काठमाडौं, चैत २८ गते । नेकपा (एमाले) का उपाध्यक्ष बामदेव गौतमले तराईमा कहिल्यै थरुहट र मधेस राज्य नरहेको दावी गर्नुभएको छ ।अखिल नेपाल किसान महासंघको महाधिवेशनमा अध्यक्षको प्रतिवेदन पेशगर्दै उहाँले त्यस्तो दावी गर्नुभएको हो ।
“विगतमा कहिल्यै थरुहट राज्य न थियो न त मधेश राज्य नै, आज कुनै विदेशीको उक्साहटमा मधेस र थरुहटको नाममा राष्ट्र माग्दैमा त्यो अवास्तविक कुरा वास्तविक हुनसक्दैन” नेता गौतमले प्रतिवदनमा उल्लेख गर्नुभएको छ ।
थरुहट तराईमा जारी आन्दोलन मूलतः राष्ट्रिय स्वतन्त्रता, अखण्डता एवं सार्वभौमसत्ताको विरुद्धमा रहेको उहाँले तर्क गर्नुभएको छ । “नेपालमा थरुहट राज्य कहिल्यै अस्तित्वमा थिएन, कतिपय नेतृत्व शास्त्रीहरुले गौतमबुद्धका सन्दर्भमा शाक्य र कोलीय समुदायहरु थारू हुन् भन्छन्” नेता गौतमको तर्क छ ।
दंगीशरणले राजगरेका कारण दाङ नाम रहन गएको पनि कतिपयले भन्दछन् तर त्यो क्षेत्रको पहिले नै दाङ नामकरण भइसकेको थियो पनि भन्दछन् ।
प्रतिवेदनमा भनिएको छ, “थारू जाति कुनैबेला महाजातिको रूप लिइसकेको जाति हो, बुद्ध साहित्यमा स्थावीर भन्ने पदवीको चर्चा छ । शाक्य गणराज्यमा स्थावीर भनेर स्वतन्त्र किसानलाई भनिन्थ्यो । त्यसबेला त्यहाँ राज्य सञ्चालन गर्ने उच्च वर्ग स्वतन्त्र किसान र दासहरु थिए ।
“स्था” भनेको स्थान र “वीर” भनेको मालिक यसरी बुझ्दा स्थावीर भनेको जमिनको मालिक हुन्छ । त्यही स्थावीर कालान्तरमा जनबोलीमा थारू भएका हुन् । थारू नेपालका आदिवासी भएको कुरामा कुनै विवाद छैन तर थरुहट राष्ट्र र राज्य भएको कुरालाई तथ्य सङ्गत मान्न सकिन्न ।”
प्रतिवेदनअुनसार दाङमा १६औं शताब्दीतिर दंगीशरण नाम गरेका यादवले राज्य खडागरेको इतिहास पाइन्छ ।
नेता गौतमले दंगीशरणलाई थारुको राजा नभई यादवको राजाको संज्ञा दिनुभएको छ । उहाँको प्रतिवेदनअुनसार दाङमा १६औं शताब्दीतिर दंगीशरण नाम गरेका यादवले राज्य खडागरेको इतिहास पाइन्छ । कालान्तरमा उनका सन्तानहरुले थारूभाषा र थारू संस्कारलाई सकारेपछि थारू जातिमै समाहित भएका थिए ।
अगाडि भनिएको छ, “दंगीशरणका कतिपय सन्तानले आफूलाई दहित भन्दछन् । अथवा दुध दुहुने भनेर परिचय दिन्छन् । दंगीशरणले राजगरेका कारण दाङ नाम रहन गएको पनि कतिपयले भन्दछन् तर त्यो क्षेत्रको पहिले नै दाङ नामकरण भइसकेको थियो पनि भन्दछन् ।
ती यादव राजाले त्यहाँका थारू समुदायलाई सम्मान गर्न आफूलाई तिमीहरुको शरणमा आएको छु भन्ने अर्थ बुझाउन आफूलाई दंगीशरण भनेको कुरा पनि अर्थ लगाउँछन् । किनकि दंगीशरण दाङका मूल वासिन्दा नभई बाहिर कतैका थिए । दंगीशरणको राज्य वास्तवमा राज्यमा विकसित नभइसकेको रजौटाको अवस्थाको मात्र थियो नेता गौतमको दावी छ ।
उपाध्यक्ष गौतमले आन्दोलनको नाममा भाला, तरवार, बन्चरो, लाठी, बन्दुक लिएर उठ्ने छुट कसैलाई नभएको बताउनुभएको छ । उहाँले अगाडि भन्नुभएको छ, “परासीदेखि कञ्चनपुरसम्म नेपाल सरकार लेखिएका बोर्ड हटाएर थरुहट सरकार र पर्सादेखि झापासम्म सोही तरिकाले नेपाल सरकार लेखिएका बोर्ड हटाएर मधेस सरकारका बोर्डहरु राख्ने उद्देश्य देखियो ।
“परासीदेखि कञ्चनपुरसम्म नेपाल सरकार लेखिएका बोर्ड हटाएर थरुहट सरकार र पर्सादेखि झापासम्म सोही तरिकाले नेपाल सरकार लेखिएका बोर्ड हटाएर मधेस सरकारका बोर्डहरु राख्ने उद्देश्य देखियो ।
आन्दोलनको उद्घाटन कैलालीको टीकापुर नगरपालिका क्षेत्रमा पूर्वनियोजित रूपमा सम्पूर्ण घरेलु हतियार र बन्दुक समेत प्रयोग गरेर प्रहरी प्रशासन र सर्वदलीय बैठकका सहभागीहरुलाई धोखा दिएर ८ जना निहत्था नेपाल प्रहरी, सशस्त्र प्रहरी र प्रहरी कर्मचारीकै दुधेबच्चा एकजना समेत नौ जनालाई गोली हानेर, भाला रोपेर, जिउँदै आगोमा हालेर मारियो उपाध्यक्षले चर्चा गर्नुभएको छ ।
त्यस्तै, उहाँले प्रतिवेदनमा भन्नुभएको छ, तौलिहवा, भैरहवा, वीरगंज, गौर, जलेश्वर, जनकपुर, राजविराज, भारदह र मोरङको रंगेलीमा गैरमधेसिया भनिनेहरुलाई लखेट्ने, तराइमा नेपाल राज्य समाप्त गर्ने र हिंसात्मक गतिविधि बढाउने कामहरु भए । यो आन्दोलनको भित्री माग नेपालको दक्षिणी क्षेत्र तराईलाई पहाडबाट अलग गर्ने र वहुराष्ट्रिय राज्यको भ्रमपूर्ण सिद्धान्त अन्तर्गत झापादेखि पर्सासम्म एउटा मधेस राष्ट्र र नवलपरासीदेखि कञ्चनपुरसम्म अर्को थरुहट राष्ट्रका रूपमा राज्यहरु निर्माण गर्ने ।