कारागारका राजबन्दीले भने ‘३५ दिनसम्म प्रहरीले यातना दियो’


Laxman-Tharu-

धनगढी, जेठ १८ गते । टीकापुर घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका थारु राजबन्दीले पक्राउ पछि प्रहरीले ३५ दिनसम्म शारीरिक यातना दिएको गुनासो गरेका छन् । जवर्जस्ती घटना स्वीकार गर्न दवाव दिएको उनीहरुको भनाई छ ।

कैलालीको धनगढी कारागारमा राजबन्दी जीवन विताइरहेका केही राजबन्दीले प्रहरी थुनामा रहँदा यातना दिएर घटना स्वीकार गर्न लगाएको बताएका छन् । मानवअधिकारको गम्भीर उल्लंघन गरी आफूहरुलाई सुरक्षाकर्मीले थुनामा यातना दिएको उनीहरुको आरोप छ ।

“जिल्ला प्रहरी कार्यालयको थुनामा रहेका बेला राती अञ्चल प्रहरी कार्यालयमा लगेर यातना दिने गर्थे” हरिनारायण थारु (२२) ले गुनासो   गरे । गत भाद्र ७ गते भएको घटनामा प्रहरीले नै गोली चलाएको उनले बताए ।

कैलालीको धनगढी कारागारमा राजबन्दी जीवन विताइरहेका केही कैदी बन्दीले प्रहरी थुनामा रहँदा यातना दिएर घटना स्वीकार गर्न लगाएको बताएका छन् । मानवअधिकारको गम्भीर उल्लंघन गरी आफूहरुलाई सुरक्षाकर्मीले थुनामा यातना दिएको उनीहरुको आरोप  छ ।

“मेरो शरीरमा तीन छर्रा लागेको थियो”, घाउ देखाउँदै थारुले भने “गोली सकिएपछि प्रहरी भाग्न खोज्दा आन्दोलनकारीको प्रतिकारमा प्रहरीको ज्यान गएको हो” थारुले हमार पहुरा डटकमलाई बताए ।
टीकापुर घटना घटाउने कुनै योजना नभए पनि सुरक्षाकर्मीकै कारण घटना घटेको आरोप ती थारुले लगाए ।

अर्का राजबन्दी रामप्रसाद चौधरी (४४) ले राजनीतिक कारणले आफूहरु बन्दी जीवन बिताइरहेकाले राजनीतिकरुपमै घटनालाई सल्टाउन आग्रह गरे । थारुको अधिकारका लागि आन्दोलन भएपनि थारु आन्दोलन शिथिल हुनु दुर्भाग्यपूर्ण रहेको उनले बताए । अधिकार प्राप्तीको लडाई जारी राख्न उनले सो समुदायसँग आग्रह गरे । पक्राउपछि प्रहरीको ठूलो यातनाको शिकार भएको उनले गुनासो गरे ।

थारु कल्याणकारिणीसभा कैलालीका सभापतिसमेत रहेका लाहुराम चौधरी (५९) ले आफू झुठामुद्दामा फँसाइएको गुनासो गरे । कैदी जीवनपछि आफ्नो व्यापार व्यवसाय धरापमा परेको भन्दै चौधरीले सहयोगको याचना गरे । जेल चलानपछि करिब ५० लाखको आफ्नो व्यापार तहसनहस भएको भन्दै उनले जीवन वर्वाद भएको बताए ।

टीकापुर घटनाको आरोपमा अहिले कैलालीको धनगढी कारागारमा २५ जना थारुले राजबन्दी जीवन विताइरहेका छन् । जसमध्ये लक्ष्मण थारुलाई केन्द्रीय कारागारमा सारिएको छ । बाँकी कैदीमा संगम थारु, जितबहादुर थारु, विश्राम थारु, दिलबहादुर, मनिराम, रामकुमार थारुसहित बन्दीहरु कैलाली कारागारमा छन् ।

तपाईको प्रतिक्रिया