कोठाको एउटा कुनामा एउटा ठूलो करुवाको मुख फुटेर अलपत्र अबस्थामा देखेँ । करुवालाई उचाले । हातमा लिएर सफा गर्न थाले । करुवा धुलोले देख्न चिन्न नसक्ने भएको थियो । करुवालाई सफा गर्दै मनमनै सोच्न थालेँ । यती ठूलो करुवा के काममा प्रयोग गर्ने गरेको थियो होला ? सायद कुनै विशिष्ट पाहुना आउँदा सत्कार स्वरुपमा यसमा पानी दिनेगरेको थियो होला ? मैले अनुमान गरेँ । फेरि होइन यति ठूलो करुवामा कसरी पानी पिउन सक्थे । उचाल्न पनि गाह्रो हुन्छ, मनमनै सोचेँ । आफुलाई जिज्ञासा बढ्दै गयो । यसको बारेमा जान्न मन लाग्यो र आमासगँ सोध्ने निर्णय गरे । फुटेको करुवाको टुक्रा र करुवा लिएर सोधेँ । यति ठूलो यस्तो टुटेको हालतमा त्यो के कामको लागि प्रयोग गर्ने गरेको थियो होला ?
ए पहिले घरमा श्राद्ध हुदाँ बागमति नदिमा नुहाएर यसमा बागमतिको जल र बालुवा ल्याएपछि मात्र श्राद्ध गर्नुपथ्र्यो रे । श्राद्धमा पानी पनि धेरै लाग्नेहुदाँ करुवा पनि ठूलो हुन्थ्यो रे । बागमति प्रदुषित भएपछि यो पनि बाग्मति जस्तै फोहोरी भएर घरको एउटा कुनामा थन्केको छ । अहो ! यो करुवा कति पवित्र रहेछ । जसको सम्बन्ध बाग्मतिको सभ्यतासगँ जोडिएको छ र आज बागमतिजस्तै वास्तविकहिन भएको छ ।
त्यतिबेलाको नुहाउने बाग्मति साच्चैँ कस्तो सफा थियो होला ? बालुवा पनि ल्याउन सकिने बाग्मति कति सफा थियो होला ? त्यसैले त घरमा पवित्र कार्यगर्दा बाग्मतिकै जल ल्याउनुपथ्र्यो । आज कहाँ गयो त्यो विगतको बाग्मति ?
त्यतिबेलाको नुहाउने बाग्मति साच्चैँ कस्तो सफा थियो होला ? बालुवा पनि ल्याउन सकिने बाग्मति कति सफा थियो होला ? त्यसैले त घरमा पवित्र कार्यगर्दा बाग्मतिकै जल ल्याउनुपथ्र्यो । आज कहाँ गयो त्यो विगतको बाग्मति ?
जुन आज हामी ढलमति देख्दैछौँ । बाग्मतिमा माछा सलल बग्थे रे । अनि गोठालो जाँदा बाग्मतिमा पौडिखेलेको, माछा मारेको भन्ने कुरासुन्दा आश्चर्य लाग्छ । कहिलेकाहिँ त यो झुटो कथा हो कि जस्तोपनि लाग्छ । जे जस्तो भएपनि बाग्मति सबैको पवित्रस्थल हो । हिजो सफा बाग्मति हुदाँ पनि सबैले पवित्रस्थलको रुपमा हेर्थे आज ढलमति भएर छि छि गरेर नाक छोपेर हिड्नु परेपनि बाग्मतिलाई मनमनले पवित्र स्थलकोरुपमा लिन्छन् । फरक यतिमात्र हो । पहिला शिक्षितको तुलनामा अशिक्षित बढी थिए । खोलानाला नदीहरुमा फोहोर फाल्नु हुदैन । फोहोर फाल्यो भने पाप लाग्छ भनेर सोच्थे । त्यसैले बाग्मति सफा थियो । आज विगतको तुलनामा शिक्षितको सख्या बढी छ तैपनि प्राकृतिक सा्रेतको अधिकतम प्रयोग गर्नुपर्छ । यसको स्वरुपमा ह्रास आएपनि केही फरक पर्दैन भन्ने तिव्र सोचाई मानिसमा बढ्दै गएको छ । त्यसैले त बाग्मति आज ढलमति बनेकी छिन् ।
बाग्मति हाम्रो सभ्यता हो । बाग्मतिको सभ्यतामा ह्रास आउनु भनेको मानवसभ्यतामा पनि ह्रा्रस आउनु हो । यति मात्र होईन की बाग्मति दुषित हुनु भनेको हाम्रो जलीय इकोसिस्टममा पनि हा्रस आउनु हो ।
बाग्मति हाम्रो सभ्यता हो । बाग्मतिको सभ्यतामा ह्रास आउनु भनेको मानवसभ्यतामा पनि ह्रा्रस आउनु हो । यति मात्र होईन की बाग्मति दुषित हुनु भनेको हाम्रो जलीय इकोसिस्टममा पनि हा्रस आउनु हो । इकोसिस्टमलाई दुई भागमा विभाजन गरीएको छ । एउटा जमिनको इकोसिस्टम र अर्को जलीय इकोसिस्टम । जलीय इकोसिस्टममा पानीभित्र रहने जीव जनावर र वनस्पतिहरु पर्दछन् । बाग्मतिको बिग्रदो स्वरुपसगँै माछालगायत अरु जलचर जीव र वनस्पति पनि लोप हुदैँ गए । यसले जलीय इकोसिस्टमलाई नै प्रभावित बनायो । बाग्मति मात्र नभई यसरी जलस्रोत दिनप्रतिदिन दुषित हुदाँ पृथ्वीको जलीय इकोसिस्टमलाई नै प्रभावित पार्ने हुदाँ यसतर्फ बिशेष ध्यान दिनुपर्छ ।
हाम्रा हजुर बा, हजुर आमाको पालामा सफा बाग्मति आज हाम्रो पालामा ढलमति बनेकी छिन् । थाहा छैन भोली हामा्रे सन्तानको पालामा के बन्ने हो । ढलमति नै रहने हो या बाग्मति बनाउने हो यो त हाम्रो हातमा छ । बाग्मति सरसफाई भनेर बर्षमा एकचोटी फोहोर झिक्दैमा बाग्मति सफा हुदैन । बर्षमा एकचोटी चाहीँ बाग्मति सरसफाई भनेर कार्यक्रम गर्ने र अरु दिन सधै बाग्मतिमा फोहोर फाल्ने प्रक्रिया भइरह्यो भने बाग्मति ढलमति नै बनिरहन्छ । बर्षमा एकदिन बाग्मति सफा गर्ने कार्यक्रम गर्नुभन्दा बाग्मतिमा ढल मिसाउने कलकारखाना, होटल, अस्पताल वा ब्यक्तिहरुको अनुसन्धान सधै हुनुपर्छ । तबमात्र बाग्मतिको स्वरुप परीवर्तन हुनसक्छ । नत्र भने यो ढलमतिमै यथावत रहने छ ।
(सौखेल, काठमाडौँ)