मुक्त कमैयाले प्रश्न गरे, ‘के हामी सरकारको अवैध सन्तान हो ?’


SAM_5348

काठमाडौं, साउन २ गते । भूमिसुधार मन्त्री रामकुमार सुब्बाले मुलुकमा राजनीतिक स्थायित्व नभएकैकारण निर्धारित समयभित्र मुक्त कमैयाको पुनस्र्थापनाको काम सम्पन्न हुन नसकेको बताउनुभएको छ ।

१७ औं मुक्ति दिवसको अवसरमा आइतबार यहाँ आयोजित कार्यक्रममा बोल्दै मन्त्री सुब्बाले त्यस्तो बताउँदै मुक्त कमैयाको पुनस्र्थापनामा ढिलाई हुनु सरकारकै लागि लाजमर्दो विषय भएको बताउनुभयो । २०५७ साउन २ गते मुक्त भएका तत्कालिन कमैयाहरुको पुनस्र्थापनामा सरकारले पहल गर्दैआए पनि प्रभावकारी हुन नसकेको उहाँले स्वीकार गर्नुभयो ।

कमैयाहरु मालिकको घरबाट मुक्त भएयता धेरैजना नेता प्रधानमन्त्री, धेरैजना मन्त्री र सांसद भए तर मुक्त कमैयाको पुनस्र्थापना भएन भन्दै मन्त्री सुब्बाले मुक्त कमैया, हरुवाचरुवा, हलिया, सुकुम्बासीको पुनस्र्थापनाले नै मुलुक समृद्ध बन्ने बताउनुभयो । अहिलेको अवस्थामा यस्तो समस्या कायम रहनु मुलुककै निम्ति समस्या भएको बताउँदै मन्त्री सुब्बाले अवको दुई वर्षम्मा भूमिहिनको समस्या समाधान गर्नेगरी सरकारले काम गरिरहेको बताउनुभयो ।

SAM_5353

भूमिहिनले गाँस, बास र कपास पाउने संवैधानिक व्यवस्था भएकाले सबैको मौलिक अधिकारको सम्मान गर्दै पुनस्र्थापनामा सरकार गम्भीर बन्नुपर्ने उहाँले बताउनुभयो । सरकारले चाहेमा पुनस्र्थापनाको काम ठूलो नभएको भएपनि राजनीतिक इच्छाशक्तिले पुनस्र्थापनाको काममा ढिलाई भएको चर्चा गर्नुभयो ।

भूमिहिनले गाँस, बास र कपास पाउने संवैधानिक व्यवस्था भएकाले सबैको मौलिक अधिकारको सम्मान गर्दै पुनस्र्थापनामा सरकार गम्भीर बन्नुपर्ने उहाँले बताउनुभयो । सरकारले चाहेमा पुनस्र्थापनाको काम ठूलो नभएको भएपनि राजनीतिक इच्छाशक्तिले पुनस्र्थापनाको काममा ढिलाई भएको चर्चा गर्नुभयो ।

नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले सरकारले विना तयारी कमैयालाई मुक्त गरेकाले पुनस्र्थापनामा ढिलाई भएको बताउनुभयो । पीढिऔंसम्म थारु समुदायलाई कमैया बनाउँदासमेत सरकारले मालिकलाई कुनै कारवाही नगरेकोमा दुःख व्यक्तगर्दै सांसद गौतमले शुरुवातीकालमै सरकारले कमैयाको विषयमा गल्ती गरेको आरोप लगाउनुभयो ।

नेकपा (एमाले) का सांसद देवराज भारले कमैया मुक्त गरेपछि सरकारले कमैयालाई भन्दा मालिकलाई पोस्नेकाम गरेकाले पुनस्र्थापनामा ढिलाई भएको बताउनुभयो । सत्रवर्ष लाग्दासमेत मुक्त कमैयाको पुनस्र्थापनाको काम नसकिनु दुःखद् भएको बताउँदै उहाँले तत्काल पुनस्र्थापनाको काम सम्पन्न गर्न सरकारसँग माग गर्नुभयो ।

थरुहट तराई पार्टी नेपालका सांसद गोपाल दहितले मुक्त कमैयालाई गाँस, बास र कपाससँगै शिक्षा, स्वास्थ्य र रोजगारको व्यवस्था गर्नुपर्ने माग गर्नुभयो । मुक्त कमैयालाई सीपअनुसारको रोजागर र वैदेशिक रोजगारमा समेत अवसर दिनुपर्ने उहाँले बताउनुभयो ।

थरुहट तराई पार्टी नेपालका सांसद गोपाल दहितले मुक्त कमैयालाई गाँस, बास र कपाससँगै शिक्षा, स्वास्थ्य र रोजगारको व्यवस्था गर्नुपर्ने माग गर्नुभयो । मुक्त कमैयालाई सीपअनुसारको रोजागर र वैदेशिक रोजगारमा समेत अवसर दिनुपर्ने उहाँले बताउनुभयो ।

सांसद गंगा थारु सत्गौंवाले मुक्त कमैयालाई निःशुल्क शिक्षा, स्वास्थ्यको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो । सरकार गम्भीर नभएकैकारण मुक्त कमैयाको पुनस्र्थापनामा ढिलाई भएको आरोप लगाउँदै उहाँले हरेक वर्ष मुक्त कमैयाको पुनस्र्थापनाका लागि बजेट निकासा भएपनि कार्यान्वयन नहुनु दुःखद भएको चर्चा गर्नुभयो ।

कमैया महिला जागरण समाज नेपालकी अध्यक्ष कृष्णी थारुले सत्रवर्ष अघि दासदासी जीवनबाट मुक्त भएका बेला कमैयाहरु स्वतन्त्र भएको महुशस गरेपनि पुनस्र्थापना हुन नसक्दा मुक्तीको खुशी मेटिएको बताउनुभयो । कमैयालाई मुक्त गरेर पुनस्र्थापना नगर्नु भनेको बच्चा जन्माएर छाडा छाड्नु जस्तै हो भन्दै उहाँले मुक्त कमैयालाई तत्काल पुनस्र्थापनाको कार्यक्रम ल्याउन उहाँले सरकारसँग माग गर्नुभयो ।

SAM_5351

कमैया महिला जागरण समाज र मुक्त कमैया समाजको संयुक्त आयोजनामा भएको कार्यक्रममा मुक्त कमैया प्रतिनिधिहरुको सहभागिता रहेको थियो । मुक्त कमैयाहरु जिल्लाबाट मुक्ति दिवस मनाउन काठमाडौं आएका थिए । जिल्लामा मुक्ति दिवस मनाउँदा सरकारको ध्यानाकर्षण नहुने हुँदा राजधानीमा आएर मनाएको समाजकी उपाध्यक्ष मैनामोती थारुले बताउनुभयो ।

तपाईको प्रतिक्रिया