मातापिताको स्मृतिमा चौधरीले बनाए लाखको छात्रवृत्ति अक्षयकोष


Tekendra

कारी महतो
चितवन, असार २३ गते । थारु कल्याणकारिणी सभा (थाकस) चितवनका संस्थापक जिल्ला सभापति स्वर्गीय नवलकिशोर चौधरीको अर्धाङ्गिनी तथा थाकस चितवनका पूर्व जिल्ला सभापति टिकेन्द्र चौधरीको ममतामयी आमा इन्दुदेवी चौधरीको निधन भएको १३ औं दिनको पुण्यतिथिमा शोकसभाको आयोजना गरी मृतआत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली अर्पण गरिएको छ ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) का तर्फबाट प्रतिनिधित्व गर्ने संसद रुक्मिणी चौधरी उक्त कार्यक्रममा उपस्थित भई स्वर्गीय इन्दुदेवी चौधरीको परिवार तथा आफन्तजनप्रति समवेदना प्रकट गरेका छन् ।

टिकेन्द्र चौधरीले स्वर्गीय बुवा नवलकिशोर चौधरी स्व. आमा इन्दुदेवी चौधरीको स्मृतिमा शहिद कमल विपिन स्मृति प्रतिष्ठान चितवनलाई छात्रवृत्ति अक्षयकोष स्थापना गर्नका लागि एक लाख रुपिया प्रदान गर्ने घोषणा गरेका छन् ।

यसैबीच थारु कल्याणकारिणी सभा (थाकस) चितवनका पूर्व सभापति टिकेन्द्र चौधरीले स्वर्गीय बुवा नवलकिशोर चौधरी स्व. आमा इन्दुदेवी चौधरीको स्मृतिमा शहिद कमल विपिन स्मृति प्रतिष्ठान चितवनलाई छात्रवृत्ति अक्षयकोष स्थापना गर्नका लागि एक लाख रुपिया प्रदान गर्ने घोषणा गरेका छन् ।

शोकसभामा खैरहनी नगरपालिकाको तर्फबाट कार्यकारी अधिकृत अमरनाथ ढकाल, थाकसकातर्फबाट जिल्ला सभापति विश्राम महतो, नेपाल आदिवासी जनजाति महासंघका तर्फबाट जिल्ला उपाध्यक्ष हरि पुन, खैरहनी नगरपालिकाको सर्वदलीयको तर्फबाट नेपाली काँग्रेसका नगरसभापति शशी खनिया लगायत थाकसका पूर्व केन्द्रिय उपाध्यक्ष भजुमनराम महतो, दिलबहादुर बोगटीले शोक मन्तव्य व्यक्त गरेका थिए ।

स्व. इन्दुदेवी चौधरीको ७३ वर्षको उमेरमा असार ११ गते बिहान १० बजे भरतपुर अस्पतालमा निधन भएको थियो । उहाँका तीन छोराहरु वीरेन्द्र चौधरी, सागर चौधरी र टिकेन्द्र चौधरी र तीन छोरीहरु छन् । स्व. चौधरीका श्रीमान स्व. नवलकिशोर चौधरी थाकस चितवनका संस्थापक सभापति हुनुहुन्थ्यो । चितवनमा थाकसको स्थापना २०१८ सालमा भएको थियो ।

तपाईको प्रतिक्रिया