भूकम्पपीडितका लागि सामुहिक आवास निर्माणको काम धमाधम हुँदै


SAM_5066

लक्की चौधरी
मन्थली (रामेछाप) असार २६ गते । गतसालको विनासकारी भूकम्पको मारले घरबारविहिन बनेका नागरिकहरुलाई छानामुनि ल्याउने अभियानस्वरुप सरकारले शुरुगरेको सामुहिक आवास निर्माणको कामले गति लिएको छ । असार मसान्तभित्र सो भवन निर्माण सक्ने सरकारी तयारी छ ।

असार १ देखि मसान्तसम्म त्यस्तो भवनको निर्माण कार्य सक्ने लक्ष्यकासाथ काम शुरु गरिएको थियो । सोही अनुरुप रामेछापको तीन ठाउँमा निर्माण गरिएको सामुहिक आवासको काम करिब सम्पन्न भएको छ । आवास निर्माणको काम सम्पन्न भएपछि घरबारविहिन भएका परिवारहरुले सामुहिकरुपमा आवासमा बस्न पाउने भएका छन् ।

असार १ देखि मसान्तसम्म त्यस्तो भवनको निर्माण कार्य सक्ने लक्ष्यकासाथ काम शुरु गरिएको थियो । सोही अनुरुप रामेछापको तीन ठाउँमा निर्माण गरिएको सामुहिक आवासको काम करिब सम्पन्न भएको छ ।

रामेछापको मन्थली १ मा १६ कोठे आवास र मन्थली २ तथा रामेछाप भन्ने ठाउँमा आठ–आठ कोठे आवास निर्माण सम्पन्न भएको छ । सो आवास शहरी विकास मन्त्रालयको सहयोगमा निर्माण गरिएको हो । त्यस्तो आवास निर्माणको काम सो मन्त्रालयले १० जिल्लामा गरेको    छ । सबै जिल्लामा करिब ५० वटा आवास निर्माणको काम अन्तिम चरणमा रहेको मन्त्रालयले जानकारी गराएको छ ।

असार २५ भित्र भूकम्प प्रभावित जिल्लाका पीडितलाई छानोमुनि ल्याइसक्ने, असार मसान्तभित्र सामुहिक आवास पीडितलाई हस्तान्तरण गर्ने तयारी सरकारले गरेको छ । एक दुई जिल्ला बाहेक करिब सबै ठाउँको काम निर्धारित समयमा सम्पन्न भइरहेको सहरी विकास मन्त्रालयका सहसचिव तथा प्रवक्ता शिवहरि शर्माले बताउनुभयो । नियमित पानी परेर निर्माण कार्यमा केही बाधा आएपनि मसान्तसम्म करिब ८५ प्रतिशत आवास हस्तान्तरण भैसक्ने उहाँले जानकारी दिनुभयो ।

पुनरनिर्माण प्राधिकरणबाट स्वीकृत कार्यक्रमलाई शहरी विकास मन्त्रालयले आफ्नो रेखदेखमा त्यस्तो सामुहिक आवास निर्माणको कामलाई तिव्रताकासाथ अगाडि बढाएको छ । असार मसान्तसम्म सबै जिल्लाको आवास निर्माणको काम पूराहुने विश्वास मन्त्रालयको छ । सोअनुसार केही जिल्लाको आवास निर्माणको काम मन्त्रालयको अगुवाइमा स्थलगत अध्ययन अवलोकनसमेत भएको छ ।

सोहीक्रममा मन्त्रालयका प्रवक्ता शर्मा तथा प्रधानमन्त्री कार्यालयका वरिष्ठ आर्थिक विकास विज्ञ गजेन्द्र थपलियासहितको एक टोलीले रामेछापको आवास निर्माणस्थलको प्रत्यक्ष अध्ययन अवलोकन गरेको छ । अध्ययनमा संलग्नहरुले रामेछाप जिल्लामा शुरु गरिएको आवास निर्माणको काम निर्धारित समयभित्र सम्पन्न भएकोमा खुशी व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्रीका वरिष्ठ आर्थिक विकास विज्ञ गजेन्द्र थपलियाले अन्य जिल्लाको तुलनामा रामेछापको आवास निर्माण काममा राम्रो प्रगति भएकोमा खुशी व्यक्त गर्नुभयो । पीडितहरुलाई सरकारको योजनाअनुरुप असार मसान्तभित्र सामुहिक आवासको छानोमुनी ल्याउने योजना सफल हुनेभएको छ उहाँले भन्नुभयो । रामेछापमा निर्माणको अन्तिम चरणमा पुगेको आवासको अवलोकन गर्न रामेछापको मन्थली पुग्नुभएका थपलियाले काम सफल भएकोमा सरोकारवाला पक्ष सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

गत वैशाख १२ को भूकम्प आउनुअघि सरकारको कुनै पूर्व तयारी नहुँदा हजारौं स्थानीय जनताले ठूलो सास्ती खेप्नुपरेको थियो । त्यसैबाट पाठसिक्दै सरकारले सामूहिक आवास निर्माणको तयारी गरेको प्रवक्ता शर्माको भनाई छ । फेरि आउनसक्ने भूकम्प र बाढीपहिरोको डुवानले समस्यामा पर्ने घरपरिवारलाई सामुहिक आवासले ठूलो राहत दिने विश्वास उहाँको छ ।

५० वटा अस्थायी सामुहिक आवास निर्माण मन्त्रालयले आफ्नो मातहतमा निर्माण गरिरहेको भएपनि करिब १०० वटा आवास सेनाको जिम्ममा रहेको प्रवक्ता शर्माले जानकारी दिनुभयो । उहाँकोअनुसार सेनाले आफने जिम्माको काम सम्पन्न गरिसकेको छ । सामुहिक आवासमा एक परिवारलाई एक कोठा उपलब्ध गराउनेगरी तयारी गरिएको प्रवक्ता शर्माले बताउनुभयो ।

प्रवक्ता शर्माकाअनुसार मन्त्रालयले धादिङ, नुवाकोट, रसुवा, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, मकवानपुर, रामेछाप, सिन्धुली, दोलखा र ओखलढुंगा गरी १० जिल्लामा आवास निर्माणको जिम्मेवारी लिएको छ । बाँकी जिल्लामा सेनाले आफ्नो मातहतमा आवास निर्माण भएका छन् ।

गत वैशाख १२ को भूकम्प आउनुअघि सरकारको कुनै पूर्व तयारी नहुँदा हजारौं स्थानीय जनताले ठूलो सास्ती खेप्नुपरेको थियो । त्यसैबाट पाठसिक्दै सरकारले सामूहिक आवास निर्माणको तयारी गरेको प्रवक्ता शर्माको भनाई छ । फेरि आउनसक्ने भूकम्प र बाढीपहिरोको डुवानले समस्यामा पर्ने घरपरिवारलाई सामुहिक आवासले ठूलो राहत दिने विश्वास उहाँको छ ।

रामेछापमा गतसालको भूकम्पमा परी ४३ जनाको ज्यान गएको थियो । दुई नगरपालिका र ४५ गा.वि.स. रहेको रामेछापमा ०६८ को जनगणनाअनुसार ४३ हजार ९१० घरधुरी रहेकोमा आवास निर्माणका लागि १५ हजार राहत लिने परिवारको संख्या ५२ हजार ९५ रहेको निमित्त नगर डिभिजन प्रमुख अमरबहादुर थापाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया