सिलाई कटाई तालिमले सुनिताको जीवनमा ल्यायो परिवर्तन


silaikatai-mahilaharu

सन्तोष दहित
गोग्ली, असार २३ गते । दाङ लक्ष्मीपुर–४ गोग्लीकी ३५ वर्षिया सुनिता चौधरीलाई २०५९ सालसम्म कुनै समस्या थिएन । घर खर्च चलाउनलाई श्रीमानले मिलाउँथे । तर २०५९ मा श्रीमान असौरी चौधरीलाई तत्कालिन शाही नेपाली सेनाले घरअगाडी गोलि हानेर हत्या गरेपछि सुनितालाई घरखर्च चलाउन सकस शुरुभयो ।

‘घर चलाउन सबै उहाँकै भर थियो’ मारिएका श्रीमानको सम्झना गर्दै सुनिताले भनिन्– ‘घरकै मुली नभएपछि घर चलाउन हैरान त हुने नैभयो ।’ घरखर्च चलाउन सजिलो हुन्छ भनेर उनले सिलाइकटाइ तालिम लिने प्रयास नगरेकी होइनन् तर कमजोर आर्थिकअवस्थाले तालिम लिने सपना त्यतिबेला पूरा भएन ।

मानवअधिकार संरक्षण तथा कानुनी सेवा केन्द्र (हरप्लेस) ले लक्ष्मीपुर गाविसमा संक्रमणकालिन न्याय तथा शान्ति प्रवद्धनका लागि स्थानिय क्षमता विकास कार्यक्रम अन्तर्गत द्वण्द्वपीडितका लागि संक्रमणकालिन न्याय तथा शान्तिमञ्च गठन गरेपछि त्यसमा आफू पनि आवद्ध भएको चौधरीले बताइन् ।

sunita

केही महिनापछि हरप्लेस दाङको र संक्रमणकालिन न्याय तथा शान्तिमञ्चको संयुक्त आयोजनामा २०७२ माघ २९ गते लक्ष्मीपुर गाविसमा द्वण्द्वपीडित र स्थानिय सरोकारवालाहरुको वीचमा गाविसस्तरीय अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो ।

सोही कार्यक्रममा हरप्लेसको पहलमा लक्ष्मीपुरका गाविस सचिव पुनाराम गिरीले द्वण्द्वपीडितलाई विशेष प्राथमिक्तामा राखेर सीलाइकटाई तालिमको आयोजना भएपछि चौधरीको सपना पूरा भयो । तीन महिने तालिम सीकेपछि आफ्नै घरमा साथीहरुसँग मिलेर सीलाइकटाई सेन्टर चौधरीले खोलेकि छिन् ।

‘पढ्न पनि सकिएन सधैभरि मजदुरी पनि गर्न सकिदैनन, त्यसैले सिलाइकटाई सिकेर घरखर्च चलाउन सजिलो होस् भनि यो पेशा रोजेकी हुँ’–चौधरीले भनीन् । साथीहरुसँग मिलेर सिलाइकटाइ सेन्टर खोलेपछि घर खर्च चलाउन सजिलो भएको चौधरीको भनाइ छ ।

तपाईको प्रतिक्रिया