हाकिम श्रीमतीलाई जी, हजुर भन्छुः श्रीमान कार्यालय सहयोगी


mankari-budabudi

गुल्मी, वैशाख ३ गते । कार्यालय समय विहान दश बजेतिर गुल्मीको एक सरकारी कार्यालयमा एकजना पुरुष आउँछन् र कार्यालय सरसफाई गर्छन् । हाकिमको कुर्ची–टेवुल पुछ्नुको साथै त्यस टेबुलमा पिउने पानीको व्यवस्था पनि मिलाउँछन् ।

त्यसको केहि बेरपछि एउटी महिला आउँछिन् र त्यस कार्यालय प्रमुखको कुर्चीमा बस्छिन् । उनी कुर्चीमा बसेलगत्तै ती पुरुष अर्थात कार्यालय सहयोगी उनका अगाडि आज्ञाकारी मुद्रामा उभिन्छन् र लाए–अह्राएको नियमित काम गर्न थाल्छन् ।

जीवन एउटा नाटकजस्तो लाग्छ । ती दुईजना चलचित्रका पात्र जस्तै पनि लाग्छन् । किनकी उनीहरु पारिवारिक हिसावले श्रीमान–श्रीमती हुन् । जो केहिबेर अघिसम्म घरमा पितृसतात्मक नेपाली संस्कार अनुसार ती कार्यालय सहयोगी पुरुषको आज्ञाकारी श्रीमती तिनै कार्यालय प्रमुख महिला हुन्छिन् ।

उनका श्रीमान पोखरेल भन्छन्– ‘कार्यालय समय अवधीभर म्याडम, ज्यू–हजुर सम्बोधन गर्दछु । उनले लाएको काम गर्दछु । कार्यालय समय सकिएपछि घरयासी बोली–भाषा र व्यवहार सुरु हुन्छ ।’

तर, कार्यालय समय १० बजेदेखि पाँच बजेसम्म त्यसको ठिक विपरित दृश्य देख्न सकिन्छ । त्यो दृश्य हो गुल्मीको दरवारदेविस्थान पशु सेवा केन्द्र कार्यालयको ।

४९ वर्षीया उजेली पोखरेल अहिले त्यस कार्यालयकी प्रमुख हुन् । जहाँ उनका ५४ वर्षीय श्रीमान गोपालप्रसाद पोखरेल कार्यालय सहयोगी  छन् । स्थायी दरवन्दीका उनका श्रीमान पोखरेलको जागिर ३१ वर्ष भयो ।

२०३४ सालमा जिल्ला कृषि विकास कार्यालयमा अस्थाई नियुक्ती पाएका पोखरेल ४ वर्ष त्यहाँ काम गरेपछि पशु सेवा कार्यालयमा स्थायी नियुक्ती पाएका हुन् ।

सिमीचौरकी उजेलीसँग उनको चिन–जान थियो । पोखरेलले त्यस वेला हाकिमको क्वार्टरमा खाना बनाउने काम गर्थे । उनै हाकिमलाई भनेर उजेलीलाई नियुक्ती दिलाउने काम श्रीमान्ले नै गरेका थिए ।

उजेलीले एक वर्षसम्म पशु स्वास्थ्य प्राविधिकको तालिम गरिन् । पोखरेलले जागिरे बनाएपछि उजेली उनीप्रति प्रभावित भईन् । उनीहरु बीचमा माया–प्रेम बढ्दै गयो र वैवाहिक सम्वन्धमा बाँधिए ।

अन्ततः जिल्ला पशु सेवा कार्यालयले दरवार देविस्थान पशु स्वास्थ्य केन्द्रको प्रमुख बनाएर पठायो । उनका श्रीमानलाई पनि सँगै त्यही पठायो ।

एसएलसी पास गरेकी उजेलीले आइ.ए.को परीक्षा त दिइन् तर पास हुन सकिनन् । पढाई छाडिन् । उनका श्रीमानले कक्षा ७ पढेर छाडेका रहेछन् । हाल रेसुङ्गा नगरपालिका–१४, साविकको सिमिचौर–३ गुल्मीकी उजेलीको माइत हो । छिमेकी जिल्ला अर्घखाँचीको छत्रगञ्ज–५ मा उनीहरुको घर छ । जागिरे बुढाबुढीले सदरमुकाम तम्घासमा पक्की घर बनाएका छन् । एक मात्र सन्तान छोरा छन् । अहिले कतारमा कार्यरत छन् ।

त्यस पशु सेवा केन्द्रले दरवारदेविस्थान, अमरअर्वाथोक, विरवास, गैंडाकोट र साविकको दुविचौर गाविस हेर्ने गर्दछ । ती गाविसहरुमा उनीहरु दुवै जना पुग्ने गर्दछन् । उजेली भन्छिन्– ‘पशु स्वास्थ्यमा म भन्दा पुरानो र अनुभवी श्रीमान भएकोले मैलेभन्दा बढि काम उहाँले गर्नुहुन्छ । कार्यालय सहयोगी भनेर के गर्नु उनले भनिन् उहाँकै प्रयासले यहाँसम्म आइपुगेकी हुँ, तर पनि कार्यालयको सिस्टम अनुसार त चल्नै प¥यो नि ।’

उनका श्रीमान पोखरेल भन्छन्– ‘कार्यालय समय अवधीभर म्याडम, ज्यू–हजुर सम्बोधन गर्दछु । उनले लाएको काम गर्दछु । कार्यालय समय सकिएपछि घरयासी बोली–भाषा र व्यवहार सुरु हुन्छ ।’

उजेलीले एक वर्षसम्म पशु स्वास्थ्य प्राविधिकको तालिम गरिन् । पोखरेलले जागिरे बनाएपछि उजेली उनीप्रति प्रभावित भईन् । उनीहरु बीचमा माया–प्रेम बढ्दै गयो र वैवाहिक सम्वन्धमा बाँधिए ।

उनले त्यसो भनिरहँदा कार्यालय प्रमुखको कुर्चीमा बसेकी उजेली खित्का छाडेर हाँस्छिन् । सरकारी क्वार्टरमै बस्नेगरेका उनीहरु कार्यालय समय सकिएपछि श्रीमान पोखरेल विस्तारामा आराम गर्न थाल्छन् श्रीमती पोखरेल खाना पकाउने, भाँडा माझ्ने र कपडा धुनेलगायतको काममा व्यस्त हुने गरेको बताउँछिन् ।

अहिले श्रीमान पोखरेलको तलब १८ हजार पुगेको छ भने कार्यालय प्रमुख श्रीमतीको २२ हजार पुगेको छ । कार्यालय सहयोगी पोखरेलको पेन्सन निक्लने वेला भईसके पनि उमेर हदले दिएसम्म जागिर खान चाहन्छन् । श्रीमती पनि त्यही चाहन्छिन् । स्थानीयवासीका अनुसार गाउँमा पशु उपचारका लागि उनीहरु दिन रात भन्दैनन् । क्यार्टरमा बस्ने हुनाले उनीहरु रातको समयमा पनि गाउँमा पुगेका हुन्छन् ।

तपाईको प्रतिक्रिया