आधासताब्दीमा परिचयपत्र

बालाराम भट्टराई

बालाराम भट्टराई

Balaram

मालपोत कार्यालय डडेल्धुराका सुपरभाइजर र राष्ट्रिय मुक्तहलिया समाज महासंघका अफफ्रिडहकका कार्यक्रम संयोजक हरिसिंह बोहोरा डडेल्धुराको अ.न.पा. १० बुडाली गाउँस्थित घरमा जाँदा दिउसोको १२ बजेको थियो । चैतको महिनाको १२ गते भएपनि डडेल्धुरा चिसो नै  थियो । सदरमुकामबाट मानिसहरु आएको खबर पाउनासाथ हरुवा सार्कि आफुले गरिरहेको काम छाडेर नजिक आउनुभयो । उहाँको नजरमा न हर्ष थियो न बिस्मात नै । ६५ बसन्त पुरा गरिसकेका सार्कि रोग, भोक र गरिबीले गर्दा ८० बर्षकाजस्ता देखिन्थे । सेतै फुलेका कपाल र दाढीभएका सार्कि नजिकै बस्नुभयो ।

६५ बसन्त पुरा गरिसकेका सार्कि रोग, भोक र गरिबीले गर्दा ८० बर्षकाजस्ता देखिन्थे । सेतै फुलेका कपाल र दाढीभएका सार्कि नजिकै बस्नुभयो ।

हरुवा सार्कि हलिया अभियानका लागेकाहरुका लागि कुनै नयाँ नाम होईन । उहाँसँग मेरोभेट अहिले नभए पनि बिगत निकैपटक भएको थियो । उहाँको हाल घरभएको भनिएको जग्गा उहाँको नभएर उहाँको मालिकको हो जसको उहाँ हलिया हुनुहुन्थ्यो । एक छोरी र श्रीमतीकासाथमा बस्दैआएका सार्किलाटागन्याप मुक्तहलिया समूहको सदस्यता प्राप्त गरी हलिया मुक्तिका गतिबिधिमा सक्रिय रहँदै आएका छन् । मालिककै एकटुक्रा जमिनमा ओत बनाई बसेका सार्किको नेपालभर कतै एकटुक्रा जमिन समेत छैन ।

नेपाल सरकारले २०६५ सालमा हलिया मुक्तिको घोषणासंगै रमाएका सार्कि सरकारबाट हालसम्म कुनै राहात नपाएर निराश छन् । उमेर गैसक्यो रोग र भोकले शरीर सुकी सक्यो तर पनि सरकारले हालसम्म कुनै राहत दिएन उनको गुनासो । मुक्त त भइयो तर जिवनयापनको कुनै बैकल्पिक बाटो छैन । मुक्तिपछि गाउमासमेत पत्याउन छाडे । जिवन धान्न निकै कठिन भएको छ । यस्तो मुक्ति त कसैको पनि नहोस । नेपाल सरकारले २०६५ सालमा हलिया मुक्तिको घोषणा प्रमाणीकरण पश्चात परिचयपत्र दिई पुनःस्थापनाको कार्य शुरुगरेको बारेमा तपाईलाई थाहा छ भन्ने जिज्ञाशामा सार्किले खोइ मलाई त थाहाँ छैन यत्रो बर्ष बित्यो तर मैले त सरकारबाट केहि पाएको छैन, भने ।

नेपाल सरकारले २०६५ सालमा हलिया मुक्तिको घोषणा प्रमाणीकरण पश्चात परिचयपत्र दिई पुनःस्थापनाको कार्य शुरुगरेको बारेमा तपाईलाई थाहा छ भन्ने जिज्ञाशामा सार्किले खोइ मलाई त थाहाँ छैन यत्रो बर्ष बित्यो तर मैले त सरकारबाट केहि पाएको छैन, भने ।

जिल्ला मालपोत कार्यालय डडेल्धुराका सुपरभाइजर मानबहादुर बि.क.को हातमा हरुवा सार्किको परिचयपत्र थियो । परिचयपत्र देखाउदै दाज्यु तपाईको परिचयपत्र हामीले लिएर आएका छौ तपाइलाई दिन । यो कुरा सुन्दा उनको खुसीको सिमानै रहेन । उनी खुसी हुदै भने, यो पाउनै ८ बर्ष लाग्यो अब पुनःस्थापना हुदासम्म त म बाँच्दैन होला । नेपाल सरकारले हलिया मुक्तिगरेको ७ बर्षपछि हालैमात्र मुक्तहलिया हरिबहादुर सार्की (हरुवा सार्की) ले “क” बर्गको हलिया परिचयपत्र प्राप्त गरेका छन् । यो परिचयपत्रका आधारमा उनी नेपालमा घरजग्गा दुबै नभएका हलियाकारुपमा प्रमाणीत भै परिचयपत्र पाएका छन् । यो बर्गमा पर्ने मुक्त हलियाहरुलाई नेपाल सरकारले अनुदानस्वरुप जग्गा खरिद र घर निर्माण गरीदिने प्राबधान छ ।

