जल्दै गरेको चौधरीको लाशलाई प्रहरीले नियन्त्रणमा लियो


Pyre

फाइल तस्विर

बारा, चैत १२ गते । बारा सिहासनी–४ बस्ने ४० बर्षीया प्रमिला चौधरीको शवलाई घर नजिकै खेतमा जलाइरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ।

उनको श्रीमान बृजकिशोर चौधरीले प्रमिलाको हत्या गरी शव जलाएको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । प्रहरी कार्यालयमा कसैले उजुरी हालेपछि अनुसन्धानका लागि शव नियन्त्रणमा लिनुपरेको प्रहरीको भनाई छ ।

थप अनुसन्धानको लागि प्रहरीले सो परिवारका आफन्त २ जना महिलालाई नियन्त्रणमा लिएको छ । प्रहरीले फरार बृजकिशोरको खोजतलास भइरहेको बताएको छ । फरार चौधरीलाई चाँडै पक्राउ गरी वास्तविकता बाहिर ल्याउने प्रहरीको दावी छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया