मोर्चा सम्मिलित गठबन्धनदलको काठमाडौं केन्द्रीत आन्दोलन जारी


13275109_10207290506476017_1326500369_o

काठमाडौं जेठ ८ गते । पहिचान र अधिकारको सुनिश्चितता गराउन संविधान पुनर्लेखनका लागि राजधानी केन्द्रीत आन्दोलनमा होमिएको संघीय गठबन्धनले शनिबार स्वयम्भूमा विरोध सभा आयोजना गरेको छ ।

दिउँसो २ बजे सीतापाइलाबाट नाराबाजी र प्रदर्शन गर्दै र्याली ३ बजे स्वयम्भू चोकमा विरोधसभामा परिणत भएको थियो । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले नेतृत्वमा गठबन्धनमा आबद्ध दलका प्रभावशाली नेताहरुले विरोधसभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

दोस्रोचरण कार्यक्रम अन्तर्गत काठमाडौं केन्द्रीत नै आन्दोलनलाई प्राथमिकता दिएको पहिचान पक्षधर २९ दलीय गठबन्धनले ललितपुरको मंगलबजार र नयाँ बानेश्वरमा विरोधसभा गरिसकेको छ ।

संघीय गठबन्धनमा मधेशी, आदिवासी जनजाति, दलित, महिला, मगरात, खम्बूवान, लिम्बूवान, खस समुदाय, नेवाः लगायतका दल तथा संगठन आबद्ध छन् । सिंहरदरबार र बालुवाटार घेराऊको पहिलो चरणको कार्यक्रम गठबन्धनले सम्पन्न गरिसकेको छ ।

लगत्तै दोस्रोचरण कार्यक्रम अन्तर्गत काठमाडौं केन्द्रीत नै आन्दोलनलाई प्राथमिकता दिएको पहिचान पक्षधर २९ दलीय गठबन्धनले ललितपुरको मंगलबजार र नयाँ बानेश्वरमा विरोधसभा गरिसकेको छ । शुक्रबार मात्रै झरीकैबीच गठबन्धन आबद्ध दलहरुले नयाँ बानेश्वरमा विरोधसभा आयोजना गरेका थिए ।

13241703_1695122647414374_1582603356_o

जेठ ५ गते गठबन्धनको बैठकले काठमाडौं १० प्रमुख स्थानमा विरोधसभा गर्ने निर्णय गरेको थियो । संविधान पुनर्लेखन गरी पहिचान र अधिकार प्राप्तिका लागि मधेशी र जनजाति समुदायले संयुक्तरुपमा जेठ १ गतेदेखि लगातार राजधानी तताइरहेका छन् । गठबन्धनको २६ सुत्रिय माग सम्बोधनका लागि सरकारसँग माग गरेका छन् ।

गठबन्धन दलले उठाएको जस्तो संविधानको पुनरलेखन सम्भव नभएको तर सहमतिअनुसार संशोधन गर्न सकिने सत्तारुढ दलका नेताहरुले बताउँदै आएका छन् ।

गठबन्धनले आइतबार शुक्रबार काठमाडौंको चावहिल चोकमा विरोधसभा गर्ने जनाएको छ । गठबन्धनको जारी रहेको आन्दोलनलाई संविधान पुनर्लेखन गरी मधेशी, आदिवासी जनजाति, खस समुदाय, शिल्पी समुदाय (दलित), थारु, अल्पसंख्यक समुदाय, मुश्लिम, महिला, पिछडावर्ग, सीमान्तकृत समुदाय, लोपोन्मुख जात÷जाति लगायत बहिष्करणमा पारिएका÷परेका समुदायहरुको मुद्दाहरुलाई सम्बोधन नगरुन्जेलसम्म निरन्तर जारी राख्ने निर्णय गरेको छ ।

तर सरकारले गठबन्धन दलको आन्दोलनको कुनै अर्थ नरहेको भन्दै आन्दोलन छाडेर वार्ता र सहमतिमा आउन आग्रह गरेको छ । गठबन्धन दलले उठाएको जस्तो संविधानको पुनरलेखन सम्भव नभएको तर सहमतिअनुसार संशोधन गर्न सकिने सत्तारुढ दलका नेताहरुले बताउँदै आएका छन् । गठबन्धनको आन्दोलनले काठमाडौंको यातायात प्रभावित हुँदैआएको छ । आन्दोलनका कारण नागरिकले सास्ती भोग्नुपरेपछि नागरिकको निराशा पनि बढ्दैगएको छ ।

तपाईको प्रतिक्रिया