक्रमणमा विहिबार पर्नुभएकी ३५ वर्षीया रीता चौधरीको अवस्था खतरामुक्त रहेको छ । उहाँको उपचार नेपालगञ्जको मेडिकल कलेजको शिक्षण अस्पतालमा भइरहेको छ ।

एसिड प्रहारबाट चौधरीको दाहिने गाला, आँखाको नजिकको भाग, घाँटी र छातीमा असर परेको अस्पतालका चिकित्सकले बताएका छन् ।
दाङको घोराहीस्थित उपक्षेत्रीय अस्पलातमा प्राथमिक उपचार पछि उहाँलाई थप उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ल्याइएको थियो।

कोहलपुरले थप उपचारका लागि शिक्षण अस्पताल नेपालगन्जमा रिफर गरेपछि शुक्रबार साँझ उहाँलाई शिक्षण अस्पताल नेपालगन्जमा भर्ना गरिएको छ।

मास्क लगाएको एक व्यक्तिले चुरोट दिनु भन्यो, अर्को ब्यक्ति मोटरसाइकलमा थियो। चुरोट दिइ सकेपछि फेरि नमकिन दिनु भन्यो नमकिन दिंदै गर्दा एसीडले छ्यापेर मोटरसाइकलमा चढेर फरार भएको घाइते चौधरीकी आमा गुधासी चौधरीले बताउनुभयो ।

उहाँको स्वास्थ्य अवस्था खतरामुक्त रहेको अस्पतालले बताएको छ। एसिडले अनुहार जलेपछि चौधरीको प्लाष्टिक सर्जरी गरेर थप उपचार भइरहेको उपचारमा संलग्न प्लाष्टिक सर्जन डा. विनोद कर्णले बताउनुभयो । शनिबार दिउसो २ बजे पहिलो चरणको अप्रेशन गर्नेगरी उपचारको प्रबन्ध मिलाइएको कर्णले बताउनुभयो ।

एसिडले अनुहार जलेपछि चौधरीको प्लाष्टिक सर्जरी गरेर थप उपचार भइरहेको उपचारमा संलग्न प्लाष्टिक सर्जन डा. विनोद कर्णले बताउनुभयो ।

कस्ले के कारणले चौधरी माथि एसिड आक्रमण गरेको हो भन्ने बिषयमा अनुसन्धान भइरहेको दाङका प्रहरी उपरीक्षक कुबेर कडायतले बताउनुभयो ।

एसिड आक्रमणमा संलग्न भएको ब्यक्तिलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय दाङले विशेष टोली परिचालन गरेको छ। तर अहिलेसम्म कसैलाई पक्राउ गर्न सकेको छैन ।

आर्थिक लेनदेन, जग्गा लगायत अन्य विवाद भएका ब्यक्तिले नै एसिड आक्रमण गराएको भन्दै घाइतेका आफन्तले प्रहरीमा किटानी जाहेरी दिएका छन् । एसिड आक्रमणमा संलग्न भएको व्यक्तिको पहिचान भइ सकेकाले छिट्टै पक्राउ पर्ने प्रहरी उपरीक्षक कडायतले बताउनुभयो ।

तपाईको प्रतिक्रिया