सुदूरपश्चिमको भ्यू टावर कम्पासेधुरामा राख्न स्थानीयको माग


Kampase dhura

अविनाश चौधरी
धनगढी, चैत २ गते । पर्यटन प्रबद्र्धनका लागि सरकारले कैलालीको बुढीतोलामा निर्माण गर्न लागेको भ्यू टावर खानीडाँडाको कम्पासे डाँडामा निर्माण गर्न स्थानीय बासिन्दा र पर्यटनकर्मीहरुले माग गरेका छन् ।

पाँच विकास क्षेत्रका पाँच स्थानमा निर्माण गर्ने योजना अन्तर्गत सुदूरपश्चिममा भ्यू टावरका लागि कैलालीको बुढितोला छानेको सरकारले निर्माण प्रकृया अगाडि बढाईरहेकै बेला स्थानीय बासिन्दा र पर्यटनकर्मीहरुले भ्यू टावर निर्माणका लागि कम्पासेधुरा उपयुक्त भएको बताएका हुन ।

सोमबार क्षेत्रीय पर्यटन कार्यालय कोहलपुरका प्रमुख दीपक बुढाथोकी, पर्यटन विकास समाजका अध्यक्ष कृष्ण बहादुर महरा, पर्यटनकर्मी रमण चन्द्र श्रेष्ठ स्थानीय बासिन्दा, सञ्चारकर्मी सहितको टोलीले कम्पासे धुराको स्थलगत अध्ययन अवलोकन गरेपछि यस्तो आग्रह गरेका हुन् ।

View tower

करिब एक करोड रुपियाको लागतमा निर्माण हुने भनिएको भ्यू टावरका लागि यस वर्ष ३५ लाख रुपिया छु्ट्याएको सरकारले बाँकी रकम क्रमागत रुपमा निकासा गर्ने पर्यटन कार्यालय कोहलपुरका प्रमुख दीपक बुढाथोकीले बताउनुभयो ।

करिब एक करोड रुपियाको लागतमा निर्माण हुने भनिएको भ्यू टावरका लागि यस वर्ष ३५ लाख रुपिया छु्ट्याएको सरकारले बाँकी रकम क्रमागत रुपमा निकासा गर्ने पर्यटन कार्यालय कोहलपुरका प्रमुख दीपक बुढाथोकीले बताउनुभयो ।

भ्यू टावर निर्माण हुने क्षेत्र सडकबाट करीव एक किलोमिटरको दूरीमा हुनुपर्ने र वार्षिक २० हजार पर्यटकले अवलोकन गर्नुपर्ने सरकारले तोकेको मापदण्ड र बुढीतोलामा निर्माण गर्ने योजना उपयुक्त नभएको गुनासो गरेका स्थानीय बासिन्दाले सबै दृष्टिकोणले कम्पासे धुरा उपयुक्त भएको बताएका छन् । भ्यू टावर कम्पासे धुरामा निर्माण गरेमात्रै उपयुक्त हुने स्थानीय सुरेश आचार्यले बताउनुभयो ।

खानीडाँडामा रहेको साईपाल रिसोर्टका सञ्चालक श्याम महराले आन्तरिक तथा बाह्य पर्यटक आकर्षण गर्न भ्यू टावर अत्यन्त आवश्यक भएको र खानीडाँडाको कम्पासे धुरा अत्यन्त उपयुक्त भएको बताउनुभयो ।

पर्यटन विकास समाजका अध्यक्ष कृष्ण बहादुर महराले झारो टार्ने हिसाबले नभई आवश्यक र उपर्युक्त स्थान छनौट गरी भ्यू टावर निर्माण गर्न सरकारसंग आग्रह गर्नुभयो ।

पर्यटन विकास समाजका अध्यक्ष कृष्ण बहादुर महराले झारो टार्ने हिसाबले नभई आवश्यक र उपर्युक्त स्थान छनौट गरी भ्यू टावर निर्माण गर्न सरकारसंग आग्रह गर्नुभयो ।

कैलालीको खानीडाडालाई हिल स्टेशनका रुपमा विकास गर्ने उद्देश्य अनुरुप सरकारले खानीडाँडाको कम्पासे धुरामै भ्यू टावर निर्माण गर्नुपर्ने स्थानीय बासिन्दाहरुको जोड छ । खानीडाँडाको मूल सडकबाट करिब सवा घण्टाको पैदल दूरीमा पुग्न सकिने कम्पासे धुरा करिब एक हजार सात सय ५१ मिटरको उचाईमा रहेको छ ।

कम्पासे धुराबाट आकाश खुलेको समयमा कैलाली र कञ्चनपुरका अधिकांश भाग सहित भारतको समेत ठूलो हिस्सा अवलोकन गर्न सकिने र उत्तरतर्फका थुप्रै हिमाल हेर्न सकिने स्थानीय बासिन्दाहरु बताउँछन् ।

कम्पासे धुरामा भ्यू टावर निर्माण गरे नेपालका तथा भारतका बिभिन्न ठाँउका पर्यटकहरुलाई आकर्षण गर्न सकिने स्थानीय बासिन्दाहरुको विश्वास छ ।

तपाईको प्रतिक्रिया