तरकारी खेतीले परिवारको गुजारा गर्दै थारु महिलाहरु


Vegetable-seed

विकाश पराजुली
बुटवल, चैत ३ गते । रुपन्देही सालझण्डीकी जमुना थारु विहान सबेरै टोकरीमा तरकारी बोकेर बुटवल बजार आईपुग्छिन् । बुटवलका केही गल्लीहरुमा पुगेर तरकारी बेच्नु जमुनाको दैनिकी नै बनेको छ ।

बेलुकी १० बजे नै आफ्नो करेसाबारीबाट सिजन अनुसारको तरकारी जम्मा गर्छिन र विहान ४ बजे नै उनी बुटवल आइपुग्छिन । त्यसपछि उनको तरकारी व्यापार सुरु हुन्छ । यहि व्यवसायबाट उनले जिविकोपार्जन मात्र गरेकी छैनन् । दुई सन्तानलाई निजी बोडिङ स्कूलमा समेत अध्ययन गराउँदै आएकी छिन् ।

Tarkari

त्यसो त उनीजस्ता कैयौं महिलाहरु त्यही गाउँबाट तरकारी बेच्न दिनहुँ जसो बुटवल आउने गर्दछन् । सालझण्डी वडा नंं २ मा स्थायी बसोबास गर्ने जमुना विगत ७ बर्षदेखि टोकरीमा विभिन्न सिजन अनुसारका तरकारी बेच्न बुटवलका विभिन्न गल्ली–गल्लीहरुमा हिड्ने गरेकी छन् ।

उमेरले ३९ बर्ष पार गरेकी जमुनाको तरकारी विक्रि गर्न कुनै समस्या नै नरहेको बताउँछिन् । “मेरो तरकारी प्रायः सबैले चाखेका छन्” जमुना भन्छिन “कुनै–कुनै बेला त तरकारी पु¥याउनै मलाई धौ–धौ पर्छ ।” बुटवल बजार भित्रका उपभोत्तmाहरु पनि गाउँबाट ल्याइएका ताजा तरकारी घरमै पाउँदा खुसी छन् ।

उनले दैनिक ५ सय देखि एक हजार रुपैयाँसम्मको तरकारी विक्री गर्दै आएको बताईन् । उनले भनिन्–“मेरो तरकारी प्रति ग्राहकहरु लोभिदा मलाई खुसी लाग्छ ।”

मध्यम बर्गिय परिवारकी जमुनालाई यो पेशा दैनिक गुजारा चलाउने माध्यम भएको छ । उनले दैनिक ५ सय देखि एक हजार रुपैयाँसम्मको तरकारी विक्री गर्दै आएको बताईन् । उनले भनिन्–“मेरो तरकारी प्रति ग्राहकहरु लोभिदा मलाई खुसी लाग्छ ।”

जमुनाले यहि पेशाबाट ५ जनाको परिवार धानेकी छन् । उनले सुरुगरेको तरकारी व्यवसायबाट अन्य महिलाहरु पनि आकर्षित भएको उनको भनाई छ । उनीसंगै तरकारी बेच्न बाँसगढिकी विमला चौधरी पनि यो व्यवसायबाट आफु सन्तुष्ट रहेको बताउँछिन् ।

उनले आजकल ग्राहकहरुले देख्ने वित्तिकै टाढैबाट बोलाउने गरेको बताईन् । उनी भन्छिन–“यो विहानको व्यापारले आफ्नो बाँकी समय अन्य काममा पनि लगाउन सकिएको छ ।”

“यो विहानको व्यापारले आफ्नो बाँकी समय अन्य काममा पनि लगाउन सकिएको छ ।”

तर तरकारी खेतीका लागि सिंचाइको समस्या रहेको उनको भनाइ छ । उनले सिचाईको सुविधा नहुँदा प्रयाप्त मात्रामा तरकारी उत्पादन गर्न नसकेको बताईन् ।

उनले तरकारी खेती गर्दा युरिया मलको साटो गोबरको मल, किटनाशकको बिकल्पमा गाइको गउत, खरानी प्रयोग गर्ने गरेको अनुभव सुनाईन् । युरिया र विषादी प्रयोग नगरे पनि तरकारी उत्पादनमा कुनै कमी नआएको उनको अनुभव छ ।

उनले साग, आलु, धनिया, भन्टा, कोभी, करेला, बोडी, परवल, टमाटर, लौका, भिन्डी, घिरौलाजस्ता तरकारी खेती गरेको बताईन् ।
“उपभोक्ताले पनि किटनाशक मल प्रयोग नगरी उत्पादन भएका तरकारी बारे थाहा पाएपछि तरकारी सजिलै किन्ने गरेका छन् उनले भनिन– लगेको तरकारी कहिल्यै फिर्ता ल्याउनु पर्दैन ।”

“उपभोक्ताले पनि किटनाशक मल प्रयोग नगरी उत्पादन भएका तरकारी बारे थाहा पाएपछि तरकारी सजिलै किन्ने गरेका छन् उनले भनिन– लगेको तरकारी कहिल्यै फिर्ता ल्याउनु पर्दैन ।”

विगत ६ बर्षदेखि टोकरीको तरकारी राख्ने बुटवल ११ मिलनचोककी दुर्गा लम्साल बजारमा पाईने तयारी र टोकरीमा ल्याउने तरकारीमा धेरै फरक हुने बताउँछिन् ।

सिजन अनुसारका तरकारीमा बजारमा पाईने मुल्य भन्दा कम र ताजा तरकारी पाईने हुँदा आफुले टोकरीमा ल्याउने तयारी राखेको उनले बताईन । उनी भनिन्–“सिधै करेसाबारीबाट ल्याउने भएकाले स्वाद नै फरक हुन्छ, त्यसैले मैले तरकारी तथा सिजनेवल गेडागुडी राख्ने   गर्दछु ।” उनले थपिन–“ताजा तरकारी त्यसमा पनि बजार मूल्य भन्दा सस्तो मै पाईने हुँदा सधै किन्ने गरेकी छु ।”

जमुनाका अनुसार बुटवल बजारमा तरकारी मध्ये हरियो साग बढी मात्रामा विक्री हुने गरेको बताईन । उनी जस्ता दर्जनौ महिलाहरु तरकारी बोकेर बुटवलका प्रायः सबै टोलहरुमा पुग्ने गर्दछन् ।

तपाईको प्रतिक्रिया