थारु पत्रकार संघले खुवायो अष्टम्मीको दर


TJA news_banke

भगतराम थारु
नेपालगञ्ज, भाद्र ६ गते । थारु पत्रकार संघ नेपाल बाँकेले सोमवार नेपालगन्जमा भिन्सरीया खुवाउने कार्यक्रम गरेको छ । नेपाल पत्रकार महासंघ बाँकेको कार्यलयमा एक कार्यक्रमको आयोजना गरी थारु समुदायले मनाउने महानपर्व श्रीकृष्णजन्माष्टमीको अवसरमा भिन्सरीया अर्थात दर खुवाएको हो ।

उक्त कार्यक्रममा पत्रकारीतामा थारु पत्रकारलाई स्थापित गर्नका लागि उनीहरुको क्षमता अभिवृद्धि गराइनुपर्ने सहभागीहरुले बताएका थिए । बाँकेमा थारु पत्रकारहरुको उपस्थिती न्यून रहेकोले पनि पत्रकारीतालाई निरन्तरता दिन नसकिरहेको थारु पत्रकार संघ नेपालका सल्लाहाकार ठाकुर सिह थारुले उनीहरुको क्षमता अभिवृद्धि गर्नुपर्ने बताउनुभएको थियो ।

थारु पत्रकारहरुलाई भाषिक समस्या भएको समेत बताउनुभएको थियो । थारु पत्रकार संघले पहिलो पटक बाँकेमा यस खालको कार्यक्रम गरेको भन्दै कार्यक्रमका सहभागीहरुले यसलाई निरन्तरता दिनुपर्ने बताएका थिए ।

थारु समुदायमा भिन्सरीया भन्नाले दर भन्ने बुझिन्छ जुन श्रीकृष्णाजन्माष्टमीको अघिल्लो रात भालेनबास्दासम्म खाइने दरलाई बुझिने थारु अगुवाहरु बताउँछन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य तथा क्षेत्रिय संयोजक झलक गैरे, बाँके शाखा अध्यक्ष रुद्र सुवेदी, पूर्व अध्यक्ष शुक्रऋषि चौलागाई, चौतारीका केन्द्रीय सदस्य भेषराज बस्नेत, प्रेस युनियनका सचिव अर्जुन ओली, कृषि पत्रकार समूहका अध्यक्ष खगेन्द्र दाहाल, पत्रकार ठाकुरसिंह थारु, काँग्रेस नेता लाहुराम थारु, एमाले नेता चन्द्रबहादुर थारु, थरुहट तराई पार्टी नेपालका केन्द्रिय सदस्य पूर्ण थारुलगायतले बोल्नुभएको थियो ।

थारु समुदायमा भिन्सरीया भन्नाले दर भन्ने बुझिन्छ जुन श्रीकृष्णाजन्माष्टमीको अघिल्लो रात भालेनबास्दासम्म खाइने दरलाई बुझिने थारु अगुवाहरु बताउँछन् । संघको अध्यक्ष विमला चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव भगतराम थारुले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया