गच्छदार फेरि मन्त्री बन्ने पक्का, गठबन्धनदलको रोक्ने प्रयास असफल


DSC06963

काठमाडौं, साउन १४ गते । फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारको ओली सरकारबाट बाहिएलगत्तै प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री बन्न दौडधुप सफल हुनेभएको छ । माओवादी उच्च स्रोतका अनुसार गच्छदार भौतिक पूर्वाधार तथा यातायात मन्त्री बन्ने पक्का जस्तै भएको छ ।

निरन्तरजस्तो सरकारमा रहने गच्छदारको बाहिर जति आलोचना भएपनि पार्टी टिकाउनकैलागि गच्छदार सरकारमा जानेगरेको कतिपयको विश्लेषण छ ।

०६४ को संविधानसभा निर्वाचनपछि झलनाथ खनाल र सुशील कोइराला नेतृत्वका दुईवटा सरकारमा मात्रै गच्छदार सरकारमा गएनन् । अरु सबै सरकारमा सदावहारजस्तै सरकारमा जाने गरेका छन् ।

प्रचण्ड गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बन्दा गच्छदार मधेसी जनअधिकार फोरमबाट मन्त्री बने । त्यसपछि भने उनको बढुवा भएको छ उप्रधानमन्त्रीमा । एकताका उनी थारुको छोरो प्रधानमन्त्री बन्छ भन्थे, अहिले त्यसो भन्न छाडेका छन् । तर एकपटक प्रधानमन्त्री बन्ने उनको पुरानै धोको हो ।

प्रचण्ड गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बन्दा गच्छदार मधेसी जनअधिकार फोरमबाट मन्त्री बने । त्यसपछि भने उनको बढुवा भएको छ उप्रधानमन्त्रीमा । एकताका उनी थारुको छोरो प्रधानमन्त्री बन्छ भन्थे, अहिले त्यसो भन्न छाडेका छन् । तर एकपटक प्रधानमन्त्री बन्ने उनको पुरानै धोको हो ।

थारुको नाम जोडेर प्रधानमन्त्रीको पद हत्याउन दाउमा रहेपनि पदमा रहँदा थारुका लागि उनले खासै भूमिका खेलेको देखिदैन । थारु समुदाय उनको कार्यशैलीबाट खासै प्रभावित छैनन् ।

माधवकुमार नेपाल ०६६ जेठमा सरकार बन्दा मधेसी फोरम सरकारमा नजाने पक्षमा थियो । तर, गच्छदारले पार्टी नै फुटाएर नेपाललाई साथ दिए । त्यसको बदलामा उनी उपप्रधानमन्त्री भए ।

त्यस्तै ०६८ भदौमा बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा गच्छदार उपप्रधान तथा गृहमन्त्री बने । दोस्रो संविधानसभा चुनावपछि कांग्रेस र एमाले मिलेर सरकार बनाए । त्यतिबेला भने इच्छा हुँदाहुँदै पनि गच्छदार मन्त्री हुन पाएनन् ।

तर, संविधान बनेपछि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा सरकार बन्दा गच्छदारले उपप्रधानमन्त्री पड्काए । जेठ २५ मा १६ बुँदे सहमतिको हस्ताक्षरकर्ता गच्छदार पार्टीभित्रको दबावका कारण भदौ २२ मा संविधानसभाबाट बाहिरिने निर्णयमा पुगेका थिए ।

असोज ३ मा जारी भएको नयाँ संविधानमा उनीसहित उनका पार्टीका १४ सांसदले हस्ताक्षर समेत गरेनन् । तर, त्यसको केही दिनपछि ओलीलाई प्रधानमन्त्री बनाउने बेला मन्त्री पद सुरक्षित गरे ।

ओली सरकारमा फोरम लोकतान्त्रिकले दुई मन्त्रालय पाएको थियो । उनी उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री बने भने आफ्नो पार्टीका रामजनम चौधरीलाई स्वास्थ्यमन्त्री बनाए । मुस्ताक आलम राज्यमन्त्री भए ।

सरकारमा गएकैकारण गच्छदार मधेसी मोर्चाबाट निकालिए । पार्टीभित्र रडाको नै मच्चियो । सप्तरी लगायत केही जिल्लाका पार्टी नेताहरु राजेन्द्र महतोको पार्टीका लागे ।

गच्छदारले सरकारमा जाने क्रममा भएको आठबुँदे सहमति गरेर पार्टी विवाद थामथुम पारेका थिए । त्यो पनि कार्यान्वयन नभएको भन्दै पार्टी फुट नजिक पुग्दा समेत उनी टसकोमस भएनन् ।

गच्छदारले सरकारमा जाने क्रममा भएको आठबुँदे सहमति गरेर पार्टी विवाद थामथुम पारेका थिए । त्यो पनि कार्यान्वयन नभएको भन्दै पार्टी फुट नजिक पुग्दा समेत उनी टसकोमस भएनन् ।

तर, जब ओली सरकार नटिक्ने भयो । उनले पार्टीमा समर्थन फिर्ता र सरकारविरुद्ध संसदमा दर्ता भएको अविश्वासको प्रस्तावमा समर्थन गर्ने निर्णय गराए । यसका बाबजुद योपटक गच्छदारलाई उपेन्द्र यादवसहितको मधेसी मोर्चाले सरकारमा रोक्ने प्रयास नगरेका होइनन् । मोर्चाले आफ्नो समर्थन चाहिने भए गच्छदारलाई मन्त्री बनाउन नहुने शर्त नै कांग्रेस र माओवादीसामू राखेको थियो । तर, अन्ततः गच्छदारको सत्ता राजनीतिकै जीतहुने देखिएको छ ।

प्रधानमन्त्री बन्ने तयारीमा रहेका प्रचण्डले आफ्नो सरकारमा गच्छदार मन्त्री हुने संकेत दिइसकेको फोरम लोकतान्त्रिकका नेताहरुले नै बताएका छन् ।

अहिले प्रचण्डको क्याविनेटमा मन्त्री हुँदा गच्छदार बरियाताक्रममा सबैभन्दा सिनियरमोष्ट उपप्रधानमन्त्रीमा पर्नेछन् । मधेसी मोर्चा सम्मिलित गठबन्धनको मागलाई सम्बोधन गर्ने लिखित सहमतिको तयारी भएकाले सम्भवतः गठबन्धनदलबाट समेत मन्त्री बन्ने सम्भावना बढेर गएको छ । सरकारमा जानकैलागि गठबन्धन दलमा फुटसमेत आउने विश्लेषण कतिपयको हो ।

तपाईको प्रतिक्रिया