कांग्रेस केन्द्रीय सदस्यमा दुई थारु मात्र निर्वाचित हुने सम्भावना


Parbati DC

काठमाडौं, फागुन ३० गते । नेपाली कांग्रेसको तेह्रौं महाधिवेशनमा नौजना थारु उम्मेदवार भएपनि मुस्किलले दुईजना जित्ने सम्भावना देखिएको छ । मधेसी महिला कोटाबाट दाङ्की सांसद पार्वती डिसी चौधरी निर्वाचित भइसक्नुभएको छ । खुलातर्फबाट पदमनारायण चौधरी जित्ने झिनो आशा कायम छ ।

सप्तरी क्षेत्र नं ५ बाट संविधानसभामा निर्वाचित सांसद तेजुलाल चौधरी प्रदेश नम्बर २ बाट केन्द्रीय सदस्यको उम्मेदवार रहनु भएपनि सम्भावना निकै कम छ । अन्य कुनै प्रदेशबाट थारुले उम्मेदवारी दिएका छैनन् । कांग्रेसले अन्य आरक्षण कोटाजस्तै थारु कोटा न छुट्याएपछि थारुको केन्द्रीय सदस्यमा आउने बाटो बन्द भएको हो ।

खुलातर्फको केन्द्रीय सदस्यका लागि करिब एकहजार मत गणना बाँकी छ । त्यसमध्ये पदमनारायण चौधरी २६ औं स्थानमा उक्लिनुभएको छ । यसअघिसम्म २९ औं स्थानमा रहनुभएका चौधरी क्रमशः सिढी उक्लिने प्रयास गर्नुभएको हो ।

खुलातर्फको केन्द्रीय सदस्यका लागि करिब एकहजार मत गणना बाँकी छ । त्यसमध्ये पदमनारायण चौधरी २६ औं स्थानमा उक्लिनुभएको छ । यसअघिसम्म २९ औं स्थानमा रहनुभएका चौधरी क्रमशः सिढी उक्लिने प्रयास गर्नुभएको हो ।

चौधरी रामचन्द्र पौडेल प्यानलबाट खुला सदस्यमा उम्मेदवारी दिने एकमात्र थारु हुनुहुन्छ । २१ सय मत गणना हुँदासम्म चौधरीको मत ७४१ रहेको छ । ६४ केन्द्रीय सदस्यका लागि भएको निर्वाचनमा अब खुल्ला र प्रदेशको मतगणना मात्र बाँकी छ । कृष्णप्रसाद सिटौला प्यानलबाट कोषाध्यक्षको उम्मेदवार पूर्व स्वास्थ्यमन्त्री उमाकान्त चौधरी ४५७ मत ल्याएर उहिल्यै पराजित भइसक्नुभएको छ ।

तपाईको प्रतिक्रिया