बजेटमा भ्रष्टाचार गर्नेलाई कालोमोसो दल्न मन्त्री यादवको आग्रह


IMG_20160328_113436

सप्तरी जेठ ३१ गते । सिचाई मन्त्री उमेशकुमार यादवले विकास कार्यमा राजनीतिक नगर्न आग्रह गर्नुभएको छ । आफ्नो गृह जिल्लामा सिचाइको अनुगमनमा आउनु भएका मन्त्री यादवले सोमवार एक कार्यक्रममा बोल्नु हुँदै विकासमा राजनीतिक हस्तक्षेप भएको कारणले नै कार्यक्रम अगाडि नबढेको उल्लेख गर्नुभयो ।

रकमको अभावले विकास नभएको होइन, जहाँ पनि जुन कार्यालयमा बजेट प्रयाप्त हुन्छ तर राजनीतिक हस्तक्षेपका कारण सालैसाल सो रकम फ्रिज भएर जान्छ, उहाँले भन्नुभयो, गाविसका सम्पूर्ण बजेट नेतालाई बाँड्दै, जाँड, रक्सी र दादागिरीमा नै जान्छ ।

गाविसमा आएको बजेटले २५ प्रतिशत कार्य भयो भने यहाँका जनता अरुको मुख ताक्नै पर्दैन तर सबै राजनीतिक दलका नेताहरु मिलेर जिविस र गाविसको बजेट बाँडिचुँडी खाने गरेको छ’ मन्त्री यादवले भन्नुभयो ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहनु भएका मन्त्री यादवले दलका नेताहरु जसले विकासे बजेट दुरुपयोग गर्छन् त्यसलाई समातेर कालोमोसो दल्न स्थानीय जनतालाई आग्रह गर्नुभयो । चाहे माओवादी पार्टीकै नेता किन नहोस्, जनताको बजेट अनियमितता गर्छन् भने कालोमोसो दलेर पठाई दिनुस् उहाँले भन्नुभयो ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहनु भएका मन्त्री यादवले दलका नेताहरु जसले विकासे बजेट दुरुपयोग गर्छन् त्यसलाई समातेर कालोमोसो दल्न स्थानीय जनतालाई आग्रह गर्नुभयो । चाहे माओवादी पार्टीकै नेता किन नहोस्, जनताको बजेट अनियमितता गर्छन् भने कालोमोसो दलेर पठाई दिनुस् उहाँले भन्नुभयो ।

उहाँले भन्नुभयो, आफ्नो लक्ष्य भनेको तराई मधेशलाई खडेरीबाट मुक्त गराउने हो, यसमा सबै दलका नेताहरुको सहयोग चाहिन्छ । सबै दलका नेताहरुको सहयोगमा मात्र लक्ष्य पूरा गर्न सक्छु, कसैले बेइमानी गर्यो भने त्यसलाई जनताले माफ गर्नेछैन ।’

उहाँले एउटा जिल्ला सिचाईका लागि ४ देखि पाँच करोड बजेट हुन्थ्यो तर आफूले अगामी आर्थिक वर्षदेखि एउटा जिल्लामा मात्र होइन प्रत्येक निर्वाचन क्षेत्रमा २० देखि २५ करोड बजेटको व्यवस्था गरेको बताउनुभयो । उहाँले प्रत्येक निर्वाचन क्षेत्रमा न्यूनतम दुई डीप बोडिगं, तीन पोखरी, २५ लाख बराबरको कुलोपैनी मर्मत, एकसय २५ स्यालो ट्युवेल तथा प्रत्येक जिल्लामा एक मझौला आयोजना अनिवार्य रहने गरि व्यवस्था गरिएको मन्त्री यादवले जानकारी गराउनुभयो ।

दुई नम्बर प्रदेशमा पाँचवटा जिल्लामा जनताको तटबन्ध कार्यक्रम सन्चालनमा आएको बताउँदै उहाँले सप्तरी, सिरहा, धनुषा, महोत्तरीमा सदरमुकाम बचाउ कार्यक्रम सञ्चालनमा ल्याएको बताउनुभयो ।

उहाँले बोरिया–६ मा रहेको खेली पोखरीको अनुगमन गर्नुभयो । सिचाइको उद्देश्यले सो पोखरीलाई जिनोद्धार गरिएको छ । पोखरीको जिर्नोद्धार सम्पन्न भइसकेको छ । सो पोखरी जिर्नोद्धार गर्न ६ लाख रुपियाँ लागेको छ । त्यो पोखरीसँगै रहेको सडक निर्माण कार्यको पनि अनुगमन गर्नुभएको छ ।

उहाँले सो सडक आफ्नो संसदीय कोषबाट निर्माण गर्नुभएको छ । त्यसैगरि फूल्काहीमा रहेको नहरी पोखरी निर्णोदार शिल्यानास गर्नुभयो । यही चालु आर्थिक वर्षमै निर्माण सम्पन्न गर्ने गरी त्यसको शिल्यानास गरिएको हो । सप्तरीकै सबभन्दा ऐतिहासिक सो पोखरी १० विघामा फैलिएको छ ।

तपाईको प्रतिक्रिया