थारु विद्यार्थी समाजको केन्द्रीय भेला असार १७ गते काठमाडौमा हुने


TJA-07

काठमाडौं, असार ८ गते । थारु विद्यार्थीहरुको छाता संगठन थारु विद्यार्थी समाजले आफ्नो केन्द्रीय भेला असार १७ गते काठमाडौंमा गर्ने निर्णय गरेको छ । समाजको हालै बसेको बैठकले त्यस्तो निर्णय गरेको हो ।

भेला तयारीका लागि केन्द्रीय अध्यक्ष रमेश चौधरीको संयोजकत्वमा भेला मूल आयोजक समिति गठन गरिएको समाजका महासचिव चन्द्रप्रसाद चौधरीले जानकारी दिनुभयो । भेलाले समाजको आगामी महाधिवेशनबारेको मिति र स्थान तय गर्ने चौधरीले बताउनुभयो ।

निकै विवादित छवि बनाएको थारु विद्यार्थी समाजको केन्द्रीय अधिवेशन पोहोरसाल चित्तवनमा भएको थियो । तर कार्यसमिति चयन गर्न नसकी स्थगित भएको थियो । सोपछि अधिवेशनको तयारी समाजले गर्न सकेको थिएन । समाजको केन्द्रीय नेतृत्व नै विभाजित भएपछि त्यसको असर उपत्यकाको अधिवेशन तथा क्याम्पस इकाइ कमिटीमा समेत देखिने गरेको छ ।

बैठकले भेलाको आर्थिक व्यवस्थापन तथा प्रचार प्रसारको जिम्मेवारी महासचिव चौधरीलाई दिएको छ । यसपालि तोकिने अधिवेशनको मिति र सो अधिवेशनले नै विवादरहित ढंगले नयाँ कार्यसमिति चयन गर्ने विश्वास महासचिव चौधरीले गर्नुभयो । भेलाको तयारी युद्धस्तरमा भइरहेको महासचिव चौधरीले बताउनुभयो ।

Student

तपाईको प्रतिक्रिया