कार्यबाहक प्रधानमन्त्रीमा पुनः विजयकुमार गच्छदार

DSC06963

काठमाडौं, चैत ७ गते । प्रधानमन्त्री केपी शर्मा ओली साताव्यापी चीन भ्रमणमा आइतबार प्रस्थान गर्नुभएपछि देशको कार्यबाहक प्रधानमन्त्रीकोरुपमा पुनः विजकुमार गच्छदार तोकिनुभएको छ । यसअघि भारत भ्रमणको बेलामा पनि उहाँ छ दिनकालागि कार्यबाहक प्रधानमन्त्री हुनुभएको थियो ।

उपप्रधान तथा भौतिक पूर्वाधार एवं यातायात मन्त्रीको जिम्मेवारीमा रहनुभएका गच्छदारलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको अनुपस्थितिमा उहाँले गर्ने दैनिक प्रशासनिक कार्य सम्हाल्नेगरी तोक्नुभएको छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता खडानन्द ढकालले आइतबार राष्ट्रपतिको तर्फबाट जारी गर्नुभएको विज्ञप्तीमा सो जिम्मेवारी गच्छदारलाई तोकिएको हो । यसअघि प्रधानमन्त्री ओलीको भारत भ्रमणको क्रममा कार्यबाहक प्रधानमन्त्री हुँदा गच्छदार तीनदिन गृहजिल्लामै बसेर बिताउनुभएको थियो । कार्यबाहक प्रधानमन्त्रीहुँदा विवाह र व्रतबन्धको कार्यक्रममा बढी सरिक हुनुभएको थियो ।

यसपल्ट कार्यबाहक हुँदा उहाँको कामकाजबारे अहिले नै समिक्षा गर्ने बेला भएको छैन । कार्यबाहक हुँदा उहाँले गर्ने दैनिक कार्यसञ्चालन र प्रशासनिक काममले उहाँको कामको मूल्याङ्कन गर्नेछ ।

20721207 karyabhar

तपाईको प्रतिक्रिया