अरुको सकियो, रानाथारु गाउँमा होलीको रौनक जारी


Fagu_Rana tharu

कंचनपुर, चैत १४ गते । अन्य समुदायका लागि होली सकिए पनि कैलाली र कञ्चनपुरमा बसोबास गर्ने राना थारु बस्तीमा होलीको रौनक जारी छ । यी दुई जिल्लामा बसोबास गर्ने राना थारु समुदायको परम्परागत होली १५ दिनसम्म चल्ने गर्दछ ।

राना थारु समितिहरु, युवा क्लबहरुले यतिखेर रानाथारु गाउँका बस्तीमा होलीको आयोजना गरी कला, संस्कृति र परम्पराको संरक्षणमा टेवा दिइरहेका छन् ।

त्यसैगरी कञ्चनपुरमा रानाथारु सङ्घर्ष समिति र राना थारु संस्कृति संरक्षण युवा विकास मञ्चले झलारी पिपलाडीमा होली मिलन कार्यक्रम आयोजना गरेको छ ।

राना थारु समुदायको भाषा, संस्कृतिको संरक्षण तथा पहिचानका लागि आयोजना गरेको होली मिलन कार्यक्रममा सांसद कृपाराम राना थारुको समेत होलीमा भाग लिएर रमाउनु भयो । उहाँले थारु समुदायको संस्कृति बचाउनु पर्नेमा जोड दिनु भयो ।

सांसद कृपाराम राना थारुको समेत होलीमा भाग लिएर रमाउनु भयो । उहाँले थारु समुदायको संस्कृति बचाउनु पर्नेमा जोड दिनु भयो ।

गत पूर्णिमाका दिन गाउँका अगुवा (भलमन्सा) ले होलीको उदघाटन गरेका छन् । सोही दिनदेखि कञ्चनपुर, कैलालीका विभिन्न गाउँ क्षेत्रमा छरिएर रहेका राना थारु समुदाय बस्तीमा होलीको रौनक बढेको राना थारु अगुवाहरुको भनाइ छ ।

होली पर्वमा वर्ष दिनभरिको दुःख बिर्सेर रमाउने, आफन्तसँग भेटघाट गर्ने र मीठो मिष्ठान्न खाने गरेको सम्बन्धित समुदायका अगुवा बताउँछन् । यो पर्वका बेला नराम्रो त्यागेर राम्रो चिज तथा विचारधारा अँगाल्ने जनविश्वाससमेत रहेको शिक्षक तथा सागरज्योति युवा क्लबका अध्यक्ष सतेन्द्र रानाथारुले बताउनुभयो ।

होलीमा खासगरी साली भिनाबीच रमाइलो चल्ने गरेको सो समुदायका प्रतिनिधि बताउँछन् ।

कञ्चनपुरका थारु बस्ती रहेको शङ्करपुर, देखतभुली, पिपलाडी, झलारी, सुडा, परासनलगायतका क्षेत्रमा चैत १८ गते बिहीबार रातिसम्म होली खेलेर धार्मिक परम्पराअनुसार समापन गरिने बताइएको छ ।

होलीमा थारु समुदायका युवायुवती होली नृत्यगर्ने मुख्य जिम्मेवारी हुन्छ भने पाका पुस्तालाई गीत गाउने भूमिका दिइएको हुन्छ । होलीमा खासगरी साली भिनाबीच रमाइलो चल्ने गरेको सो समुदायका प्रतिनिधि बताउँछन् ।

तपाईको प्रतिक्रिया