जलवायु परिवर्तनमा अनुकुलनका लागि प्रोत्साहन पुरस्कार घोषणा


group1

काठमाडौं, वैशाख २४ गते । आइडियाज टु इम्प्याक्टले जलवायू परिवर्तनको अनुकुलनमा नविनतम समाधानहरुका कार्यक्रमलाई व्यापक तवरमा अघि बढाउनेहरुलाई सम्मान गर्दै नगद पुरस्कारको घोषणा गरेको छ ।

एडप्टेशन एट स्केल पुरस्कार अर्थात अनुकुलन व्यापकता प्रवद्र्धन पुरस्कार घोषणा गर्दै आयोजकले यसलाई स्थानीयस्तरसम्म पु¥याउने बताएको छ । राजधानीमा एक विशेष समारोहकाबीच भएको कार्यक्रममा जनसंख्या तथा वातावरण मन्त्रालयका सहसचिव रामप्रसाद लम्सालले पानसमा बत्ती बालेर उक्त पुरस्कार सार्वजनिक गर्नुभएको हो ।

पुरस्कारका लागि वैशाख २३ देखि असोज २४ सम्म देशव्यापी रुपमा आवेदन खुला भएको आयोजकले बताएको छ । अनुकुलन व्यापकता प्रवद्र्धन पुरस्कार आइडियाज टु इम्प्याक्टले बेलायती अन्तर्राष्टिय विकास नियोग (डिफिड)को आर्थिक सहयोग र आइएमसि वल्र्डवाइडको व्यवस्थापकिय सहकार्यमा घोषणा भएको हो ।

पुरस्कार घोषणा गर्दै सहसचिव लम्सालले जलवायू परिवर्तन व्यवस्थापनको क्षेत्रमा आइडियाज टु इम्प्याक्टले ल्याएको यो पुरस्कार कार्यक्रमका लागि अग्रिम शुभकामना दिनुभयो । पुरस्कारले गरिब र जलवायू परिवर्तनको असरबाट प्रभावित र जोखिममा रहेका आमनागरिकलाई अनुकुलन हुनकालागि सहयोग गर्ने नविनतम उपाय ल्याउनेलाई पुरस्कृत गर्ने उद्देश्य राखेको छ ।

यस पुरस्कार अन्तर्गत दुई छुट्टाछुट्टै प्रकारका पुरस्कारहरु रहेका छन । यो पुरस्कारमा छनोट हुन दुई चरणमा संघसंस्थाले आफूलाई योग्य प्रमाणित गर्नु पर्नेछ । पहिलो चरण अन्तर्गत प्रोत्साहन पुरस्कारको घोषणा भएको छ । पुरस्कारको राशी १ लाख ५० हजार पाउन्ड स्टर्लिङ रहेको छ ।

यो पुरस्कारका लागि छनोट गरिएका संघ संस्थाले जलवायू परिवर्तनको असरसँग जुझ्न वा अनुकुलित हुनकालागि अति गरिब र अति जोखिममा रहेका नागरिकलाई सहयोग गरेको हुनुपर्नेछ । यही कामलाई बृहत क्षेत्रमा विस्तार गरी बढी भन्दा बढी जोखिममा परेका व्यक्तिलाई अनुकुलित हुन सहयोग पु¥याउने नविनतम उपायहरुलाई यो प्रोत्साहन पुरस्कारबाट पुरस्कृत गरिनेछ ।

त्यस्तै दोस्रोचरण अन्तर्गत कार्यान्वयन पुरस्कार रहेको छ । यो पुरस्कारको राशी ३ लाख २५ हजार पाउन्ड स्टर्लिङ रहेको छ । यो पुरस्कार प्राप्त गर्नका लागि पहिलो चरणमा प्रस्तुत गरिएका जलवायू परिवर्तन अनुकुलनका नविनतम उपायहरुको योजनालाई ठूलो क्षेत्रमा कार्यान्वयन गरिएको हुनुपर्नेछ ।

