सदभाव कायम गर्न टीकापुरका देवकोटाले भित्र्याए थारु दुलही


Resma-Mahato-And-Babu-Dewkota

धनगढी, वैशाख ६ गते । ब्राहमण थरका बाबु देवकोटा (२१) ले रेश्मा महतो थारु (२७) लाई मागी विवाह गर्नुभएको छ । टीकापुर घटनाको करिब सात महिनापछि सद्भाव कायम गर्न आफूहरुले दुवैको सहमतिमा विवाह गरेको बताएका छन् ।

ब्राह्मणले थारु चेलीलाई मागी विवाह गरेको सम्भवतः यो पहिलो हो । यसअघि प्रेम विवाह गर्ने गरेको भएपनि दुलहाले बरात लिएर दुलही लिन गएको नयाँ परम्पराको शुरुवात भएको मानिएको छ । टीकापुर घटनापछि पहाडिया समुदाय र थारु समुदायबीच एक किसिमको तिक्तता रहँदैआएको थियो । यो विवाहले सदभाव कायम गर्ने धेरैको विश्वास छ ।

भदौ ७ को घटनापछि पहाडी र थारू समुदायबीच सद्भाव बिग्रिएको मानिदै आएको थियो । यो अवस्थामा ब्राह्मण र थारूबीचको विवाह अनौठो लाग्नु स्वभाविकै हो।

टीकापुरका २१ वर्षिय बाबु देवकोटा र २७ वर्षकी रेश्मा महतो थारुले विवाह गरेर घटनालाई स्वभाविक बनाइदिएका छन् । उनीहरूले पाँच वर्षदेखिको प्रेम सम्बन्धलाई मागी विवाहमा परिणत गरेका हुन् ।

टीकापुर–९, ब्लक नम्बर १६ का देवकोटा आइतबार बाजागाजासहित ब्लक नम्बर ११ की महतो थारुको घर गएका थिए । दुलहाका साथीभाइ मात्रै होइन, ७२ वर्षका हजुरबुबा भक्तराज देवकोटासमेत जन्ती जानुभयो ।

टीकापुर–९, ब्लक नम्बर १६ का देवकोटा आइतबार बाजागाजासहित ब्लक नम्बर ११ की महतो थारुको घर गएका थिए । दुलहाका साथीभाइ मात्रै होइन, ७२ वर्षका हजुरबुबा भक्तराज देवकोटासमेत जन्ती जानुभयो । कोट पाइन्टमा सजिएका जन्तीलाई लेहेङ्गामा सजिएकी थारू युवतीले स्वागत गरेकी थिइन्।

यो विवाहले दुलहा र दुलहीका परिवार निकै खुसी छन्। उनीहरूले छोराछोरीबीचको प्रेम सम्बन्धमा तगारो हाल्ने कसैले प्रयत्न गरेनन्। उल्टै छोराछोरीको इच्छाअनुसार बाजा बजाएर बिहे गरिदिए।

दुहलाका बुबा टंकप्रसाद देवकोटाले छोराबुहारीको मन मिलेपछि आफूले कुनै बाधा नगरेको बताउनुभयो । ‘सबैभन्दा ठूलो कुरा उनीहरूको मन हो,’ उनले भने, ‘मन मिलेपछि हामीले स्वीकानै पर्छ।’

स्नातकतह अध्ययनरत दुलहाले अभिभावकलाई मनाउन सुरुमा गाह्रो भए पनि पछि सहज भएको अनुभव सुनाउनुभयो । समाजमा व्याप्त जातीय विभेदलाई अन्त्य गर्नका लागि आफूले अन्तरजातीय बिहे गरेको बताउनुभयो ।

‘जात भन्ने हुँदैन। यो समाजको विकृति हो। यसलाई बदल्नु पर्छ,’ उहाँले भन्नुभयो, ‘जातभन्दा व्यवहार ठूलो कुरो हो।’ दुलहा देवकोटाले रेश्माको जातभन्दा पनि व्यवहार मन परेर आकर्षित भएको सुनाउनुभयो ।

‘जात भन्ने हुँदैन। यो समाजको विकृति हो। यसलाई बदल्नु पर्छ,’ उहाँले भन्नुभयो, ‘जातभन्दा व्यवहार ठूलो कुरो हो।’ दुलहा देवकोटाले रेश्माको जातभन्दा पनि व्यवहार मन परेर आकर्षित भएको सुनाउनुभयो ।

दुलहीका बुबा उपेन्द्र महतोले थारू पहाडीबीचको विभेद अन्त्य गर्नका लागि छोरीको बिहे गरिदिएको बताउनुभयो । उहाँले थारू पहाडी नभई सबै मानव जाति भएको बताउनुभयो । ‘को थारू ? को पहाडी ? हामी सबै मानव हौं,’ उहाँले भन्नुभयो, ‘सबै जातजाति एउटै मालामा गाँसिनुपर्छ।’

टीकापुर घटनालाई दुःखद भन्दै आगामी दिनमा यस्ता गलत कार्य हुन नदिनेतर्फ सबै सचेत हुनुपर्ने उहाँले बताउनुभयो । मन मिलेको जीवनसाथी पाएकोमा दुलही पनि मख्ख हुनुहुन्छ । एमबीएससम्म अध्ययन गर्नुभएकी थारुले आफूहरूको विवाहले समाजमा सकारात्मक सन्देश दिने दावी गर्नुभयो । ‘यो सबैले बुझ्ने कुरा हो। यसले जातजातिबीचको दूरीलाई घटाउने छ,’ दुलहीले भन्नुभयो, ‘एउटै समाजमा बसेपछि दूरी हुनु राम्रो हैन।’

तपाईको प्रतिक्रिया