थरुहट पार्टीका दुई केन्द्रीय सदस्य पार्टीबाट निस्काशित


Tharuhat

काठमाडौं, चैत १ गते । पार्टीको विधान विपरित काम गरेको भन्दै थरुहट तराई पार्टी नेपालले पूर्णप्रसाद चौधरी (सप्तरी) र कल्पना चौधरी (सुनसरी) लाई पार्टीबाट निस्काशन गरेको छ । अन्य पार्टीको सदस्यता ग्रहण गरेकाले निस्काशन गरिएको अध्यक्ष भानुराम थारुले बताउनुभयो ।

हटाइएका निज चौधरीहरु दुवैजना यसअघि सो पार्टीको केन्द्रीय सदस्य हुनुहुन्थ्यो । थरुहट पार्टी छाडेर कुन पार्टीमा गएका हुन् भन्ने कुरा नखुलाइएको भएपनि केहीदिन अघिमात्र घोषणा भएको राजकुमार लेखी नेतृत्वको पार्टी नागरिक समाजवादी पार्टीमा गएको अनुमान गरिएको छ ।

थरुहट पार्टी छाडेर कुन पार्टीमा गएका हुन् भन्ने कुरा नखुलाइएको भएपनि केहीदिन अघिमात्र घोषणा भएको राजकुमार लेखी नेतृत्वको पार्टी नागरिक समाजवादी पार्टीमा गएको अनुमान गरिएको छ ।

“केन्द्रीय सदस्य रहेर पनि अन्य पार्टीको सदस्यता ग्रहण गरेको हुनाले पार्टीको विधान तथा नियमावली विपरित कार्य गरेको ठहर गर्दै निज चौधरीद्वयलाई पार्टीको केन्द्रीय सदस्य र साधारणसदस्य समेत नरहने गरी आजैको मितिबाट निस्काशन गरिएको छ” पार्टी अध्यक्ष थारुले सोमबार जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया