नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा एकजना मात्र थारु निर्वाचित

पदमनारायण चौधरी पनि खुलाबाट पराजित


Kangresh

काठमाडौँ, चैत २ गते। नेपाली काँग्रेसको खुला केन्द्रीय सदस्यको निर्वाचनमा उम्मेदवार बनेका पार्टीका धेरै हस्तीहरू पराजित भएका छन् । खुलाबाट एकमात्र थारु उम्मेदवार पदमनारायण चौधरी पनि पराजित हुनुभयो ।

पार्टीको १३औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि भएको २५ खुला केन्द्रीय सदस्यको निर्वाचनमा ९० जनाले उम्मेदवारी परेको  थियो । खुला सदस्यको सार्वजनिक मतगणनाअनुसार पद्मनारायण चौधरी एक हजार ३०४, लक्ष्मणप्रसाद घिमिरे ४४५, गोविन्दराज जोशी एक हजार १११, चिरञ्जीवी वाग्ले ७४३, विनयध्यज चन्द ४४३, तारानाथ रानाभाट ९४०, मनमोहन भट्टराई एक हजार १६२, सूर्यमान गुरुङ ६८५, अशोक कोइराला एक हजार १२५, रामकृष्ण ताम्राकार ८६५, लक्ष्मणबहादुर बस्नेत ७४७ मतसहित पराजित हुनुभएको छ ।

पद्मनारायण चौधरी एक हजार ३०४ मतसहित २६औँ नम्बरमा परेर पराजित हुनुभयो । २५ औँ नम्बरमा विजयी हुनुभएका डा मीनेन्द्र रिजालले एक हजार ४२० मत प्राप्त गर्नुभएको छ ।

पद्मनारायण चौधरी एक हजार ३०४ मतसहित २६औँ नम्बरमा परेर पराजित हुनुभयो । २५ औँ नम्बरमा विजयी हुनुभएका डा मीनेन्द्र रिजालले एक हजार ४२० मत प्राप्त गर्नुभएको छ ।

युवा हस्तीहरू उदयशम्शेर राणा एक हजार ३०२, जिपछिरिङ लामा एक हजार २८०, पुष्करनाथ ओझा ७१४, रामहरि खतिवडा एक हजार, शोभाकर पराजुली ६०५, ध्रुव वाग्ले ८६६, पुष्पराज पराजुली ५६८, बालकृष्ण दाहाल ३२७, मित्रसेन दाहाल ५८३, मोहन ज्ञवाली ६८६, महेन्द्र कुमार शर्मा ६४६, टेकराज पौडेल ४६९ र हुर्मतकुमार न्यौपाने २०३ मतसहित पराजित हुनुभएको छ ।

विजयी सदस्यहरूमध्ये दुईजना रमेश लेखक र विश्वप्रकाश शर्मा केन्द्रीय समितिमा नयाँ अनुहार हुन् भने बाँकी सबै यसअघिको केन्द्रीय समितिका सदस्य हुन् । पच्चीस खुला सदस्यमा सुजाता कोइराला एक मात्र महिला उम्मेदवार विजयी हुनुभयो । अर्का महिला उम्मेदवार डिना महालक्ष्मी उपाध्याय एक हजार २४९ मत प्राप्त भएपनि पराजित हुनुभयो ।

कांग्रेसमा नौजना थारुहरु मैदानमा भएपनि महिला मधेसी कोटाबाट पार्वता डिसी चौधरीले मात्र जित हात पार्न सफल हुनुभयो । उहाँ देउवा प्यानलबाट चुनाव चित्नुभयो । थारु कोटा न छुटयाइएकाले थारु उम्मेदवार केन्द्रीय सदस्यमा आउने बाटो बन्द भएको हो ।

त्यस्तै, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्राडा गोविन्दराज पोखरेल एक हजार ९६, नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष तारानाथ दाहाल ४४८, नेपाल बार एसोसिएनका पूर्वअध्यक्ष प्रेमबहादुर खड्का २०४, पूर्वराजदूत डा सुरेशचन्द्र चालिसे २१०, पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य सचिव सुशील नाहटा २५५ मत प्राप्त गरी पराजित हुनुभएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा सम्पन्न उक्त मतगणनाअनुसार खुल्ला २५ केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिनुभएकामध्ये डा शेखर कोइरालाले सबैभन्दा बढी एक हजार ८४८ मत ल्याई विजयी हुनुभएको छ ।

त्यस्तै खुमबहादुर खड्का एक हजार ८४६ मतसहित दोस्रो स्थानमा विजयी हुनुभएको छ । फागुन २० देखि २३ गतेसम्म काठमाडौँमा सम्पन्न काँग्रेसको १३औँ महाधिवेशनमा नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा कुल तीन हजार १६१ मतमध्ये तीन हजार १४८ मत खसेको थियो । तीन पदाधिकारी र २१ समावेशी केन्द्रीय सदस्यको मत परिणाम भने यसअघि नै सार्वजनिक भइसकेको छ ।

प्रदेशको मतगणना सकिए पनि सात प्रदेशबाट १४ जना निर्वाचित हुँदा एकजना पनि थारु उम्मेदवार निर्वाचित हुन सक्नु भएन । अब केन्द्रीय कमिटीबाट गरिने मनोनित कोटामा कतिजना थारु सदस्य पर्नुहुन्छ त्यो प्रतिक्षाको विषय बनेको छ ।

तपाईको प्रतिक्रिया