थारु समुदायले उठाउँदै आएको माग जायज छन्: डा. भट्टराई


bb

राम दहित
धनगढी, साउन १६ गते । नया“ शक्ति नेपाल पार्टीका संयोजक डाक्टर बाबुराम भट्टराईले थारु समुदायले उठाएको माग र आन्दोलन जायज रहेको बताएका छन् ।

धनगढीमा थारु बुद्धिजिवीहरुसंगको छलफलमा उनले संविधान संशोधन गर्दै सीमांकन मिलाउन अझै बाँकी रहेको उल्लेख गरे । खास गरेर, कैलाली, कञ्चनपुर, झापा, मोरङ, सुनसरी र पहाडी जिल्लामा सीमाङ्कनको टुड्डो नलागेको भन्दै उहाँले थारु समुदायको माग जायज रहेको बताए ।

पहिचान र सामाथ्र्यको आधारमा १० प्रदेश भएको भए अहिले सबै समस्या समाधान हुने थियो’ उनले भने–‘तर, रोई कराइगर्दा पनि १० प्रदेशमा सहमति गराउन सकिएन । संविधान सभामा पहिचानवादी पक्षधरको संख्या कम भएपछि गणतन्त्र र सङ्घीयता रक्षाका लागि मात्रै भएपनि सात प्रदेश स्वीकार्नु परेको हो ।’

पूर्वप्रधानमन्त्री समेत रहेका उनले तराईको ठूलो भूभाग ओगटेको थारु समुदायलाई थरुहट नदिइ अन्यत्र राखिएमा त्यो संघीयताको भावना विपरित हुने उल्लेख गरे । उनले आफूले अन्तिमसम्म पनि १० प्रदेशमा जोड दिएको बताए ।

baburam-at-kailali

मैले १० प्रदेश हुँदा सबै समस्या हलहुने भन्दै अन्तिमसम्म जोड गरें, डा. भट्टराईले भने–‘तर, पहिचानवादी शक्ति हामी कमजोर बन्यो । अहिले सङ्ख्याको खेल हो । जोसंग सङ्ख्या छ, उहि खेल्छ । हामीसंग सङ्ख्या कम भएपछि हामी कमजोर भएर सकेनौं ।’उनले तत्कालिन नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले ‘थारुहरुलाई एउटा रौं पनि दिन्नभन्दा आफूले ठूलो प्रतिवाद गरेको उल्लेख गरे ।

तपाईहरु प्रदेश सङ्ख्याको विरोध गर्दा तपाईकै मुद्दा कमजोर हुन्छ । तपाईहरुको सरोकार त सीमांकन हेरफेरसंग हो । कैलाली–कञ्चनपुरसहित नवलपरासीसम्म थरुहट प्रदेश तपाईहरुको माग जायज छ ।’

उनले यो संविधान ‘आधा गिलास भरेको र आधा खाली रहेको’ भन्दै संशोधन गरेर सबैको समस्या हल गर्न आवश्यक रहेको उल्लेख गरे । डा. भट्टराईले पहिचान र सङ्घीयतावादीहरुको शक्ति अहिले कमजोर रहेको भन्दै थारुहरुलाई एकजुट भएर आवाज उठाउन आग्रह गरे । उनले संविधान संशोधन, सीमांकन नमिलेको ठाउँमा मिलाउने कार्यका लागि आफ्नो पार्टी थारुहरुसंग सहकार्य गरेर अगाडि बढ्ने बताए ।

डा. भट्टराईले थारु समुदायले प्रदेश संख्याको विरोध गर्नुभन्दा यहि व्यवस्थाभित्रै रहेर सीमांकन हेरफेरका लागि आवाज उठाउन सुझाव  दिए ।
सात वटै प्रदेश रहे पनि थारु समुदायको मुद्दा प्रदेशसंग सम्बन्धित होईन, उनले अगाडि थपे–‘तपाईहरु प्रदेश सङ्ख्याको विरोध गर्दा तपाईकै मुद्दा कमजोर हुन्छ । तपाईहरुको सरोकार त सीमांकन हेरफेरसंग हो । कैलाली–कञ्चनपुरसहित नवलपरासीसम्म थरुहट प्रदेश तपाईहरुको माग जायज छ ।’

उनले गत भदौ ७ गते टीकापुर घटनापछि राज्यपक्ष थारुमाथि एकोहोरो खनिएको बताए । टीकापुर घटनाको निष्पक्ष, स्वतन्त्र छानबिन गरेर दोषीलाई कारबाही, निर्दोषलाई रिहाई गरेर मेलमिलापको वातावरण बनाउन आवश्यक रहेको भट्टराईको भनाई छ ।

