एसएलसीको नतिजा सार्वजनिक, चारलाख २५ हजार ५८२ उत्तीर्ण

मौका परीक्षा साउन १४ देखि २१ सम्म


slc-2072-20

काठमाडौं, असार २ गते । यो वर्षको प्रवेशिका परीक्षा (एसएलसी) को परीक्षाफल विहिबार प्रकाशित भएको छ । परीक्षा नियन्त्रण कार्यालयले पहिलो पटक ग्रेडिङ अनुसार परीक्षाफल सार्वजनिक गरेको छ ।

परीक्षामा नियमितर्फ ४ लाख ३७ हजार ३२६ सहभागी भएका थिए । जसमध्ये ४ लाख २५ हजार ५८२ कक्षा ११ अध्ययन गर्न योग्य अर्थात ‘उत्तीर्ण’ भएका छन् । यो भनेको १.६ वा सो भन्दा माथि ग्रेड प्वाइन्ट एभरेज (जीपीए) ल्याएका विद्यार्थीहरुको संख्या हो ।

SLC-Marksheet

०.८ देखि १.२ सम्म जीपीए ल्याएका ८ हजार र ०.८ जीपीए भएका ११ जनाले भने ११ पढ्न पाउने छैनन् । उनीहरुले टीएसएलसी मात्र पढ्न पाउनेछन् ।

साथै उनीहरुले कम्तिमा दुईवटा विषयमा पुनः परीक्षा दिएर आफ्नो जीपीएमा सुधार गर्न सक्नेछन् । पुनः परीक्षा साउन १४ देखि २१ गतेसम्म तोकिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

परीक्षामा १६ परीक्षार्थी कम उमेरका पाइएको छ । उनीहरुको परीक्षाफल रद्ध भएको छ । लिखित परीक्षामा सहभागी नभएका १ हजार ७३३, प्रयोगात्मक परीक्षामा सहभागी नभएका १ हजार ८००, कापी रद्द भएका १८८ र परीक्षा रद्द गरिएका एक जना फेल भएका छन् ।
यस्तै ६ हजार ८७८ ड्रप आउट परीक्षार्थी छन् । उनीहरु पनि फेल भएका छन् ।

तपाईको प्रतिक्रिया