गर्मी बढेसँगै कैलालीमा सर्पको विगबिगी, सर्पदंश समस्या बढ्दो


Snake

धनगढी, वैशाख १६ गते । कैलालीमा यसवर्षको ९ महिनामा सर्पदंशका विरामीको संख्यामा वृद्धि भएको छ। जिल्लामा यस बर्ष सर्पदंशका ४ सय ७४ जना विरामीले उपचार लिएका छन् ।

गत साउनदेखि चैतसम्ममा सेती अञ्चल अस्पताल धनगढीबाट १ सय ८६ जना, टीकापुर अस्पतालबाट १ सय २६ जना र मसुरीयामा रेहको नेपाली सेनाको श्री नं. २ राष्ट्रिय विकास गणबाट १ सय ६२ जनाले उपचार लिएका छन् ।

उपचारका क्रममा सेती अञ्चल अस्पताल धनगढीमा १० जना र मसुरीयामा २ जना गरी १२ जनाको मुत्यु भएको छ । टीकापुर अस्पतालबाट ४ जना विरामी अन्यत्र रेफर गरिएको अस्पतालले बताएको छ।

उपचारका क्रममा सेती अञ्चल अस्पताल धनगढीमा १० जना र मसुरीयामा २ जना गरी १२ जनाको मुत्यु भएको छ । टीकापुर अस्पतालबाट ४ जना विरामी अन्यत्र रेफर गरिएको अस्पतालले बताएको छ।

सेती अञ्चल अस्पताल धनगढीका आकस्मिक उपचार केन्द्रका प्रमुख कृष्ण बोहराले चालु आर्थिक बर्षमा १ सय ८६ जनाले सर्पदंशको उपचार लिएको बताउनुभयो । उहाँले अस्पतालमा असारदेखि असोजसम्म दैनिक ३५ देखि ४० जनासम्म सर्पदंशका विरामी उपचार गर्न आएकोमा १० जना विरामीको उपचारका क्रममा मुत्यु भएको जानकारी दिनुभयो ।

सेती अञ्चल अस्पताल धनगढीमा सर्पले टोकेपछि प्रयोग गरिने एन्टीस्नेक भेनम (ए.एस.भी.) प्रयाप्त मात्रामा रहेको जानकारी दिँदै बोहराले आवश्यक परेको खण्डमा क्षेत्रिय मेडिकल स्टोर धनगढीबाट थप औषधि ल्याउन सकिने बताउनुभयो ।

उहाँले कैलाली जिल्लामा सेती अञ्चल अस्पताल बाहेक टीकापुर अस्पताल र नेपाली सेनाको मसुरीयास्थित श्री नं. २ राष्ट्रिय विकास गणबाट उपचार लिन सकिने बताउनुभयो ।

सर्पदंशबाट बच्नका लागि राति हिडडुल कम गर्ने, हिड्नै परे जुत्ता लगाउने, टर्चलाईट लिएर हिड्ने गरे सर्पको टोकाईबाट बच्न सकिने प्रमुख बोहराले बताउनुभयो । सर्पले टोकीहाले टोकेको ठाउँको तल र माथी डोरीले बाध्नुपर्ने बताउँदै उहाँले सर्पले टोकेको विरामीलाई खानेकुरा खान नदिन झारफुकको पछाडि नलागी समयमै अस्पताल ल्याए बचाउन सकिने बताउनुभयो ।

(सेतोपाटीबाट)

तपाईको प्रतिक्रिया