विहानै भीरबाट लडेर वर्दियाका एक थारुको मृत्यु


Death

सोलुखुम्बु, चैत १ गते । अप्पर सोलु हाइड्रोपावरमा वेल्डिङको काम गर्ने वर्दियाका २६ वर्षिय रामसिंह चौधरीको भीरबाट खसेर मृत्यु भएको  छ ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख प्रहरी नायव उपरिक्षक माधव बुढाथोकीको अनुसार चौधरी भीरबाट लडेपछि आइतबार मृत्यु भएको हो । विहान भीरबाट लडेर मृत अवस्थामा चौधरीको लाश फेला परेको बुढाथोकीले बताउनुभयो । भीरबाट कसरी लडेको हो भन्ने प्रष्ट भएको छैन ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख प्रहरी नायव उपरिक्षक माधव बुढाथोकीको अनुसार चौधरी भीरबाट लडेपछि आइतबार मृत्यु भएको हो ।

त्यस्तै, सोलु सदरमुकाम आवाडाँडामा एक पुरुषको लाश वेवारिसे अवस्थामा फेला परेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय सोलुको अनुसार त्यसको भोलिपल्टै दुधकुण्ड ८, लुम्जे खोला छेउमा अर्को लाश पनि फेला परेको छ । लाश कसको हो भन्ने एकिन भइनसकेको बुढाथोकीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया