संकटमा दाङको थारु संग्रहालय, आएको बजेट पनि फ्रिज भयो


17

सन्तोष दहित
घोराही, भाद्र १ गते । थारु समुदायको पहिचान झल्काउन स्थापना गरिएको दाङको एकमात्र संग्रहालय संकटमा परेको छ । सातवर्ष अघि घोराही २ पनौरामा स्थापना गरिएको थारु सांस्कृतिक संग्रहालयमा राजनीतिक विवाद भएपछि संकटमा परेको हो ।

२०६६ मा स्थापना गरिएको संग्रहालय केही वर्षसम्म सञ्चालनमा आएको थियो । स्थापनासंगै देशको विभिन्न ठाउँ र बाहिर देशबाट जिल्लामा आउने पर्यटकहरु अवलोकन गर्न आउने गरेका थिए । तर करिब डेढवर्ष यतादेखि संग्रहालय बन्द भएपछि संग्रहालयमा अवलोकन गर्नआउने पर्यटकहरु फर्केर जानेगरेको स्थानिय बताउँछन् ।

लामोसमयसम्म संग्राहलय खुल्न नसेपछि संग्राहलय भित्ररहेका विभिन्न सामग्रीहरुमा ढुसि लागेर कुहिन थालेको संग्रहालय संरक्षकहरुको भनाई छ ।

संग्रहालय ब्यवस्थापन समिति भित्र विवाद भएपछि संग्रहालयको यस्तो दशा हुनपुगेको एक सदस्यले बताउनुभयो । ‘संग्रहालयलाई राजीतिकरण गर्नथाले, थारु समुदायको सँस्कृति झल्काउने उद्देश्यले स्थापना गरिएको संग्रहालयमा राजनीतिकरण गर्नथालेपछि संकटमा परेको हो ती सदस्यले भन्नुभयो ।

1 (4)

थारु समुदायको पहिचान झल्काउन त परै जाओस, थारु समुदायको बदनाम भएकोछ नाम नबताउने सर्तमा ती सदस्यले भन्नुभयो, ‘लाखौ लगानी गरेर बनाएको संग्रहालय अन्ततमा ढुसि लागेर नै सकिने भयो ।’ राज्यवाट थारु सांस्कृतिक संग्राहलयको विकासकालागि लगानी गरिरहेको छ । यता थारु समुदायभित्र विवादका कारण संग्रहालयको नाममा आएको गतवर्ष ८ लाख र अहिले ५ लाख गरि १३ लाख बजेट फ्रिज भएको उहाँले जानकारी दिनुभयो ।

संग्रहालयमा थारु समुदायको पहिचान भल्किने विभिन्न सामग्रीहरु राखिएका छन् । परम्परागतमा थारु समुदायले प्रयोग गर्दैआएका विभिन्न किसिमका माटाका भाडाँकुडाका सामाग्रीहरु राखिएका छन् । त्यसैगरि पुर्खाहरुले लगाउदै आएका भेषभुषा, खेतिपातीमा प्रयोग गर्दैआएको हलो, वर्षामा ओढने छत्री, धान राख्नको लागि माटोका भाँडा ‘डेहरी’, भात पकाउने माटाका भाँडा, तरकारी चलाउने काठको डाडु राखिएकाछन् ।

यसैगरि परम्परागत थारु समुदायले सुत्नको लागि प्रयोग गर्दै आएको खटिया, खटौली, ढक्या गुन्द्री, पटकी गुन्द्री, कपडा राख्ने भौका लगायत सामग्री संग्रहालयमा राखिएका छन् । यसैगरि माटाका विभिन्न किसिमका थारु समुदायले पूजापाठ गर्दै आएका माटाका देविदेताका मुर्तिहरु राखिएकाछन ।

संग्रहालयको भौतिक निर्माण तथा व्यवस्थापनका लागि पुरात्व विभाग काठमाण्डौबाट आर्थिकवर्ष ०७२÷०७३ मा जिल्ला विकास समिति मार्फत आएका ५ लाख रुपियाको बजेट पनि फ्रिज भएको छ । संग्रहालयको भौतिक पुर्वाधारमा सुधार तथा निर्माणको लागि बजेट आएपनि सम्वन्धित निकायले सम्झौता गर्न नआएपछि बजेट फ्रिज हुनेगरेको जिल्ला विकास समिति दाङका पयर्टन फोकल पर्सन एवम राप्ती पर्यटन समितिका सदस्यसचिव डा. गोविन्द आचार्यले बताउनुभयो ।

3 (1)

संग्रहालयको संरक्षणको भूमिका निभाउँदै आएको थारु कल्याणकारिणसभा दाङको सभापति तेजमान चौधरीले संग्रहालयको नाममा बजेट आएका जानकारी भए तापनि हाम्रै साथीहरुको बेइमानीले गर्दा बजेट फ्रिज हुनपुगेको बताउनुभयो ।

यो संग्रहालय थारु कल्याणकारीसभाको नामबाट सञ्चालन गर्नुपर्छ भन्दा मानेनन्, उल्टै उनिहरुले अटेर गरेर अर्काे सस्था खोले ।’ त्यहि सस्थाबाट पनि गतबर्ष पुरात्व विभागबाट १० लाख ल्याएका थिए, अन्तमा खर्च गर्न नसकेर ८ लाख रकम फ्रिज गराए चौधरीले भन्नुभयो ।

संग्रहालयको व्यवस्थापन समितिका सचिव समेत रहनुभएका थम्मन चौधरीले आफुले संग्रहालयको विकासका लागि धेरै कोशिस गर्दा पनि साथीहरुले साथ नदिएपछि संग्रहालयको दशा यस्तो हुनपुगेको स्वीकार्नुभयो । थारु समुदायको बाहुल्य रहेको जिल्लामा एउटा थारु संग्राहलयको विकासका लागि थारु अगुवाहरुसंग पटक–पटक छलफल गरेपनि खासै चासो नदिएपछि आफु पनि चुपलागेर बसेको चौधरीको भनाइ छ ।

तपाईको प्रतिक्रिया