बेलायती राजकुमार ह्यारी वर्दियाको थारु गाउँमा


Harry

वर्दिया, चैत ८ गते । बर्दियाको डल्लास्थित होमस्टेमा बेलायतको राजकुमार ह्यारी आएर बर्दिया राष्ट्रिय निकुञ्जको अवलोकन भम्रण गर्नुभएको छ ।

ह्यारी बर्दियाको निकुञ्जमा ९ बजेर २० मिनेटमा अवलोकनको क्रममा गैडा, हात्तीको अवलोकन तथा र्‍याफ्टिङ गर्नुभएको थियो ।
अवलोकनको क्रममा उहाँले बाघको संख्या बढ्यो भने बाघहरूको लडाई हुने होकी चिन्ता व्यक्त गर्नुभउको थियो । ह्यारीले ९ बजेर ३० मिनेटमा र्‍याफ्टिङ गर्नुभएको थियो । त्यसपछि २० मिनेट पैदल जंगल घुम्नुभयो ।

बाघको अनुगमनका लागि राखिएका क्यामरा ट्राप्याप्रिकको बारेमा चासो लिएर सोधखोज गर्नुभयो । बाघ जस्तै बनेर ह्यारीले क्यामारामा फोटो समेत खिचाउनुभयो ।

बाघको अनुगमनका लागि राखिएका क्यामरा ट्राप्याप्रिकको बारेमा चासो लिएर सोधखोज गर्नुभयो । बाघ जस्तै बनेर ह्यारीले क्यामारामा फोटो समेत खिचाउनुभयो ।

करिब ११ बजेर ३५ को समयमा बर्दियाको थारू सूर्यपटुवाको डल्ला गाउँको ११ ट्रयाकमा होमस्टेमा पाँचकन्याले परिचय दिने उर्वसी, उसा, कृर्तिमा, सुविक्षा, सुजिता योगी थारुहरुले टीका लगाई नमस्कार स्वागत गर्न पाउँदा आफू एकदमै खुसी भएको बताउनुभयो ।

१४ नम्वरमा २ जना पुरुष ८ जनाले लाठि नाचले मनोरन्जन गराउनुभयो । त्यसपछि डल्ला गाँउको वर्ष ४३ को चम्पी थारुलाई ‘तपाईँहरुको संरक्षणले गर्दा अर्के देशलाई संरक्षणको पाठ सिकाउनु भएको छ, उदाहरणीय काम गरेकोमा धन्यावाद छ, अझै राम्रो गर्नूहोला,’ ह्यारीले प्रसंशा गर्नुभयो ।

ह्यारीले चोरी सिकारी नियन्त्रण गरेको अरूको देशलाई सिकाई भएको होमस्टेको होटल एकदम सस्तो भएको बताउनुभयो । बेलायतको राजकुमार ह्यारी आएर बर्दियाको वन्यजन्तु संरक्षण र जैविक मार्ग भएकोले वातावरण संरक्षणमा वायो ग्याँसले सहयोग हुने भएकोले उदाहरणाीय होमस्टे दररेट बढाउनु पर्ने बताउनुभयो ।

होमस्टे डल्लाको प्रमुख व्यवस्थापक प्रर्शुराम थारुले वायो ग्यास अवलोकन गराई खाता कोरीडोरको परिचय गराउनुभयो । उहाँले ह्यारीलाई २०४७ सालदेखि नेपालमा जैविक संरक्षण भैरहेको बताउँदै पर्यटनले नेपालको विकास हुने भएकोले जैविक मार्गको संरक्षण आफूहरू गरिरहेको जानकारी दिनुभयो ।

होमस्टे डल्लाको प्रमुख व्यवस्थापक प्रर्शुराम थारुले वायो ग्यास अवलोकन गराई खाता कोरीडोरको परिचय गराउनुभयो । उहाँले ह्यारीलाई २०४७ सालदेखि नेपालमा जैविक संरक्षण भैरहेको बताउँदै पर्यटनले नेपालको विकास हुने भएकोले जैविक मार्गको संरक्षण आफूहरू गरिरहेको जानकारी दिनुभयो । डल्लाको होमस्टेलाई जीविकोपार्जनको माध्यम वनाउन राज्ले ध्यान दिनुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो ।

निकुञ्जको अवलोकनको क्रममा वन र वन्यजन्तु संरक्षणमा सँगै पर्यटन र प्रवर्द्धनमा समेट टेवा पुग्ने निकुञ्जका संरक्षण प्रमुख रमेश थापालले बताउनुभयो ।

‘बाँके निुकञ्जसँग सीमा जोडिएको बर्दिया राष्ट्रिय निकुञ्ज ठूलो भएको र बाघ संरक्षणका लागि नेपालकै ठूलो क्षेत्र मानिने बर्दियामा तपाईहरु राम्रो काम गर्नुभएको छ। जनतासँग प्रत्यक्ष जोडिनु भएको छ, राम्रो लाग्यो बर्दिया निकुञ्जमा खुसी लाग्यो,’ ह्यारीले भन्नुभयो ।

तपाईको प्रतिक्रिया