थारु विद्यार्थी समाज उपत्यका समितिको विवाद झन बल्झियो

सचिवले गरे ३० वटा क्याम्पस प्रतिनिधि खारेजीको माग


Bimal-Vs-Sanjay

काठमाडौं, चैत २८ गते । थारु विद्यार्थी समाज उपत्यका समितिको अधिवेशन प्रतिनिधिहरु रातारात केही क्याम्पसबाट फर्जी बनाएको भन्दै एक पक्षले विरोध गरेपछि सोमबार आव्हान गरिएको बन्दसत्र पनि विवादमा पर्ने भएको छ ।

उपत्यका समितिका सचिव तथा अध्यक्षका प्रत्यासी विमल चौधरीले कार्यसमितिको निर्णयअनुसार २८ वटा क्याम्पसमा मात्रै इकाई समिति गठन गरेर प्रतिनिधि र पर्यवेक्षक ल्याउने सहमति भएपनि ६० वटा क्याम्पसको प्रतिनिधि आएकोमा आफू अचम्मित भएको बताउनुभयो । संगठन विभाग प्रमुख समेत रहेका चौधरीले अहिले अध्यक्ष रहेका ओम थारुले फर्जी प्रतिनिधि ल्याएको आरोप लगाइएको छ ।

उपत्यका समितिका सचिव तथा अध्यक्षका प्रत्यासी विमल चौधरीले कार्यसमितिको निर्णयअनुसार २८ वटा क्याम्पसमा मात्रै इकाई समिति गठन गरेर प्रतिनिधि र पर्यवेक्षक ल्याउने सहमति भएपनि ६० वटा क्याम्पसको प्रतिनिधि आएकोमा आफू अचम्मित भएको बताउनुभयो ।

अध्यक्ष थारुका अनुसार अधिवशेनमा एक क्याम्पसबाट ३ जना प्रतिनिधि र २ पर्यवेक्षक ल्याउने निर्णय गरिएको छ । तर सो अनुसार प्रतिनिधि ८४ र पर्यवेक्षक ५६ जना हुनु पर्नेमा अहिले बढाएर ६० क्याम्पसबाट १८२ प्रतिनिधि र १४२ पर्यवेक्षक पु¥याइएको छ । प्रतिनिधि छनौट संगठनलाई थाहै नदिएर बढाएको भन्दै सचिव चौधरीले आपत्ति जनाउनु भएको छ ।

सचिव चौधरीले आइतबार अधिवेशन निर्वाचन मण्डललाई निवेदन लेख्द्रै ३० वटा कलेजको प्रतिनिधि खारेजको माग गर्नुभएको छ । चैत २३ गते समाजको केन्द्रीय पदाधिकारीसहित उपत्यका समितिका पदाधिकारीसँग बसेको संयुक्त बैठकले २८ वटा क्याम्पसको प्रतिनिधिबारे निर्णय भएको सचिव चौधरीले बताउनुभएको छ ।

निर्वाचन मण्डलका अध्यक्ष शैलेन्द्र चौधरीले खारेजीको निवेदन प्राप्त भएपनि त्यसमा अध्ययन गर्न बाँकी रहेको बताउनुभयो । प्रक्रिया पु¥याएरै सहमतिको आधारमा कार्यसमिति गठन गरिने दावी अध्यक्ष चौधरीले दावी गर्नुभयो । निर्वाचन मण्डललाई खारेजीको निवेदन प्राप्त भएको छ, त्यस विषयमा छलफल भई के गर्ने निर्णय हुन्छ उहाँले भन्नुभयो ।

निर्वाचन मण्डलका अध्यक्ष शैलेन्द्र चौधरीले खारेजीको निवेदन प्राप्त भएपनि त्यसमा अध्ययन गर्न बाँकी रहेको बताउनुभयो । प्रक्रिया पु¥याएरै सहमतिको आधारमा कार्यसमिति गठन गरिने दावी अध्यक्ष चौधरीले दावी गर्नुभयो ।

समाजको निर्णयअनुसार तीनजना प्रतिनिधिमा एकजना महिला अनिवार्य ल्याउने निर्णय भएपनि ५८ मध्ये ३३ कलेजबाट महिला प्रतिनिधि नरहेको निर्वाचन मण्डलका सदस्यहरुको भनाई छ । प्रक्रिया नपुगेको प्रतिनिधिलाई खारेज गर्नुपर्ने भनाई विद्यार्थीहरुको छ ।

अध्यक्ष थारुले रातारात ३० वटा कलेज गठन गरी पेश गरिएको छ, तसर्थ यो ३० वटा कलेजको कुनै सत्यता, प्रमाण, विधि र विधान अनुसार नरहेको दावी सचिव चौधरीको छ ।

निर्वाचन मण्डलमा पेश गरिएको निवेदनमा के.आई.टि. कलेज, लालीगुँरास, काठमाडौं मोडल, नेपाल इन्जिनियरिङ, नेशनल इन्जिनियरिङ, बानेश्वर क्याम्पस, एक्टिभ कलेज, आशीर्वाद कलेज लगायतका छन् ।

सचिव चौधरीले खारेजीको माग गर्दै पेश गर्नुभएको कलेजको लिष्ट यसप्रकार छः

SAM_3717

SAM_3718

तपाईको प्रतिक्रिया