परिचयपत्र हातमा लिएका हरुवा सार्कि आफ्नो बिगतलाई स्मरण गर्दछन् कि मालिकबाट कति धम्की, गाली पाइयो त्यस्को कुनै हिसाब  छैन । हरेक दिन मिर्मिरे उज्यालो नहुँदै्र खेतबारीमा जाने अनि साँझमात्र घर फर्कने दिनभरी कामबाट थाकेको जिउ त्यसमा पनि नुन र कोदोको रोटी । के गर्नु बाबु जवानी यसैगरी बित्यो अब त बुढो पनि भइयो । कामबापत आफुले केहि नपाएको गुनासोसमेत उनले गरे । हामीलाई कहिले आरामबिराम भन्नेकुरा थाहा भएन । कामदेखि बाहेक, कति पटक म बसेको घर छाड भन्ने धम्की आयो तर काहाँ जाने ? उनि भककानिए । हाल उनि बस्दै आएको ओतरहेको जमिन अर्काको हो ।

सन्तानका नाममा छोरीमात्र भएको र आफु दलित भएकाले समाजमा आफुलाई हेलाहा गर्नेगरेको समेत उनले बताए । समाज नै यस्तै छ । छोरा नभएकैकारण पनि हामीलाई हेला गर्दछन् । आफ्नो अवस्थाको बारेमा टेलीभिजनबाट समाचार प्रसारण भएपछि मलेसीयमा रहेका मजदुरहरुले आफुलाई सहयोग गरेको स्मरण गर्दै उनि भन्छन, सरकारले मुक्तगरेको हामीलाई उसले नै हाम्रो ब्यवस्था गर्नु प¥यो, यदि गरीब निमुखाको सरकार हो भने ।

नेपाल सरकारको हालको पुनःस्थापनाको गतिको आधारमा करिब ३५ बर्ष लाग्ने देखिन्छ । डडेल्धुरा जिल्लाको सदरमुकामकै हरुवा सार्किले परिचयपत्र पाउन यति कुर्नु प¥यो भने दुरदराजका हलिया दाजु भाइको अवस्था के होला ? सहज अनुमान गर्न सकिन्छ । सरकारले तत्काल सामाजिक न्यायमा आधारित भै पुनःस्थापनाको काम सक्नु पर्दछ । हरुवा सार्किजस्ता पीडितको बिश्वास जित्न सक्नुपर्दछ । मुक्तीको अनुभुती नहुदै कयौं हलियाहरु मर्ने भए । अब सरकार तात्नु पर्दछ र छोटोबाटो अपनाई हलिया पुनःस्थापना गर्नु पर्दछ ।

अब सरकार के गरिदेओस् भन्ने चाहानु हुन्छ त भन्ने जिज्ञासामा उनको जवाफ थियो, सरकारले ढिलै भएपनि मलाई परिचपत्र दियो । सबैलाई दिनुपर्दछ । त्यसपछि हामी गरीब हलियाहरुलाई कम्तीमा ६ महिना खानपुग्ने जग्गा दिनुपर्दछ । घर बनाई दिनु पर्दछ । हाम्रा छोराछोरीलाई स्कुलमा पढने बाताबरण मिलाई दिनु पर्दछ । अनि मात्र मुक्ति भन्न मिल्दछ । होईन भने के मुक्ति मालिकबाट छुटयौंं अर्को सिप छैन, काम गरौं भने जग्गा छैन, फेरि हलिया नबसेर के गर्ने त ? हाल पनि आफ्नो ओत देखाउँदै यो ठाउँ छाड भन्छन् मालीकहरु । सरकारले ठाउँ देखाउदैन कहाँ जाउँ ? उनी प्रश्न गर्दछन् ।

नेपालमा सरकारी उदासीनताका कारणले कमैया मुक्तिसंगै नेपालमा रहेका बाँधाश्रमभित्र पर्ने हलिया र हरुवाचरुवा मुक्त हुनुपर्नेमा हलियाहरुले हलिया मुक्तिकालागि अलग आन्दोलन गर्न बाध्य भएभने हाल हरुवाचरुवाहरु समेत संगठीत आन्दोलन गर्ने तयारीमा छन् ।

नेपालमा सरकारी उदासीनताका कारणले कमैया मुक्तिसंगै नेपालमा रहेका बाँधाश्रमभित्र पर्ने हलिया र हरुवाचरुवा मुक्त हुनुपर्नेमा हलियाहरुले हलिया मुक्तिकालागि अलग आन्दोलन गर्न बाध्य भएभने हाल हरुवाचरुवाहरु समेत संगठीत आन्दोलन गर्ने तयारीमा छन् । सरकार आम सर्वसाधारणप्रति जिम्मेवार हुने हो भने नेपालमा रहेका बाँधाश्रम वा बलपुर्वक श्रममा लगाउने प्रणालीको मुलुक भर अन्त्यको घोषणा गरी पुनःस्थापना गर्नुपर्दछ । हरुवा सार्किजस्तो सरकारले मुक्तगर्ने नीतिगत निर्णय पश्चात् पनि मालिकको आश्रयमा बसी प्रताडना सहनु नपरोस् । उनी आफै नै आधा सताब्दी हलिया बसेको बताउँछन् ।

(लेखकः अधिवक्ता हुन् ।)

तपाईको प्रतिक्रिया