उनले भदौं ८ गते थारुको घर छानी–छानी आगो लगाउने कार्यमा संलग्नलाई पनि निष्पक्ष छानविन गरेर कारबाही गर्न आवश्यक रहेको उल्लेख गरे । उनले थारुहरुको लडाई कुनै जाती समुदायसंग नभइ राज्यसंग रहेको उल्लेख गरे ।

टीकापुर घटनापछि थारु समुदायको जायज मागमा सरकारले दमन गर्ने बहाना मिलेको भट्टराईको ठहर छ । टीकापुर घटना पश्चात राज्यले थारुमाथि अत्यधिक दमन गर्ने, निरापराध व्यक्तिलाई समातेर जेल हाल्ने कार्य गरेपछि अवस्था झनै बिग्रिएको हो ।

टीकापुर घटनापछि थारु समुदायको जायज मागमा सरकारले दमन गर्ने बहाना मिलेको भट्टराईको ठहर छ । टीकापुर घटना पश्चात राज्यले थारुमाथि अत्यधिक दमन गर्ने, निरापराध व्यक्तिलाई समातेर जेल हाल्ने कार्य गरेपछि अवस्था झनै बिग्रिएको हो ।’ भट्टराईले अगाडि थपे–‘७ गतेको घटनाका दोषी भनेर थारुहरुलाई समात्ने र ८ गतेको घटनाका दोषीलाई कारबाही गर्न राज्यले वास्ता नगरेपछि साच्चै राज्यले विभेद गरेको देखिएको छ ।’

छलफल कार्यक्रममा सहभागी अधिवक्ता जोहारीलाल चौधरीले टीकापुर घटनाको स्वतन्त्र छानविन नभएको गुनासो गरे । उनले राज्यले आफ्नो अन्तिमअस्त्र प्रयोग गरेकोबेला कफ्र्यूकाबीच ८ गतेको घटना घटाउनेलाई कारबाही गरिनुपर्ने बताए । उनले जातीको उत्थानका लागि आवाज उठाउँदा जातिया भएको देख्नेहरु नै सबैभन्दा ठूलो जातिवाद रहेको उल्लेख गरे ।

थारु अगुवा रामदास चौधरीले टीकापुरमा ७ गतेको घटनाको प्रतिशोधमा ८ गते भएको घटनाले सद्भाव बिगारेको उल्लेख गरे । यद्यपि, ७ गतेको घटनामा संलग्न भन्दै थारुहरुलाई दमन गर्ने तर, ८ गते भएको आगजनीका घटनाबाट पीडित थारुहरुको मुद्दा समेत दर्ता नहु“दा ‘राज्य हाम्रो लागि होईन कि ?’ भन्ने मानसिकता विकसित भएको बताए । उनले जुनसुकै घटनाको दोषी जो कोही भए पनि कारबाहीको दायरामा ल्याउन आवश्यक रहेको उल्लेख गरे ।

‘थारुलाई कारबाही गर्ने, तर, अरुको बचाउ गर्ने प्रवृत्ति बढेमा टीकापुर घटनाको भन्दा ठूलो र भयानक घटना हुन सक्नेतिर सबै सचेत हुन आवश्यक छ ।’

थारु नागरिक समाज कैलालीका संयोजक दिलबहादुर चौधरीले टीकापुर घटनामा पीडित थारुहरुलाई राज्यले क्षतिपूर्ति मात्रै दिएर नहुने भन्दै दोषी सबैलाई कारबाही गरिनु पर्ने बताए ।

उनले कफ्र्यू लगाएकै बीचमा थारुहरुको घर जलेको भन्दै घर जलाउने दोषी, तत्कालिन टीकापुर इलाका प्रशासन प्रमुख र प्रहरी प्रमुखलाई कारबाही हुनुपर्ने बताए ।

यी सबैलाई कारबाही हुन सकेन भने थारुहरुले राज्य मेरो पनि हो भनेर विश्वास गर्न सक्दैनन ।’ चौधरीले अगाडि थपे–‘थारुलाई कारबाही गर्ने, तर, अरुको बचाउ गर्ने प्रवृत्ति बढेमा टीकापुर घटनाको भन्दा ठूलो र भयानक घटना हुन सक्नेतिर सबै सचेत हुन आवश्यक छ ।’
थारु अगुवा महिला दुज्जी चौधरीले थारुहरुको मुद्दा एकातिर सुन्नेहरुको कान अर्कोतिर भएका कारण समुदाय अन्यौलमा रहेको बताइन् ।

तपाईको प्रतिक्रिया