टीकापुर घटनामा थारुमाथि ठूलो अन्यायः एमनेष्टी प्रतिवेदन


Amnesty

काठमाडौं, साउन ४ गते । कैलालीको टीकापुरमा गत भाद्र ७ गते भएको घटनामा थारु समुदायमाथि सुरक्षाकर्मीले ज्यादती गरेको प्रतिवेदन एम्नेष्टी इन्टरनेशनलले सार्वजनिक गरेको छ ।

प्रहरीले थारु समुदायका मानिसहरुलाई मनपरी ढंगले गिरफ्तार गरेको, यातना दिएको र दुर्व्यवहार गरेको उसको प्रतिवेदनमा उल्लेख छ ।
कैलाली सदरमुकाम धनगढीस्थित जेलमा रहेकाहरुलाई भेटेपछि एम्नेष्टीले यो रिपोर्ट सार्वजनिक गरेको हो । जहाँ टीकापुर घटनापछि हत्या प्रयास र चोरीको आरोपमा पक्राउ परेकाहरुलाई राखिएको छ ।

गत भदौ ७ मा टीकापुरमा भएको हिंसात्मक झडपमा एसएसपीसहित आठ सुरक्षाकर्मी र एक नाबालकको मृत्यु भएको थियो । थारु समुदाय लामो समयदेखि पछाडि पारिएको समुदाय भएको भन्दै एम्नेष्टीका दक्षिण एसिया निर्देशक चम्पा पटेलले भनिन्, ‘यो कहिलेकाहीँ मात्र हुने घटना होइन ।’

एम्नेष्टीका अनुसार जेलमा रहेका १९ मध्ये १८ जनाले पक्राउ परेदेखि नै यातना दिइएको बताएका छन् । एक अभियुक्तले आफूलाई पक्राउ गरेलगत्तै पिट्न थालेको र कुटाइका कारण आफू बेहोस भएको बताएका थिए ।

अभियुक्तले बाँसको लठ्ठी, बुट, हातका साथै प्लास्टिकको पाइपले कुट्ने गरेको बताएका छन् ।  आफूहरुलाई मानवीय व्यवहार नगरेको भन्दै एक अभियुक्तले प्रहरीले खैनी खाएर आफ्नो अनुहारमा थुकेको सुनाएका छन् ।

अर्का अभियुक्तले बाँसको लठ्ठी, बुट, हातका साथै प्लास्टिकको पाइपले कुट्ने गरेको बताएका छन् ।  आफूहरुलाई मानवीय व्यवहार नगरेको भन्दै एक अभियुक्तले प्रहरीले खैनी खाएर आफ्नो अनुहारमा थुकेको सुनाएका छन् ।

एम्नेष्टीकाअनुसार अधिकांशलाई प्रहरीले बलपूर्वक अपराध कबुल गर्न लगाएको छ । प्रहरीको कुटपिटपछि अभियुक्तहरुलाई उपचार समेत नदिएको उनीहरुको आरोप छ ।

अदालतको आदेशपछि रामप्रसाद चौधरीले भने उपचार पाएका छन्, जो प्रहरीको कुटपिटका कारण विरामी भएका थिए । बाँकीले भने उपचार नपाएको एम्नेष्टी इन्टरनेशनले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

एम्नेष्टीले टीकापुर घटनामा संलग्न भएको आरोपमा पक्राउ परेकाहरुमाथि भएको यातनाबारे छानविन गर्न स्वतन्त्र आयोग गठनको माग गरेको छ । साथै उनीहरुलाई उपचारको उचित बन्दोबस्त गर्न माग गरेको छ ।

तपाईको प्रतिक्रिया