चैत २९ गते धनगढीमा थारुको चिरै भजहर कार्यक्रम हुने


chirai1

धनगढी, चैत १५ गते । थारु समुदायको एउटा प्रमुख चाडमध्ये भजहर चिरै कार्यक्रम यसवर्ष पनि हुने भएको छ । गतवर्ष जस्तै यो वर्ष पनि धनगढीमा बृहत चिरै भजहर कार्यक्रम हुने तयारी गरिएको छ ।

आदिवासी थारू समुदायको महिलाहरुले मात्रै मनाउने यस पर्वमा थारु महिलाहरुले रमाइलो गरी मनाउने गर्छन् । चिरै भजहर कार्यक्रम चैत २९ गते धनगढीस्थित क्याम्पस चौकमा हुने भएको छ । धनगढीमा सम्पन्न सरोकारवाला निकायहरुको भेलाले चिरै भजहर कार्यक्रम गर्ने निर्णय गरेको हो ।

नारी स्वतन्त्रताको प्रतीकको रुपमा मनाइने यस पर्वलाई स्थान विशेषअनुसार चिरै, चरै, चिरै भजहरको नामले मनाइन्छ । बस्ती भन्दा पर खाली ठाउँमा सामूहिकरुपमा भेला भई महिलाहरुले मनाउने यस पर्वमा पुरुषहरुको केवल सहयोगी भूमिका मात्रै रहने गर्छ । थारु कल्याणकारिणी सभाका केन्द्रीय सहमहामन्त्री इन्दिरा चौधरीको अनुसार यस पर्वले थारु महिलालाई एकतावद्ध गर्नमा सहयोग गर्छ ।

1

कार्यक्रममा कठरिया थारू, रानाथारू, डंगौरा थारूको सहभागिता रहने बताइएको छ । एन्जल नेपालका कार्यवाहक अध्यक्ष दुज्जी चौधरीले चिरै भजहर कार्यक्रममा विगतको वर्षजस्तै यो वर्ष पनि केहि निश्चित समयको लागि महिलाहरुले परम्परागत पोशाकमा रहि मनाउने तयारी गरिएको छ ।

यस पर्वमा थारु महिलाले आपसमा हातको साँग्लो बनाई बाटो अवरुद्ध गर्ने र आगन्तुकहरुबाट सक्दो सहयोग रकम संकलन गर्ने गर्दछन् ।

यस पर्वमा थारु महिलाले आपसमा हातको साँग्लो बनाई बाटो अवरुद्ध गर्ने र आगन्तुकहरुबाट सक्दो सहयोग रकम संकलन गर्ने गर्दछन् । आयोजकले दिएको जानकारीअनुसार सांस्कृतिक कार्यक्रम गर्ने, परिकार बनाई खाने र खुवाउने कार्यक्रम रहेको छ ।

गाउँ वस्तीको प्रगति होस र वस्तीबाट सदाको लागि रोगब्याधिबाट मुक्ति मिलोस् भन्ने उदेश्यसाथ चिरै भजहर मनाउने प्रचलन रहेको थारु अगुवाहरु बताउँछन् । थारु समुदायको महिनैपिच्छे आउने चाडपर्व जस्तै चिरै पर्वले थारु समुदायलाई एकतामा बाँध्ने र सामुहिकतामा काम गर्ने विश्वास पैदा गर्ने विश्वास सो समुदायको छ ।

तपाईको प्रतिक्रिया