जलवायू परिवर्तनसँग अनुकुलित हुन गरिब र अति जोखिममा रहेका आमनागरिकले आफ्ना क्षमताको विकासमा ती नविनतम उपायहरुको कार्यान्वयनबाट सकारात्मक परिमाण आएको हुनुपर्नेछ । यो पुरस्कार पहिलो चरणको प्रोत्साहन पुरस्कार प्राप्त गरिसकेपछि डिसेम्बर २०१६ मा सुरु गरिने आयोजकले बताएको छ । दुवै पुरस्कार अन्तर्गत समुदाय वा स्थानीयस्तरको अपनत्व, उनीहरुको अनुभव र ज्ञानलाई बढावा दिने लक्ष्य राखिएको छ ।

अनुकुलन व्यापकता प्रवद्र्धन पुरस्कारका टिम लिडर पुरुषोत्तममान श्रेष्ठले पुरस्कारबारे जानकारी दिँदै भन्नुभयो, नेपालमा अनुकुलनका प्रयास नभएको होइन, भैरहेको छ तर त्यसलाई व्यापकता दिने क्रममा त्यसमा समस्या देखिएका छन् । उहाँले कतै आर्थिक, कतै सांस्कृतिक, त कतै प्रविधिको समस्या देखिएको प्रष्ट पार्नुभयो ।

उहाँका अनुसार साना साना नौला प्रकारका समाधानलाई अगाडि बढाएर प्रयोगमा ल्याउँदै त्यसलाई बढावा दिने प्रयास यो पुरस्कारले गर्नेछ । अनुकुलन व्यापकता दिने् क्रममा समुदायले आत्मसाथ गर्ने क्षमता बढाउन, त्यो समाधानले समुदायले धेरै उपयोग होस र त्यसको पहुँच धेरैमा पुगोस भनेर कार्यक्रमले विभिन्न प्रकृयाहरु तय गरिएको उहाँले बताउनुभयो ।

पुरस्कार अन्तर्गत विशेषत जलवायू परिवर्तनमा अनुकुलनका लागि स्थानीय स्तरमा काम गर्दै आएका गैरसरकारी संघ संस्था, समुदायमा आधारित संघ संस्था वा नागरिक समाज, व्यापारिक संस्था वा सामुहिक पहलमा नविनतम विचार बोकेका वा कार्य थालनी गर्ने संस्थाहरुले आफ्नो आवेदन दिन सक्ने आयोजकले मापदण्ड बनाएको छ ।

समारोहमा बोल्दै डिफिडका उपप्रमुख मार्क स्मिथले प्राकृतिक स्रोतसाधनमा धनी नेपालले जलवायू परिवर्तनका कारण विभिन्न समस्याहरु भोगिरहेको बताउनुभयो । पुरस्कारले अति जोखिममा रहेका व्यक्तिहरुलाई जलवायू परिवर्तनका असरसँग जुझ्ने मौका प्रदान गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

कार्यक्रममा त्रिवि वातावरण विज्ञानका प्राध्यापक तथा जलवायू परिवर्तन परिषदका विज्ञ डा मदन कोइरालाले नेपालमा अनुकुलनका चुनौतीबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँकाअनुसार जलवायू परिवर्तनको जोखिममा नेपाल चौथो नम्बरमा रहेको छ । स्रोत थोरै तथा जोखिम धेरै रहेको अवस्थामा हामीसँग धेरै चुनौती छ उहाँले भन्नुभयो ।

समारोहमा लैंगिक समता र सामाजिक समावेशी विशेषज्ञ कञ्चन लामाले लैंगिक दृष्टिकोणबाट समुदायमा आधारित अनुकुलन विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कुनै पनि कार्यक्रममा अपनत्व ग्रहणगर्ने अवस्था भएन भने त्यो सफल नहुने उहाँको धारण थियो ।

कार्यक्रममा बोल्दै आइडियाज टु इम्प्याक्टकी टिमलिडर तथा आइएमसि वल्र्डवाइडकी वरिष्ठ प्राविधिक निर्देशक ब्रिओनी इभरेटले यो पुरस्कारले स्थानीयस्तरमा भएका समाधानका उपायहरुलाई परिणाममुखी बनाउन सहयोग गर्ने अपेक्षा गर्नुभयो । यो पुरस्कार स्थानीय स्तरमा धेरै सान्दर्भिक हुने उहाँले बताउनु भयो ।

तपाईको प्रतिक्रिया