थारु पत्रकार संघ कैलालीको अध्यक्षमा प्रेम चौधरी निर्वाचित


Prem

धनगढी, असार २१ गते । थारु पत्रकार संघ नेपालको कैलाली शाखाको अधिवेशन सोमबार सम्पन्न भएको छ । स्थानीय पहुरा थारू दैनिकका सम्पादक प्रेम चौधरीको अध्यक्षतामा ११ सदस्यीय सर्वसम्मत संघको नयाँ कार्यसमिति चयन गरिएको छ ।

संघको उपाध्यक्षमा सखी एफएमका स्टेसन म्यानेजर टिआर कठरिया, सचिवमा पहुरा दैनिकका पत्रकार दिनेश दहित, सहसचिवमा हरचाली त्रैमासिक पत्रिकाका प्रकाशक÷सम्पादक सागर कुश्मी रहेका छन् ।

त्यसैगरी, सदस्यमा क्रमशः थारुनके डटकमका सञ्चालक तथा सम्पादक बालकृष्ण चौधरी, पहुरा दैनिकका प्रमुख समाचारदाता राम दहित, अनुमोदन दैनिकका प्रेम चौधरी, सखी एफएमका वीरबहादुर चौधरी रहेका छन् ।

कोषाध्यक्ष र अन्य दुई सदस्य संघको पहिलो बैठकबाट मनोनित गर्ने भेलाले निर्णय गरेको नवनिर्वाचित अध्यक्ष चौधरीले बताउनुभयो । पहिलो बैठक आउने शनिबारसम्म बस्ने तयारी भएको उहाँले बताउनुभयो ।

TJA1 - Copy

२०६७ सालमा लक्की चौधरीको अध्यक्षतामा स्थापित कैलाली शाखाको अधिवेशन यसअघि नै गर्नुपर्ने भएपनि अध्यक्ष चौधरी कामविशेषले काठमाडौंमा बस्ने भएपछि शाखाको अधिवेशन हुन सकिरहेको थिएन । चौधरीले कार्यबाहक अध्यक्षमा उन्नति चौधरीलाई जिम्मेवारी दिनुभएको थियो ।

काठमाडौंमा बसेर राष्ट्रियस्तरको पत्रकारिता थाल्नुभएका लक्की चौधरी पछि ०७० सालमा थारु पत्रकार संघ नेपालको केन्द्रीय अध्यक्ष हुनुभयो । अहिले उहाँ संघको केन्द्रीय सल्लाहकारको जिम्मेवारीमा रहनुभएको छ ।

शाखाको अधिवेशनमा हालका अध्यक्ष कृष्णराज सर्वहारी, पूर्व सांसद महेश चौधरी लगायतले थारु पत्रकारलाई समाज परिवर्तनको दिशामा कलम चलाउन आग्रह गर्नुभयो । थारु समुदायभित्र रहेको विकृति, विसंगतिको अन्त्य गरी समाजलाई रुपान्तरण गर्नतिर सक्रिय हुन उहाँहरुले आग्रह गर्नुभएको थियो । कैलालीमा हाल करिब बीसबढी पत्रकार विभिन्न मिडियामा कार्यरत छन् ।

तपाईको प्रतिक्रिया