खेती रोपाइँ सक्किए सँगै थारु गाउँ घरमा हर्दहुवाको रौनक शुरु


Dashain2

धनगढी, असार २८ गते । थारु समुदाय खेती किसानीमा व्यस्त रहने समुदाय हो । वर्षदिनका लागि एकमहिना हिलाम्मे खेतीमा डटेर काम गर्ने थारु समुदाय काम सकिएपछि रामरमााइलो गर्ने र थकान मेटाउने गर्छन् । धान रोपाई सकिएपछि पश्चिम नेपालक थारू गाउँघरमा अहिले हर्दहुवा अर्थात हरधोवाइको रौनक बढेको छ ।

धान रोपाई सकिएको खुसयालीमा मनाइने पर्व तथा हर्दहुवा प्राय थारु गाउँबस्तीमा हरेक वर्ष मनाउने गरिन्छ । महिना दिनसम्म हिलोमा लटपटिएर खेतमा काम गर्ने र रोपाइको काम सकिएपछि कपडा, शरीर सफा गर्ने तथा खेतको हिलाम्मे हलो जुवा पखाल्ने हुनाले यस पर्वलाई हर्दहुवा भनिएको हो । अर्थात् हर भनेको खेतमा जोत्ने हलो, हर भनेको थारुमा शरीर पनि हुन्छ । यी दुवै चिजको सरसफाई नै हर्दहुवा हो ।

Hardahuwa

डगौंरा थारूले हर्दहुवाको नामले यसलाई मनाउँछन् भने कठरिया थारूहरुले हरधोवाको नामले सामूहिकरुपमा खानपान, नाचगान गरी, चेलीबेटी, इष्टमित्रहरुलाई घरमा आमन्त्रण गरी आपसमा खुसयाली साटासाट गरी मनाउने गर्छन् । अहिले गाउँघरमा त्यसको रौनक शुरुभएको छ ।

कैलालीको गदरिया–६ बेनौलीवासीले असार २१ गते हर्दहुव मनाएका छन् । हालै जिल्लाको पहलमानपुर– ३ शिसैयाका कठरिया थारूहरुले धुमधामले हरधोवा मनाइरहेका छन् ।

कैलालीको गदरिया–६ बेनौलीवासीले असार २१ गते हर्दहुव मनाएका छन् । हालै जिल्लाको पहलमानपुर– ३ शिसैयाका कठरिया थारूहरुले धुमधामले हरधोवा मनाइरहेका छन् ।

बेनौलीका भलमन्सा पहलमान चौधरीले गाउँभरीको लागि दुई तीन ओटा जिटा (बंगुर) काटेर पर्व मनाएको जानकारी दिनुभयो । सामुहिक रुपमा मासु काट्ने बंगुर, खसीलाई जिटा मार्ने भनेर थारुमा भनिन्छ ।

हर्दहुवा मनाउनु भनेको थारुमा रोपाइको काम सकिएको भनेर बुझिन्छ । सामान्यतया टोल या गाउँमा सबैले रोपाई सकाएपछि मात्रै हर्दहुवा मनाउँछन् । जुन धान रोपाईको क्रममा खेपेको दुःख पीडा भुलाउने माध्यम पनि बन्नेगर्छ ।

Santosh

हर्दहुवा पर्वपछि थारु समुदायमा अन्य चाडपर्वको लाम नै लाग्ने गर्छ । करिब दुईमहिना खेतमा मस्तले काम गर्ने थारु समुदाय बाँकी महिनामा अन्य काम गरेर रमाइलो गर्छन् ।

Santosh1

तपाईको प्रतिक्रिया