मधेसी मोर्चामा विवाद चुलियो, आन्दोलन अन्यौलमा


Morcha today

काठमाडौं, वैशाख ८ गते । आन्दोलनका कार्यक्रमको विषयलाई लिएर संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा विवाद् उत्पन्न भएको छ। विवाद्कै कारण मोर्चा आन्दोलनका कार्यक्रम तय गर्न असफल भएको छ। तराईका जिल्लामा २ वटा प्रदेश हुनुपर्ने माग पूरागर्न चैत मसान्तसम्मको समय दिएको मोर्चाले वैशाखको पहिलो साता आन्दोलनका नयाँ कार्यक्रम घोषणा गर्ने बताएको थियो। तर वैशाख लागेयता बसेका मोर्चाका बैठकमा शिर्ष नेताहरु सहभागी हुनै छोडेका छन्।

मोर्चाले अन्य साना दलहरु समेतलाई सहभागी गराइ संघीय गठबन्धनका नाममा मंगलबार र बुधबार गरेको बैठकमा तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुर र सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो अनुपस्थित भए।

मोर्चाले अन्य साना दलहरु समेतलाई सहभागी गराइ संघीय गठबन्धनका नाममा मंगलबार र बुधबार गरेको बैठकमा तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुर र सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो अनुपस्थित भए।

गठबन्धनको मंगलबारको बैठकले बुधबार आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने भन्दै शीर्ष नेताहरुलाई अनिवार्य उपस्थित हुन उर्दी जारी गरेपनि संघीय समाजवादी फोरम नेपालको कार्यालयमा बसेको बुधबारको बैठकमा ठाकुर र महतो अनुपस्थित थिए।

ठाकुर र महतोको अनुपस्थितिमा गठबन्धनको बैठकले आन्दोलनका कार्यक्रम तय गर्न सकेन। राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारीले आन्दोलनका कार्यक्रमको विषयमा अझै टुंगो लाग्न बाँकि रहेको बताए।

मोर्चाका नेताहरुले राष्ट्रिय स्वरुपको आन्दोलन गर्ने बताउँदै आएपनि राष्ट्रिय स्वरुपको आन्दोलन अन्तर्गत के कस्ता कार्यक्रम गर्ने भन्ने विषयमा मोर्चाका नेताहरुको मत बाझिएको छ। केही नेता बजार र यातायात ठप्प पारेर सरकारलाई दवाब दिनुपर्ने पक्षमा छन् भने त्यस्ता कठोर कार्यक्रम संचालन गर्दा जनताले साथ नदिने भन्दै केही नेता बन्द र हड्तालको सट्टा धर्ना र प्रदर्शनका कार्यक्रम गर्ने पक्षमा छन् ।

तपाईको प्रतिक्रिया