जिल्लामा नागरिक विद्यार्थी फ्रन्ट धमाधम गठन हुँदै


Nagarik

काठमाडौं, चैत १८ गते । नागरिक समाजवादी पार्टीका भातृसंगठन नागरिक विद्यार्थी फ्रन्ट मोरङ, सप्तरी र सिराहा जिल्ला तदर्थ समिति गठन भएको छ ।

पार्टीको विहिबार मोरङमा भएको कार्यक्रममा सन्जुसिंह थारुको अध्यक्षतामा ३५ सदस्यीय तदर्थ समिति गठन भएको पार्टीका संयोजक राजकुमार लेखीले जानकारी दिनुभयो । त्यस्तै, पूर्णप्रसाद चौधरीको संयोजकत्वमा नागरिक फ्रन्ट सप्तरी पनि गठन भएको उहाँले जानकारी दिनुभयो ।

Nagarik front

फागुन २७ गते काठमाडौंमा घोषणा भएको नागरिक समाजवादी पार्टीले चैतको पहिलो साताबाट जिल्लामा संगठन विस्तारको अभियान शुरुगरेको छ । सोहीक्रममा जिल्ला कार्य समिति र भातृ संगठन विद्यार्थी फ्रन्ट पनि सँगसँगै गठन भइरहेको सो पार्टीले जनाएको छ ।

सो क्रममा संयोजक लेखीले नयाँ संविधानमा आदिबासी जनजाति, थारु, मुश्लिम, पछाडि परेका वर्गको अधिकारलाई सुनिश्चित नगरेकाले संविधान संशोधनका लागि पुनः दवावको आवश्यकता औल्याउनुभयो । त्यसकालागि पार्टीको नेतृत्वमा दवाव कार्यक्रम शुरु गर्ने उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया